चिनियाँ राजदूत याङ्छीले खुमलटार पुगेर प्रचण्डलाई भेटिन्

फाइल फोटो

नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग चिनियाँ राजदूत होउ याङ्छीले भेटवार्ता गरेकी छन् ।

बिहीवार बिहान खुमलटार पुगेर राजदूत याङ्छीले प्रचण्डलाई भेटेको स्रोतले लोकान्तरलाई जानकारी दियो ।


Advertisement

स्रोतका अनुसार भेटमा याङ्छीले पार्टी एकतालाई मजबुत बनाउने गरी मिलेर जान सुझाव दिएकी थिइन् ।

चीनले नेपालमा स्थिरता, स्थायित्व र समृद्धि देख्न चाहेको उनको भनाइ थियो ।


Advertisement

राजदूत याङ्छीले यसअघि नेकपाकै वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसँग पनि भेटिसकेकी छन् ।

सत्तारुढ दल नेकपाभित्रको विवाद पेचिलो बन्दै गएका बेला चिनियाँ राजदूतको सक्रियतालाई लिएर विभिन्न कोणबाट टिकाटिप्पणि भइरहेको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्