माघ २, २०८०
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
असार २९, २०७७
२०७० सालको संविधान सभा चुनावअघि नै राजनीतिक अभियानका रूपमा उदाएको दल विवेकशील र २०७३ साल फागुनमा बीबीसीको जागिरबाट अवकाशप्राप्त गरेपछि रवीन्द्र मिश्रले गठन गरेको साझा पार्टीबीच २०७४ साउनमा एकीकरण हुँदा समाजमा वैकल्पिक राजनीतिप्रति एउटा सकारात्मक बहस छेडिएको थियो ।
त्यतिबेला वैकल्पिक राजनीतिकै नाममा पूर्वप्रधानमन्त्रीसमेत रहेका डाक्टर बाबुराम भट्टराईले नयाँ शक्ति पार्टीमार्फत् अभियान चलाइरहेका थिए । दुर्भाग्यवश वैकल्पिक राजनीतिको 'राजदण्ड' बोकेर हिँडेका डाक्टर भट्टराई मधेशकेन्द्रित दलहरूसँग एकीकरणमा जान बाध्य भए भने वैकल्पिक राजनीतिको 'मुकुट' बोकेको साझा विवेकशील दल पटक-पटक फुटको शिकार भयो ।
राजनीतिक बजारको 'नेप्से' यतिबेला सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उचालिरहेको छ । गत फागुनदेखि नै उत्कर्षमा रहेको नेकपाको शक्ति संघर्षले साझा पार्टीभित्रको उकुसमुकुसलाई छपक्कै छोप्यो ।
'ठूलो पार्टी(नेकपा)को चार्म नै अलग हुँदोरहेछ, हामीभित्रको उकुसमुकुसलाई मिडियाले पनि त्यति धेरै ध्यान दिएन,' साझा पार्टीका एक केन्द्रीय समिति सदस्यले गुनासो गरे, 'सबै मिडिया नेकपातिर मात्र सोझिए तर हामीभित्र पनि लामो समयदेखि सैद्धान्तिक बहस चलिरहेको थियो । निष्कर्षचाहिँ प्रभावशाली नेताहरूको बहिर्गमनमा गएर टुंगियो ।'
आइतवार साझा पार्टीको केन्द्रीय समितिले पूर्वाधार विज्ञसमेत रहेका प्रवक्ता डाक्टर सूर्यराज आचार्यलाई अहिलेसम्म गरेको योगदानका लागि धन्यवाद दिँदै पार्टीबाट अलग हुन आचार्यले गरेको प्रस्तावलाई स्वीकृत गर्यो । त्यस्तै वामपन्थी राजनीतिक पृष्ठभूमिबाट वैकल्पिक राजनीतिमा छिरेका मुमाराम खनालको राजीनामा पनि स्वीकृत भयो । ।
यससँगै साझा पार्टी स्थापना भएको ३ वर्षमा ३ टुक्रा हुन पुगेको छ । राजनीतिमा युवाको प्रतिनिधित्वलाई जोड दिने वैकल्पिक धारको पार्टी व्यवस्थापनमा नेतृत्वले देखाएको कमजोरीका कारण अहिले पार्टी नभएर गफगाफ गर्ने 'क्लब' बनेको छ, साझा पार्टी ।
२०७४ सालमा सम्पन्न स्थानीय, प्रादेशिक र संघीय निर्वाचनमा प्राप्त गरेको सफलताले साझा विवेकशील पार्टीको गरिमा जोगिएको थियो ।
थ्रेसहोल्ड र विभिन्न सीमितताका कारण राष्ट्रिय दलको मान्यता प्राप्त गर्न नसकेपनि परम्परागत राजनीतिमा देखिएको 'भ्याकुम'लाई साझा विवेकशीलले 'इन्डोर प्लेग्राउण्ड' बनाउन सफल भएको थियो । ग्राउण्ड बिस्तारै 'आउटडोर' हुँदै गएको थियो ।
काठमाडौं महानगरपालिकामा विवेकशील दलकी रञ्जु दर्शना र साझाका किशोर थापाले ल्याएको मत उल्लेख्य थियो ।
स्थानीय निर्वाचनपछि जोडिएका साझा र विवेकशील सधैँ एक रहिरहन सकेनन् । २०७५ सालको पुसमा दुवै पार्टीहरू आ-आफ्नो बाटो लागे । विवेकशील दलको नेतृत्व महाधिवेशनमार्फत् उज्ज्वल थापाले मिलन पाण्डेलाई हस्तान्तरण गरिसकेका छन् । मिश्रको संयोजकत्वमा रहेको साझा अहिले पुनः चोइटिएको छ ।
साझाका एक चर्चित अनुहार थिए डाक्टर सूर्यराज आचार्य । मिडियामा उनले दुई खालको छवि बनाएका थिए । पहिलो उनी पूर्वाधारविज्ञ हुन् । पूर्वाधारविज्ञ बनेर उजिलिएको छविलाई उनले साझा पार्टीको प्रवक्ता बनेर विस्तार गरे । टेलिभिजन, अनलाइन, प्रिन्ट जताततै हुने उनको उपस्थितिलाई धेरैले साझा पार्टीको उपस्थितिका रूपमा अर्थ्याउने गर्दथे ।
मुमाराम खनालको राजनीतिक इतिहास भने घुमाउरो छ । तत्कालीन माओवादी सशस्त्र युद्धमा जोडिएका खनाल पत्रकारिता हुँदै डाक्टर भट्टराईसँग नयाँ शक्तिमा जोडिन पुगे । त्यसपछि नयाँ शक्ति छाडेर उनी साझा पार्टीमा लागेका हुन् ।
लामो समयसम्म उनको संगत गर्नेमध्ये एकले उनी संगठन बनाउन क्षमता र योग्यता नराख्ने मान्छेका रूपमा चित्रण गर्छन् । 'उहाँको ध्यान राजनीतिक दस्तावेजतिर केन्द्रित हुन्थ्यो,' उनले भने, 'तर फिल्डमा त्यसलाई कसरी कार्यान्वयन गर्ने भन्ने व्यावहारिक योजना हुँदैनथ्यो ।'
खनालले साझा पार्टीको राजनीतिक तथा स्कूल विभाग सम्हालेका थिए । उनी साझा पार्टीका संस्थापकमध्येका एक हुन् ।
साझा पार्टीले गत साल फागुन १७ गते राष्ट्रिय भेला गर्दै लुम्बिनी घोषणापत्र जारी गरेको थियो ।
घोषणापत्रमा कुनै पनि पार्टीमा आवद्ध भएर काम गर्न नचाहने तर समाजका विभिन्न तप्काले पत्याएका र आशाका साथ हेरेका धेरै व्यक्ति, समूह तथा पार्टीहरू छरिएर छुट्टाछुट्टै काम गरिरहेको अवस्था रहेकाले त्यस्ता व्यक्ति, समूह र पार्टीहरूसँग अनौपचारिक, औपचारिक संवाद अघि बढाइने उल्लेख गरिएको थियो ।
पछिल्लो समयको विवादको जड पनि यही घोषणापत्र रह्यो । प्रवक्ता आचार्य र नीति विभाग प्रमुख खनालले संयोजक राखेर साझाका अन्य सबै समितिहरू भंग गर्ने प्रस्ताव राखे । नयाँ ढंगबाट पार्टी पुनर्गठन गर्ने भन्दै उनीहरूले राखेको प्रस्तावलाई केन्द्रीय समितिले अस्वीकार गर्यो । फलतः दुवै नेताहरू पार्टीबाट बाहिरिने परिस्थिति बनेको थियो ।
साझा विवेकशील पार्टी एउटै रहेको अवस्थामा पनि केही चल्तीका अनुहारहरू बाहिरिएका थिए । जयभद्र खनाल, ओमप्रकाश अर्याल, सरोज धिताल, रेशु अर्याल ढुंगानालगायत विवेकशील साझाबाट बाहिरिएपछि विवेकशील पक्षले संयोजक मिश्रमाथि क्षमता भएका व्यक्तित्वहरूलाई सम्हाल्न नसकेको आरोप लगाएका थिए ।
विवेकशील दलका एक नेता भन्छन्, 'रवीन्द्रजीमा आफूभन्दा क्षमतावान मान्छे आए पार्टी कब्जा गर्ला भन्ने भय कहीँ न कहीँ रहेको देखिन्छ र हामीले त्यतिबेलै महसूस गरेका थियौं ।'
साझा पछिल्लोपटक चोइटिनुमा कहीँ न कहीँ मिश्रको स्वभाव दोषी रहेको आवाज पनि उठ्न थालेको छ । मिश्रले आफ्नो 'सेलिब्रेटी स्ट्याटस'देखाएर दम्भ सिर्जना गर्न खोजेको र अन्य नेताहरूको उचाइलाई साइजमा राख्न आफ्नो हैसियत प्रयोग गर्ने गरेको आरोप आउने गरेको छ ।
तर साझाका सह-प्रवक्ता शरदराज पाठक भने मिश्रको स्वभाव अलोकतान्त्रिक रहेको आरोप अस्वीकार गर्छन् । पाठकले लोकान्तरसँग भने, 'वर्तमान नेतृत्वका हिसाबले उहाँ लोकतान्त्रिक मूल्य र मान्यतामै अडिग रहेको देखेको छु।'
उनले उदाहरण दिँदै थपे, 'सचिवालयले पार्टीका समितिहरू भंग गर्नुपर्छ भनेर लगेको प्रस्ताव केन्द्रीय समितिले अस्वीकार गर्यो । यदि उहाँमा अलिकति पनि निरंकुशता भएको भए या त प्रस्ताव नै लैजानुहुने थिएन, या त केन्द्रीय समितिले गरेको निर्णयमाथि कहीँ न कहीँ उहाँको हस्तक्षेप हुने थियो ।'
पाठकले केन्द्रीय समितिका यी निर्णयहरू लोकतान्त्रिक प्रक्रियाबाट भएको भए पनि आफूलाई दु:ख लागेको बताए । 'पार्टीमा जोडिनु र निस्किनु लोकतान्त्रिक प्रणालीको अंग भएता पनि दुवै नेताहरूको बहिर्गमनले पार्टीलाई क्षति पुगेको मेरो अनुमान छ,' पाठकले भने ।
साझा युवा संगठनका संयोजक अब्दुस मियाँ अब विचार मिल्नेहरूसँग एक भएर वैकल्पिक आन्दोलनलाई अघि बढाउनुको विकल्प नरहेको बताउँछन् ।
'केही नेताहरूको बहिर्गमनले हामीलाई क्षति पुगेको छ, हामीले त्यो क्षतिलाई शक्तिमा बदल्दै वैकल्पिक राजनीतिक आन्दोलनलाई अघि बढाउनुको विकल्प छैन,' मियाँले लोकान्तरसँग भने ।
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...