बाढीपहिरोपीडितको उद्धार र उपचार होस्- पूर्वराजा शाह

फाइल फोटो।

पूर्वराजा ज्ञानेन्द्र शाहले बाढीपहिरोका कारण जनधनको क्षति भएको घटनाप्रति दुखि भएको बताएका छन्।

पछिल्ला दिनहरूमा मुलुकका विभिन्न स्थानमा बाढीपहिरोका घटना बढ्न थालेपछि उनले सोमबार विज्ञप्ति जारी गरेर यो स्थितिमा सबैबाट सबैको राहत, उद्धार र उपचार हुनुपर्ने बताएका छन्।


Advertisement

‘विनाशको यो बेला पर्याप्त सहयोग, सुव्यवस्था तथा निगरानी पुगोस् भन्ने मेरो आग्रह छ,’ उनले भनेका छन्।

पर्वतीय मुलुकमा बाढी, डुबान र भूक्षयको जोखिम हरेक वर्ष हुने प्रकृया हो। ‘त्यसैले यसको रोकथाम र सजगताको निम्ति समय मै पर्याप्त ध्यान दिन सके क्षति न्यूनीकरणमा योगदान पुग्नेछ,’ उनले भनेका छन्।


Advertisement

उनले अगाडि भनेका छन्, ‘प्रतिकूल मौसमी प्रकृतिका कारण उत्पन्न प्रकोप र पीडाबाट जनताले मुक्तिको सास फेर्न पाउन भन्ने मेरो ईश्वरमा प्रार्थना छ । प्राकृतिक विपदको यो समयमा म शोक सन्तप्त पीडित सबैमा हार्दिक समवेदना व्यक्त गर्दै घाइते भएका सबैको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु।’

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्