स्विट्जरल्यान्डका पियानोवादक एलेन रोशेले भुइँभन्दा ४० मिटरमाथि क्रेनमा झुण्डिएर पियानो बजाएका छन् ।
फ्रान्सको नान्तेस शहरमा रहेको एक निर्माणाधीन भवनमा एक सयभन्दा बढी संगीतप्रेमीहरूका अगाडि शुक्रवार रोशेले सांगीतिक प्रस्तुति दिएका हुन् ।
श्रोताहरू कुर्सीमा बसेका थिए र उनीहरूलाई हेडफोन दिइएको थियो । उच्च गुणस्तरको संगीत सुनियोस् भनी त्यसो गरिएको थियो ।
विशाल पियानोलाई ९० डिग्री आकाशमा झुण्ड्याइएको रोशेले बताए । परम्परालाई हटाउन यसो गरिएको हो । निर्माण स्थलको कच्चा तथा फोहरी संसारसँग सामना गर्न पियानोवादकको शास्त्रीय पाटो देखाउन खोजेको उनले बताए ।
रोशेको अनौठो सेटिङको पियानोवादनले श्रोताहरूलाई प्रभावित तुल्यायो । एक श्रोताले भने, ‘यो असाधारण, जादूयी शहरी कवितात्मक प्रस्तुति थियो ।’
एजेन्सी