कात्तिक २१, २०८०
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
बाग्लुङको तमानखोला र निसीखोला गाउँपालिकामा गएराति गएको पहिरोमा ३ जना बालबालिकाको मृत्यु भएको छ ।
अविरल वर्षापछि घरमाथिबाट खसेको पहिरोले पुरिँदा उनीहरुको मृत्यु भएको बाग्लुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए ।
उनका अनुसार निरन्तर वर्षापछि खसेको पहिरोले घर पुरिँदा तमानखोला गाउँपालिका–२ मा पानबहादुर विकको घर गएराति साढे १ बजे पुरेको हो । पहिरोमा उनका दुई छोराछोरीको मृत्यु भएको छ । वर्ष १२ की रीता बिक र वर्ष १३ का खिमबहादुर बिकको पहिरोमा परी मृत्यु भएको हो ।
राति घरमा सुतिरहेको अवस्था घर पहिरोले पुरेको हो । घटनामा पानबहादुरकी श्रीमती होमकुमारी बिक सामान्य घाइते छन् । पानबहादुर भने वैदेशिक रोजगारीको सिलसिलामा विदेश छन् ।
घटनास्थल बाग्लुङ सदरमुकामबाट करिब ८० किलोमिटर पश्चिममा पर्दछ ।
उता, बाग्लुङकै निसीखोला गाउँपालिका–१ मा कमल परियारको घर गएराति पहिरोमा परेको हो । पहिरोले उनका ३ वर्षीय छोरा समीरको मृत्यु भएको हो । गएराति अन्दाजी २ बजेतिर गएको पहिरोमा उनकी आमा र दिदीको भने सकुशल रहेको प्रजिअ न्यौपानेले बताए । बाबु कमल विदेश छन् । घटनास्थल बाग्लुङ सदरमुकामदेखि अन्दाजी ७० किमी पश्चिममै पर्दछ ।
पहिरोले घर पुरेको जानकारीपछि बुर्तिवाङबाट प्रहरीको टोली घटनास्थल गएको थियो । त्यस्तै सशस्त्र प्रहरी पनि टोली समेत उद्धारमा खटिएको थियो ।
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...