कात्तिक २४, २०८०
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
कांग्रेसमा आसन्न महाधिवेशनलाई लिएर नेताहरूबीच तीव्र अविश्वास बढ्दै गएको छ ।
नेताहरूबीचको अविश्वास कति गहिरो छ भन्ने क्रियाशील सदस्यता वितरणमा अपनाइएको नियन्त्रणमुखी व्यवस्थाले नै प्रस्ट पार्छ । केही समयअघि केन्द्रीय कार्यसमितिको बैठकमा सभापति शेरबहादुर देउवाले नयाँ क्रियाशील सदस्यता ७० प्रतिशत पुर्याउने प्रस्ताव गरेका थिए । लगत्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले ३० प्रतिशतभन्दा बढी दिन नहुने तर्क पेस गरे । त्यसपछि कार्यसमितिले नयाँ सदस्यता ५० प्रतिशतभन्दा बढीलाई नदिने निर्णय लियो ।
साढे ४ वर्षअघि १३ औं महाधिवेशनका बेला यो परिवेश ठीक उल्टो थियो । त्यतिबेला देउवा पार्टीको सत्ता बाहिर थिए । नयाँलाई क्रियाशील सदस्यता कम दिनुपर्ने उनको अडान थियो । पौडेल पार्टीको कार्यवाहक सभापति थिए । उनी सदस्यता संख्या बढाउने पक्षमा थिए । अविश्वासले त्यति बेला पनि ५० प्रतिशतको नियम लागू भएको थियो ।
कांग्रेसका एक शीर्ष नेताका अनुसार पार्टीकै सभापति देउवाले आफ्नो पक्षको हितमा केन्द्रित रहेर काम गर्न थालेका छन् । त्यसबाट वरिष्ठ नेता पौडेल पक्ष चिढिएको छ । ‘एउटालाई पार्टी नै कब्जा गर्छ कि भन्ने चिन्ता छ भने अर्कोलाई कसरी हुन्छ चुनाव जित्नैपर्छ भन्ने छ,’ उनले भने, ‘यो अविश्वासका कारण कांग्रेसको संगठन भुत्ते बन्दै छ ।’ पार्टीको महाधिवेशनका बेला क्रियाशील सदस्यता वितरण र नवीकरणमा तल्लो तहका नेता तथा कार्यकर्तादेखि माथिल्लो नेतृत्वसम्मको चलखेल देखिने गर्छ । यसले धेरै खालका विवादसमेत निम्ताउने गरेको छ । नेतृत्व चयनलाई तलमाथि पार्न सक्ने मुख्य ‘अस्त्र’ नै क्रियाशील सदस्यता हो । यही सदस्यताले पार्टीको वडा, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेशसभा निर्वाचन क्षेत्रको संगठन बनाउँछ । क्रियाशील सदस्यबाट निर्वाचित भएर आउने प्रतिनिधिहरूले नै केन्द्रीय महाधिवेशनका मतदाता चुन्ने गर्छन् ।
क्रियाशील सदस्यले केन्द्रीय महाधिवेशनको नेतृत्व चयनमा प्रभावित पार्ने भए पनि केन्द्रीय नेताहरूको संलग्नता तल्लो तहसम्म पुग्न नहुने नेता कृष्णप्रसाद सिटौलाको भनाइ छ । नेताहरूको स्वार्थको टकराब तलसम्म पुग्दा पार्टीको संगठनमा आघात पुग्ने उनको ठम्याइ छ । ‘अहिलेसम्म केन्द्रीय तहमा ध्रुवीकरण छ, यसलाई बढाएर तलैसम्म पुर्याइयो भने महाधिवेशनको निष्पक्षता पनि हुन्न र पार्टी संगठनको जगसमेत हल्लिने खतरा हुन्छ ।’
कांग्रेस नेता रमेश लेखक संगठनलाई कमजोर बनाउने काम सदस्यता वितरण प्रणालीबाटै भएको स्विकार्छन् । ‘क्रियाशील सदस्यता वितरण संगठन बढाउनेभन्दा महाधिवेशनमा आफ्नो रणनीतिक योजना बनाउनेमा नेताहरूको प्राथमिकता परेपछि नै समस्या देखिएको हो,’ उनले भने, ‘अहिलेको वितरण प्रणालीमा पनि विधान एकातिर र मनस्थिति अर्कोतिर भएको छ ।’ विधानले क्रियाशील सदस्यता जति बेला पनि वितरण गर्न सकिने व्यवस्था गरेको छ ।
तर, पार्टीमा सदस्यता महाधिवेशनको मुखमा मात्रै वितरण र नवीकरण गर्ने अभ्यास छ, त्यो पनि नियन्त्रणमुखी शैलीमा । पार्टी ‘कब्जा’ होला भन्ने अविश्वासका कारण सदस्यता वितरणमै नियन्त्रण गर्दा ‘मास बेस्ड’ पार्टीको सैद्धान्तिक पक्षमाथि नै प्रश्न उब्जिने गरेको छ ।
कांग्रेस नेता गगन थापाले यस्तो अव्यावहारिक पक्षलाई यसै महाधिवेशनबाटै सुधार गर्न आवश्यक रहेको बताए । उनले क्रियाशील सदस्यता बढाउँदा पार्टीभित्र धाँधली हुन्छ भन्ने गलत बुझाइ रहेको बताए । ‘गडबडी नै हुने रहेछ भने पनि आउन चाहने जति सबैलाई सदस्यता बनाऔं । एउटा युवा कांग्रेसको क्रियाशील सदस्य हुन्छु भनेर आयो भने खुला पार्टीले रोक्न मिल्दैन,’ उनले भने, ‘हामीले सदस्यमा आउन छेक्यौं, नियन्त्रण गर्यौं भने कांग्रेस भनेर अहिलेका युवा अडिन सक्दैनन् । यही परिपाटीले दुई तिहाइ निकटको नेकपासँग आउँदो चुनावमा हामीले प्रतिस्पर्धा गर्न पनि सक्दैनौं ।’
क्षेत्रीय प्रतिनिधि र वडा कार्यसमितिका लागि एउटा वडामा कम्तीमा ४० देखि ५० जनासम्म क्रियाशील सदस्य हुनैपर्छ । केन्द्रमा नेताहरूको स्वार्थ भए पनि सदस्यता संख्या बढाउनुपर्ने माग जिल्लामा दुवै पक्षबाट आएका छन् । सदस्यता लिने र नवीकरण गर्नेको संख्या अघिल्लो महाधिवेशनभन्दा बढी यस पटक देखिएको छ । यसको मुख्य कारण स्थानीय तहप्रतिको आकर्षण मुख्य बनेको छ । पार्टीको विधानमै क्रियाशील सदस्यताको आधारमा स्थानीय तहको उम्मेदवार बनाउने मापदण्ड तोकिएको हुन्छ ।
कांग्रेसको १२ औं महाधिवेशनमा ३ लाख १६ हजार ८ सय सदस्य थिए । त्यसको ५० प्रतिशतभन्दा बढी बढाउन नपाइने नियम राखिए पनि त्यतिबेला २ लाख २ हजार १ सय ७९ जनाले नयाँ सदस्यता लिएका थिए । एक दर्जनभन्दा बढी जिल्लाले पार्टीको निर्णय विपरीत बढी सदस्यता बाँडेको भन्दै विवाद उब्जेपछि ती जिल्लाका नयाँ सदस्यले अधिवेशनमा भाग नै लिन पाएनन् । कांग्रेसको सदस्यता संख्या अहिले ४ लाख ७० हजार छ । पार्टी निर्णयअनुसार नै सदस्यता दिँदा २ लाख ३५ हजारभन्दा बढीले नयाँ सदस्यता पाउँदैनन् । तर नेताहरू यस पटक यो संख्या धेरै बढ्ने दाबी गर्छन् ।
१३ औं महाधिवेशनको सदस्यता छानबिन समितिका सदस्य रहेका केन्द्रीय सदस्य रामकृष्ण यादव अहिले बनाइएको प्रावधान व्यावहारिक नभएको बताउँछन् । ‘क्रियाशील सदस्यतामा नियन्त्रण गर्दा युवा जमातको उपस्थितिमा कमी आउँछ । यसले पार्टीको हित गर्दैन,’ उनले भने, ‘संगठनलाई खुम्चाएर कमजोर बनाउने कि बढाएर बलियो बनाउने ? नेताहरूले यसतर्फ सोच्नुपर्छ ।’ मागअनुसार क्रियाशील सदस्यता नदिँदा कांग्रेसमा आउन चाहनेहरू अर्को पार्टीमा जाने खतरा रहेको यादव बताउँछन् ।
पाँच वर्षअघि नरहरि आचार्यको संयोजकत्वमा गठित सदस्यता छानबिन समितिले साधारण सदस्यता र क्रियाशील सदस्यताको विधानमा रहेको वर्गीकरण पूरै अव्यावहारिक र आसन्दर्भिक रहेको भन्दै एकै प्रकारको सदस्यता कायम गर्नुपर्ने सुझाव दिएको थियो । दुई वर्षअघि पार्टीको विधान मस्यौदाका क्रममा एउटा मात्रै सदस्यता लागू गर्ने र अनलाइनबाट इच्छा राखेका जति सबैलाई सदस्यता दिन सकिने प्रस्ताव गरियो । तर नेताहरूले क्रियाशील सदस्यतालाई पुरानै ढर्राको सदस्यताको प्रणालीमा पार्टीलाई लगे । कान्तिपुर दैनिकमा कुलचन्द्र न्यौपानेले खबर लेखेका छन् ।
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...