तस्बिरमा हेर्नुहाेस्, चीनमा लाखौं मानिस यसरी बिताउँछन् सुरुङभित्र भूमिगत जीवन

चीनमा विगत ५० वर्षदेखि १० लाखभन्दा बढी मानिसले भूमिगत जीवन बिताउने गरेका छन् । शीतयुद्धको समयमा बम शेल्टरका रूपमा बनाइएका सुरुङमा मानिसहरू अझै बसिरहेका छन् । 

न्यून आम्दानी भएका मजदूरलाई र्‍याट ट्राइब भनिन्छ र तिनीहरू नै सुरुङमा बसेका हुन् । सुरुङले ३० वर्ग माइल क्षेत्र ओगटेको छ । 


Advertisement

भूमिगत शहरको नाम द डन्जन हो र आणविक युद्धको त्रास चरममा हुँदा सन् १९६९ मा यो बनाइएको थियो ।

त्यो वर्ष चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओत्से तुङले नागरिकहरूलाई गहिरो सुरुङ बनाउन, खानेकुरा जम्मा गर्न र युद्धका लागि तयार रहन आदेश दिएका थिए । 


Advertisement

त्यतिखेर १० हजारवटा बंकर बनाइएका थिए । आणविक युद्ध त भएन तर आप्रवासी कामदार र विद्यार्थीलाई त्यहाँ बस्न लगाइयो । 
 

बंकरको जीवन सुखद छैन । भेन्टिलेसनको अभावमा हावा चल्न पाउँदैन अनि घाम नपस्ने भएकाले ढुसी आएको छ । 

बिजुली, पानी र ढलको व्यवस्था त छ तर सामान्य सुविधा मात्र छ । 
 

बंकरमा बस्नेहरूले प्रायः बेडरूम शेयर गर्ने गरेका छन् । उनीहरू एउटामाथि अर्को खप्टिएको बंक बेडमा सुत्छन् । भान्सा र बाथरूमहरू पनि साझा छन् जसले गर्दा भीडभाड र फोहर छ । 

सुरक्षाको विषय उठेपछि सन् २०१० मा बेइजिङका अधिकारीहरूले भूमिगत बंकरमा बस्नुलाई अवैध ठहर गरेका थिए । तैपनि त्यहाँ मानिसहरू बसिरहेका छन् ।
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्