प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले प्रवक्ता पदको लाज जोगाउन नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशलाई सुझाव दिएका छन् ।
'इनअफ इज इनअफ' भन्दै शुक्रवार ट्वीट गरेका रिमालले श्रेष्ठलाई गुटबन्दीको आगोमा उत्तोलक नबन्न सुझाव दिएका हुन् ।
'कम से कम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस् । ‘विधि र पद्दति’को नक्कली गीत गाउँदै नेताहरूलाई गुटबन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुहोस् ! पार्टी एकताविरुद्धका कुनैपनि गतिविधि कतैबाट पनि नहोस् !! मुलुक संवेदनशील मोडमा छ महसूस होस्!!!' रिमालले लेखेका छन् ।
प्रवक्ता श्रेष्ठ ओलीइतर खेमामा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसँगै देखिँदै आएका छन् ।
हेर्नुहोस्, रिमालको ट्वीट :
Enough is enough @nksthaprakash जी! कम से कम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस। ‘बिधी र पद्दती’को नक्कली गीत गाउँदै नेताहरूलाई गुटवन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुहोस्!
पार्टी एकता बिरूद्धका कुनैपनि गतिबिधि कतैबाट पनि नहोस् !!
मुलुक संवेदनशील मोडमा छ महसूस होस्!!!
— Bishnu Rimal (@BishnuRimal) August 7, 2020
लोकान्तर संवाददाता