माघ ८, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
भदौ ३, २०७७
चीनबाट सामान लिएर काठमाडौं आउन लागेका कन्टेनरहरू लामो समयदेखि नाकामा रोकिँदा व्यवसायी मारमा परेका छन् ।
कोरोनाभाइरस (कोभिड– १९)को महामारी रोक्नका लागि गत माघदेखि चीनले सीमा क्षेत्रमा कडाइ गर्दा कन्टेनरहरू उतै रोकिएका हुन् ।
तातोपानी र केरुङ नाकामा सामान रोकिँदा कतिपय सामानहरू सडेर नष्ट भएका छन् भने बाँकी रहेका सामान पनि अलपत्र छन् ।
माघको पहिलो साता सामान लिन चीनमा पुगेका कन्टेनरहरू उतै रोकिएका हुन् । सामान उतै रोकिँदा तयारी पोशाक, कपडा, अन्य सामानहरू अलपत्र परेका छन् ।
राजस्व प्रभावित
कोरोना महामारीका कारण चीनले सीमामा कडाई गरेसँगै सामान आयात रोकिएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले लोकान्तरलाई बताए ।
शुरूमा आयात पूर्ण रूपमा रोकिए पनि असार २२ गतेपछि एकतर्फी सञ्चालन गर्ने निर्णय भएको थियो ।
यद्यपि तातोपानी नाकामा पहिरो गएको र अन्य क्षेत्रमा पनि पहिरोको कारण देखाउँदै हालसम्म आयात रोकिएको छ ।
आयात रोकिँदा राजस्व संकलन पनि लक्ष्यभन्दा कममा नै सिमित भएको छ ।
प्रमुख भन्सार अधिकृत खड्का भन्छन्, ‘आर्थिक वर्ष २०७६/७७ मा ८५ प्रतिशत मात्रै राजस्व संकलन गर्न सक्यौं, आयात रोकिँदा लक्ष्यअनुरूप राजस्व संकलन गर्न सकिएन ।’
उनका अनुसार, गत आर्थिक वर्षमा ९ अर्ब ५० करोड राजस्व संकलन गर्नुपर्नेमा ८ अर्बमात्रै संकलन भएको छ । साउन महिनामा पनि करीब ३५ प्रतिशत मात्रै राजस्व संकलन भएको छ ।
चाडपर्वका समयमा बढी मात्रामा फलफूल र लत्ताकपडा आयात हुन्छन्, तर अहिले त्यो सबै आयात रोकिएको छ । उनका अनुसार, नाकामा करीब १ हजार २ सयभन्दा बढी कन्टेनरहरू रोकिएका छन् ।
नाकामा रोकिएका कन्टेनरहरू कतिपय बिग्रिसकेका छन् भने कतिपयको पाटपूर्जा चोरी समेत हुन थालेको छ ।
नेपाल सिल्क ट्रान्सपोर्ट प्रालिका अध्यक्ष रमेश शेर्पाले सामानहरू अलपत्र पर्दा व्यवसायीलाई आर्थिक भार परेको लोकान्तरलाई बताए । उनका अनुसार खासा र तातोपानीमा सामानहरू रोकिएको छ । उनी भन्छन्, ‘स्याउ कन्टेनरमै कुहियो, अब के गर्ने ? यस्तै हो ।’
केही गार्मेन्ट, तयारी पोशाक लगायतका सामानहरू सिल्क ट्रान्सपोर्टको मात्रै ३ सय कन्टेनरहरू नाकामा रोकिएको छ । उनी भन्छन्, नेपालको सडकको कारण पनि चीनले सामान नपठाएको हो ।’
आयात रोकिँदा नेपालको जलविद्युत् आयोजनाहरूको काम पनि रोकिएको छ । स्वतन्त्र ऊर्जा उत्पादक संंघका अध्यक्ष कृष्ण आचार्य अधिकांश सामानहरू नाकामा रोकिएको बताउँछन् ।
अहिले दिनको ३/४ कन्टेनर सामान मितेरी पुलसम्म आइरहेको नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष बच्चु पौडेल लोकान्तरलाई बताउँछन् । बीचमा केही समयअघिदेखि सामान अलिअलि आएको थियो ।
उनले भने, ‘दिनको ३/४ कन्टेनर मितेरी पुलसम्म आइरहेको उनको भनाइ छ । यसैअनुरूप पुरानो सामान पूरा आयात हुन ६ महिना लाग्ने देखिन्छ ।’
उनले नाका खुलाउनका लागि सरकारसँग पहल भइरहेको बताए । उनले भने, ‘हामीले सरकारसँग नाका खुलाई आयात सहज बनाउन ज्ञापनपत्र बुझाउँदै आएका छौं ।’
गाडीको किस्ता र घरभाडाको तनाव
नेपाल ट्रक कन्टेनर व्यवसायी संघका अध्यक्ष अर्जुन सापकोटा माघदेखि आयात रोकिँदा घर खर्च चलाउनसमेत गाह्रो भएको बताउँछन् । उनी भन्छन्, ‘सबै मजदूर कामविहीन भएका छन् । दैनिक खर्च चलाउन पनि गाह्रो छ ।’
उनले नयाँ गाडीको ७० देखि ८० हजार किस्ता तिर्नुपर्ने भएको बताए । उनले भने, ‘बैंकमा मासिक रूपमा ७० देखि ८० हजार रुपैयाँ किस्ता तिर्नुपर्छ, त्यो तिर्न नसक्दा समस्या भएको छ ।’
उनी भन्छन्, ‘एकातिर घरबेटीले घरभाडा माग्छन्, अर्कातिर बैंकले किस्ता, हामी तनावमा छौं ।’
नेपाल ट्रक यातायात व्यवसायी महासंघका महासचिव राजेन्द्र बानियाँ पनि किस्ता र घरभाडामा समस्या भएको बताउँछन् ।
‘मासिक ८० हजार किस्ता बुझाउनुपर्छ, कन्टेनरका पाटपुर्जाहरू पनि उता ध्वस्त छन्, सबैकुरा डामाडोल छ,’ उनले भने ।
उनले आफूहरूले सरकारी निकायमा समस्याबारे ध्यानाकर्षण गराए पनि समस्या समाधान हुन नसकेको गुनासो गरे ।
सरकार भन्छ- '५ दिनभित्रमा समस्या समाधान हुन्छ'
अहिले सीमा नाका खुलाइ आयात सहज बनाउन नेपाल र चीन सरकारबीच छलफल भइरहेको छ । सचिवस्तरीय बैठक बसिरहेको र एक दुई दिनमै त्यसको प्रगति विवरण आउने उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले लोकान्तरलाई बताए ।
‘सचिवस्तरीय बैठकले बुधवार नै प्रगति विवरण दिने तयारी गरेको जानकारी आएको छ,’ उनले भने । उनले भने, ‘आयात नहुँदा राज्यलाई नोक्सान भइरहेको कुरामा हामी जानकार छौं, हामीले सीमा खुलाउन पहल गरिरहेका छौं, चीन सरकार पनि सकारात्मक छ ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...