×

NIC ASIA

कोरोना बिमाको ५ महिना

७ लाख ३८ हजारले गराए कोरोना बीमा, ४१ करोडभन्दा बढी प्रिमियम संकलन

भदौ ५, २०७७

Prabhu Bank
NTC
Premier Steels

करीब ५ महिनाको अवधिमा कोरोना भाइरस (कोभिड– १९)को बीमा गराउनेको संख्या ७ लाख ३८ हजारभन्दा बढी नाघेको छ ।

Muktinath Bank

बीमा कम्पनीहरूको नियामक निकाय बीमा समितिको तथ्यांकअनुसार बुधवार (भाद्र ३ गते) सम्ममा ७ लाख ३८ हजार ४ सय ५८ जनाको कोरोना बीमा भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोरोना बीमालेख बिक्रीमार्फत बीमा कम्पनीहरूले हालसम्म ४१ करोडभन्दा बढीको प्रिमियम (बीमा शुल्क) संकलन गरेका छन् ।  


Advertisment
Nabil box
Kumari

बुधवारसम्मको तथ्यांकमा ७८ हजार ८ सय ७१ बीमालेख बिक्री भएका छन्, जसबाट ४१ करोड ६२ लाख ७० हजार ९ सय ८२ रुपैयाँ संकलन भएको छ ।  

Vianet communication

अन्तर्राष्ट्रिय मुलुकमा समेत प्रचलनमा नरहेको महामारीविरुद्धको यस्तो बीमा नेपालमा वैशाख ७ गतेदेखि शुरू भएको थियो । 

महामारीको चपेटामा पर्दा कोरोना भाइरस संक्रमितलाई आर्थिक चपेटाबाट माथि उकास्न सामाजिक उत्तरदायित्व स्वरूप बीमा समितिले कोरोना बीमालेख जारी गरेको समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले लोकान्तरलाई बताए ।

उनी भन्छन्, ‘हामीले पहिलोपटक नवीनतम अभ्यास गरेका हौं, संक्रमित र संक्रमितको परिवारलाई आर्थिक कारणले तनाव सिर्जना नहोस् भन्ने उद्देश्यले बीमालेख जारी गरिएको हो ।’

बीमा कम्पनीहरूसँगको परामर्शमा समितिले बीमा लेख जारी गरेको थियो ।

शुरूआती चरणमा कोरोना बीमा लेख शहरी क्षेत्रमा बढी प्रयोग भयो । बिस्तारै यसले ग्रामिण भेगमा पनि बीमाको पहुँच विस्तार भयो । 

‘शुरूमा काठमाडौं उपत्यकामा बढी मात्रामा कोरोना बीमा गरियो, अहिले यसको क्षेत्र फराकिलो बनेको छ,’ उनले भने । 

सरकारको साथ

कोरोना बीमालाई सरकारले पनि महत्त्वका साथ अगाडि बढाएको छ । आर्थिक वर्ष २०७७/७८ को बजेटमा पनि कोरोना बीमालाई समेटिएको छ । 

बजेटमार्फत सरकारले कोरोना बीमामा आमनागरिकलाई ५० प्रतिशत सहुलियत दिएको छ । राष्ट्रसेवक कर्मचारीहरूको कोरोना बीमा निःशुल्क गरिएको छ भने संस्थागत बीमामा पनि सहुलियत छ । 

कोरोना बीमालाई राज्यले साथ दिएको भन्दै साउनयता बीमा गर्नेको संख्या बढेको पौडेलको भनाइ छ । उनी भन्छन्, ‘सरकारले सहुलियत दिँदा कोरोना बीमा धेरैको माझमा पुग्यो ।’
 

घरघरमा पुग्यो पहुँच 

केही समय अगाडिसम्म बीमा क्षेत्रलाई हेर्ने दृष्टिकोण फरक थियो । जीवन बीमालाई बचतको हिस्सा सम्झन थाले पनि निर्जीवन बीमाको भने अवस्था सुध्रिएको थिएन ।

अहिले कोरोना बीमा लेख जारी भएसँगै निर्जीवन बीमा पनि घरघरमा पुगेको कार्यकारी निर्देशक पौडेल बताउँछन् ।

उनी भन्छन्, ‘कोरोना बीमा घरघरमा पुग्दा निर्जीवन बीमा पनि घरघरमा पुगेको छ, यसले दायरा फराकिलो बनाएको छ ।’

दाबी गरेको २४ घण्टामै भुक्तानी

बीमा समितिका अनुसार, संक्रमित बढेसँगै पछिल्लो समय कोरोना बीमाको दाबी भुक्तानी पनि बढ्दै गएको छ । कोरोना भाइरसको पीसीआर परीक्षण गर्दा संक्रमित देखिएमा दाबी भुक्तानी पाइन्छ । 

कोरोना बीमाको दाबी भुक्तानी पछिल्लो समय बढ्दै गएको छ । पौडेल भन्छन्, ‘परीक्षण रिपोर्ट पोजेटिभ आउनेबित्तिकै दाबी गर्नुस्, दाबी गरेको २४ घण्टा भित्रमा भुक्तानी हुन्छ ।’ समितिका अनुसार हालसम्म करीब ६ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी भएको छ । 

महामारीमा सबै निकाय एकजुट

कोरोनाभाइरसको बीमा शुरू गर्दा बीमा कम्पनीहरू र बीमा समिति मात्र एक थिए । पछिल्लो समय सरकारले पनि यसलाई साथ दिएको छ । ‘सरकारले साथ दिँदा महामारी थेग्न सक्ने क्षमता छ, पौडेल भन्छन्, ‘पहिले कम्पनी र हामी मात्र थियौं, महामारी बढ्दै जाँदा क्षमताले धान्दैन कि भन्ने थियो, अहिले त्यस्तो छैन ।’

‘बीमा कम्पनीहरू आफैंमा सक्षम छन्,’ उनी भन्छन्, ‘यसमा पनि हामीलाई पुनर्बीमाको साथ छ, सरकारको पनि साथ छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

जेठ ४, २०८१

बैंकमा निक्षेप थुप्रिएको भए पनि कर्जा विस्तार हुन नसकेको अवस्थालाई सम्बोधन गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ । शुक्रबार तेस्रो समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले ब्याजदर कर...

जेठ १, २०८१

निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न पोल्याण्डलाई आग्रह गरेको छ । नेपाल र पोल्याण्डबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा नेपाल चेम्बर अफ कमर्स र नेपा...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x