फागुन २९, २०८०
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
सरकारले समयमै रासायनिक मलको व्यवस्थापन गर्न नसक्दा किसान दोहोरो मारमा परेका छन् ।
धान रोप्ने समय असारमा जस्तै धान गोड्ने समय भदौमा पनि बजारमा मल अभाव हुँदा किसान दोहोरो मारमा परेका हुन् ।
नेपालको मुख्य खाद्यबाली धान हो । तर किसानले न धान रोप्ने समयमा डिएपी मल पाए, न त गोड्ने बेलामा युरिया मल नै ।
असारे धान रोप्ने समयमा बजारमा डिएपी मलको अभाव भएको थियो भने अहिले धान गोड्ने समयमा युरिया मल नपाउँदा किसान चिन्तित बन्नुपरेको छ ।
सरकारले मल ढुवानी तथा बिक्री वितरणको जिम्मा कृषि सामाग्री केन्द्र र साल्ट ट्रेडिङ कर्पोरेसनलाई दिएको छ । प्रत्येक वर्ष यी दुई संस्थाले मल आयात तथा बिक्री गर्दै आएका छन् ।
उनीहरूले ल्याएका मल कृषि सहकारी संस्थामार्फत उपभोक्तालाई वितरण गरिन्छ । यद्यपि उपभोक्ताले मल अभाव भने सधैँ भोग्नुपरेको छ ।
गत असारमा खेत रोप्ने समय थियो । सो समयमा डिएपी मल अभाव थियो । डिएपी मल छरेर किसानले धान रोप्नुपर्ने भएपनि कतिपय किसानले डिएपी छर्न नै पाएनन् । अहिले धान गोड्ने समय छ ।
यतिखेर युरिया मल हाल्नुपर्ने हुन्छ, तर मल बिक्री वितरणको जिम्मा पाएका यी दुई संस्थाले कोरोना महामारीका कारण मल ढुवानी हुन नसक्दा अभाव भएको बताउँदै आएका छन् ।
'भदौ अन्तिम साता आइपुग्छ ५० हजार मेट्रिक टन युरिया'
कृषि सामाग्री कम्पनी लिमिटेडले चैत ११ देखि अहिलेसम्म करीब १ लाख मेट्रिक टन मल बेचेको छ । विगतका तुलनामा यस वर्ष धेरै मल बिक्री गरेको तथ्यांकमा देखिएको छ ।
लिमिटेडले आर्थिक वर्ष २०७६/७७ मा २ लाख ५७ हजार मेट्रिक टन मल बिक्री गरेको छ । यसअघि आर्थिक वर्ष २०७५/७६ मा २ लाख ५३ हजार मेट्रिक टन मल बेचेको थियो ।
विगतमा भन्दा बढी मल बिक्री गरेपनि कोरोना महामारीका कारण आयातमा समस्या परेको लिमिटेडका प्रबन्ध सञ्चालक नेत्र भण्डारीले लोकान्तरलाई बताए ।
उनले भने, ‘विगतको भन्दा मल कम हैन, त्यो भन्दा बढी बेच्ने कार्ययोजना थियो । युरिया मल असारमै बेच्नुपर्ने थियो । पुस अन्तिममा टेन्डर गरिएको मल आयात हुन नसकेको हो । यसमा मुख्य कारण कोरोना महामारी नै हो ।’
उनका अनुसार लिमिटेडको गोदाममा अहिले ६ हजार टन डिएपी र २ हजार टन पोटास छ । युरिया असारको २० गते आसपासमा सकिएको हो ।
महामारीले विश्वका सबै मुलुक प्रभावित भएको अवस्थामा भारत, बंगलादेशमा पनि लकडाउन हुँदा मल आयात नभएको बताउँछन् ।
उनले भने, ‘बाहिरका मुलुकमा पनि महामारी छ, जसका कारण मल बजार समस्यामा छ ।’
उनका अनुसार मल खरिदका लागि टेण्डर गरेको छ महिनामा मल नेपाल आइपुग्छ ।
उनी भन्छन्, ‘माघ महिनाको टेन्डरअनुसारको मल आयातमा कोरोना महामारीले प्रभाव पर्यो । भदौ अन्तिम सातासम्ममा नेपाल आइपुग्ने विश्वास छ ।’
भदौ अन्तिम सातामा ५० हजार मेट्रिक टन युरिया मल आइपुग्ने उनले बताए ।
यता भारतको कलकत्ता बन्दरगाहबाट युरिया मल आइतवार लोड भएको बताउँदै साल्ट ट्रेडिङ कर्पोरेसनका डिभिजनल म्यानेजर ब्रजेश झाले केही दिनमै कृषकको हातमा मल पुग्ने लोकान्तरलाई बताए ।
उनका अनुसार विभिन्न नाका हुँदै अहिले मल बोकेका गाडीहरू नेपाल आइरहेका छन् । उनले भने, ‘३२ हजार १ सय मेट्रिक टन युरिया मल आउन लागेको छ, थोरै–थोरै गरेर गाडीमा पास हुन्छ ।’
मन्त्रालय के भन्छ ?
माग बराबरको आपूर्ति गर्न नसक्दा मल अभाव भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव राजेन्द्र भारीले लोकान्तरसँग बताए ।
अहिले भने महामारीले पनि समस्या पारेको उनको भनाइ छ । उनका अनुसार, नेपालमा अहिले करिब ६ लाख मेट्रिक टन मलको माग छ, तर आयात भने त्यसको झण्डै आधा, ३ लाख मेट्रिक टन मात्रै भइरहेको छ ।
माग धेरै तर आपूर्ति कम हुँदा समस्या हुने उनी बताउँछन् । चालू आर्थिक वर्षमा ५ लाख मेट्रिक टन मल आयात गर्न बजेट विनियोजन गरिएको उनले जानकारी दिए ।
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...