बलिउडमा गाँजा र कोकिन सेवन छ्यापछ्याप्ती : सुशान्तका साथी युवराज

सुशान्त सिंह राजपूतका मित्र तथा फिल्म निर्माता युवराज सिंहले बलिउडमा लागूऔषध दुर्व्यसनको समस्या रहेको बताएका छन् । 

बलिउडमा अघि बढ्नका लागि ड्रग लिनु पनि महत्त्वपूर्ण कुरा भएको उनको भनाइ छ । 


Advertisement

बलिउडका अधिकांश अभिनेताहरू कोकिनको लती भएको उनको भनाइ छ । सन् १९७० को दशकदेखि बलिउडमा लागूऔषधको उपयोग बढेको तर त्यतिखेर धेरैले थाहा नपाए पनि अहिले मिडियाका कारण एक्सपोजर बढेको उनले बताए । 

युवराजले भने, ‘बलिउडमा धेरैजना कोकिन लिन्छन् । धेरै अभिनेता र फिल्म निर्माताहरू ड्रग खाने गरेकाले नै अहिलेको हंगामा मच्चिएको हो ।’


Advertisement

‘त्यहाँ गाँजा त चुरोट जस्तै सहज छ । अनि बलिउडका पार्टीहरूमा कोकिन खुबै लिने गरिन्छ । एलएसडी पनि चल्ने गरेको छ ।’

‘यी सबै कडा लागूऔषध हुन् र यिनको असर १५ देखि २० घन्टा रहन्छ । बलिउडका आठजना जति अभिनेताले कोकिन सेवन छोडेनन् भने छिट्टै मर्ने सम्भावना छ ।’

‘लगभग सबैले ड्रग लिने गरेका छन् । पोहोर साल करण जोहरको घरमा भएको पार्टीको भिडियो भाइरल भएको थियो, त्यो खासमा ड्रग पार्टी थियो । पार्टीमा दीपिका पादुकोण, रणवीर कपूर, विकी कौशल, वरुण धवन, शाहिद कपूर, अर्जुन कपूर जस्ता कलाकार थिए ।’

‘ठूला कलाकारमा अक्षय कुमार मात्र हुन् कुनै पनि लागूऔषध नलिने । अरू सबै दुर्व्यसनी छन् ।’  

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्