कमल थापाले भने : पार्टी एकता जोगाउन चुनाव चिन्ह परिवर्तन गर्नुपर्‍यो

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले पार्टी एकता जोगाउन चुनाव चिन्ह परिवर्तन गर्नुपरेको बताएका छन् ।

यद्यपी हिन्दु राष्ट्रको एजेण्डा बोकेको राप्रपाको निम्ति चुनाव चिन्ह गाई नै उपयुक्त हुने दोहोराउनका छन् । 


Advertisement

मंगलवार सामाजिक सञ्जाल ट्वीटरमा उनले पार्टी एकता जोगाउनका लागि चुनाव चिन्ह परिवर्तन गर्नुपरेको बताउँदै लेखेका छन् , 'परिस्थितिजन्य यो वाध्यतालाई सहजरुपमा लिइदिन पार्टीका साथीरशुभचिन्तकहरुमा अपिल गर्दछु।'

उनले अब राप्रपालाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने अभियानमा लाग्न पनि आह्वान गरेका छन् ।


Advertisement

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्