गुल्मीको हस्तिचौरमा पहिरोः एक जनाको शव भेटियो

सांकेतिक तस्वीर

गुल्मीको इस्मा गाउँपालिका– २ हस्तिचौरको रातचौर, स्यालामा गएराति गएको पहिरोमा पुरिएका एक जनाको शव भेटिएको छ । 

पहिरोमा पुरिएर बेपत्ता भएका ३८ वर्षीय प्रेमबहादुर कुमालको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।


Advertisement

पहिरोमा स्थानीयवासी पाँच वर्षीय सफल कुमाल हराइरहेका छन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उनको खोजी गरिरहेको बताइएको छ । 

बाटोमा हिँड्दै गरेको अवस्थामा माथिबाट खसेको पहिरोले उनीहरुलाई पुरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक प्रविणलाल श्रेष्ठले जानकारी दिए ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्