चीनले वास्तविक नियन्त्रण रेखामा विगत तीन वर्षमा बनायो नयाँ संरचनाहरू, भारत हेरेको हेर्‍यै

चीनले सन् २०१७ को दोक्लम सैन्य गतिरोधपछि भारतसँगको वास्तविक नियन्त्रण रेखानजिक कम्तीमा १३ वटा नयाँ सैन्य अड्डा बनाएको छ । लद्दाखमा हालैको तनावपछि उसले चारवटा हेलीपोर्ट बनाइसकेको छ । 

यी सैन्य अड्डाहरूको विवरण मंगलवार स्ट्राटफोर नामक अग्रणी सुरक्षा तथा गुप्तचरी परामर्शदाता संस्थाको प्रतिवेदनमा उल्लेख गरिएको छ । नयाँ संरचनामा तीनवटा एयरबेस, पाँचवटा स्थायी एयर डिफेन्स पोजिसन र पाँचवटा हेलीपोर्ट छन् । 


Advertisement

‘गत मे महिनामा लद्दाख संकट शुरू भएपछि मात्र पनि चीनले चारवटा नयाँ हेलीपोर्ट बनाइसकेको छ,’ सिम ट्याक नामक बेल्जियन विश्लेषकले लेखेको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

‘सन् २०१७ को दोक्लम गतिरोधले चीनको रणनीतिक अभीष्टमा परिवर्तन ल्याएको देखिएको छ । चीनले विगत तीन वर्षमा आफ्ना सैन्य संरचनाहरू दोब्बर बनाएको छ,’ प्रतिवेदनमा उल्लेख गरिएको छ । 


Advertisement

चिनियाँ सेनाले हाल विद्यमान एयरबेसमा चारवटा एयर डिफेन्स पोजिसन तथा थप धावनमार्ग र शेल्टरहरू बनाएको छ । शेल्टरहरूले शत्रुको लडाकू विमानलाई निगरानी गर्न दिँदैनन् । अहिलेका संरचनामा उसले थप एयर डिफेन्स सिस्टम र लडाकू विमान राखेको प्रतिवेदनले उल्लेख गरेको छ । 

ओपन सोर्स भूउपग्रहीय तस्वीरहरूमा चीनले मानसरोवर तालको किनारमा जमीनबाट आकाशमा प्रहार गर्ने क्षेप्यास्त्र राखेको देखिन्छ । यस्तै किसिमका संरचना उसले दोक्लम र सिक्किमका विभिन्न सेक्टरमा रहेका संवेदनशील इलाकामा पनि बनाइरहेको छ । 

भारतले भने यस अवधिमा नयाँ सैन्य संरचनाहरु खासै बनाउन सकेको छैन । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्