×

NMB BANK
NIC ASIA

समाचार

वैज्ञानिक वन व्यवस्थापनको नाममा व्यापक फँडानी, तस्करी र भ्रष्टाचार

सुदूरपश्चिम वन निर्देशक विष्टसहित ८ उच्च पदस्थ अधिकारीलाई कारवाही गर्न सिफारिस

असोज ८, २०७७

NTC
Premier Steels

धनगढी । संघीय संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि–२०७१’ खारेज गरी वन फँडानीमा संलग्नहरूलाई कडाभन्दा कडा कारबाही गर्न सिफारिस गरेको छ । वैज्ञानिक वन व्यवस्थापनको नाममा व्यापक वन फँडानी, तस्करी र आर्थिक अपचलन (भ्रष्टाचार) भएको निष्कर्ष निकाल्दै उपसमितिले कार्यविधि खारेज गर्न र दोषीमाथि कारबाही गर्न सिफारिस गरेको हो ।
वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम अध्ययन गर्न सांसद प्रदीप यादवको संयोजकत्वमा गठित उपसमितिले आफ्नो प्रतिवेदन–२०७७ मार्फत सरकारलाई सिफारिस गरेको हो ।

Muktinath Bank

नीतिगत एवं कानुनी सुधारका लागि सिफारिस गरिएको सो प्रतिवेदनमा भनिएको छ, ‘वन ऐन, २०७६ को दफा ८४ मा वन ऐन र वन नियमावली कार्यान्वयनका लागि आवश्यक पर्ने निर्देशिका र कार्यविधिहरू नेपाल सरकारले पारित गर्नुपर्ने व्यवस्था रहेकोमा तत्कालीन वन तथा भू–संरक्षण मन्त्रालयबाट २०७१।७।२७ को सचिव स्तरीय निर्णयबाट वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१ लागू गरिँदै आएको देखिएको हुँदा वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१ खारेज गरी राष्ट्रिय वन नीति, २०७५ र वन ऐन, २०७६ को उद्देश्य अनुरुप वन क्षेत्रको आर्थिक, सामाजिक र वातावरणीय पक्ष समेत विचार गरी सहभागितामूलक रुपमा दिगो वन व्यवस्थापन गर्न आवश्यक पर्ने सूचकहरु सहितको राष्ट्रिय मापदण्ड तर्जुमा गरी लागू गर्न नेपाल सरकारलाई निर्देशन दिने ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

साथै वैज्ञानिक वन व्यवस्थापन कार्ययोजनाहरु मात्र तर्जुमा गरी कार्यान्वयन गर्दा वन तथा वातावरणको विनाश र आर्थिक क्षति हुन गएको ठहर उपसमितिले गरेको छ । जुन कारण सो उपसमितिले वैज्ञानिक वन व्यवस्थापन कार्ययोजनाहरु तत्काल खारेज गरी वन ऐन, २०७६ को दफा ११ बमोजिम वन तथा वातावरण मन्त्रालयको संयोजनमा आर्थिक, सामाजिक र वातावरणीय पक्षको समेत विचार गरी एकीकृत वा प्रदेशगत तहमा वनसम्बन्धी रणनीतिक योजना तर्जुमा गर्नुपर्ने औँल्याइएको छ । वनसम्बन्धी रणनीतिक योजना तर्जुमा सामुदायिक वन र साझेदारी वनसम्बन्धी दिगो वन व्यवस्थापन कार्ययोजना तर्जुमा गर्न र त्यसलाई कार्यान्वयन गरी वन व्यवस्थापन गर्न निर्देशन दिइएको हो ।


Advertisment
Nabil box
Kumari

Vianet communication

उपसमितिले वैज्ञानिक वन कार्ययोजना कार्यान्वयनमा रहेका वनका उच्च पदस्थ अधिकारीहरुलाई समेत कारवाहीको लागि निर्देशन दिएको छ । सो प्रतिवेदन अनुसार सुदूरपश्चिम प्रदेश वन निर्देशक हेमराज विष्टसहित ८ जना उच्च अधिकारीलाई कारवाहीको लागि सिफारिस गरिएको हो ।

वन निर्देशक विष्टले साझेदारी वनहरुको कटान प्लट निरीक्षण गर्ने क्रममा काठ व्यवसायीहरुसँग मिलेमतो गरी अवैध रुख कटानलाई वैध बनाउने कार्य गरी अख्तियारको दुरुपयोग र भष्टाचार गरेको औंल्याएको छ । साथै  साझेदारी वन र सामुदायिक वनका साधारण सभा, कार्यसमिति पदाधिकारी र वन कर्मचारीको मिलेमतोमा तयार गरिएका किर्ते कागजलाई आधार मानी किर्ते गरेको जानीजानी रुख कटानलाई सदर र सहमति दिई अनियमितता गरेको ठहर गरिएको छ । यस्तै वातावरण संरक्षण ऐन, २०६७ र वन ऐन, २०७६ विपरित चुरे वातावरण संरक्षण क्षेत्र र वन संरक्षण क्षेत्रहरुमा वन विनाश हुने गरी रुख कटान गर्न सहमति दिई अख्तियार दुरुपयोग र राष्ट्रिय सम्पत्ति हानी नोक्सानी गरेको भन्दै निर्देशक बिष्टलाई कारवाहीको लागि सिफारिस गरिएको हो ।

त्यस्तै, डिभिजन वन कार्यालय, पहलमानपुर, कैलालीका डिभिजनल वन अधिकृत कृष्ण दत्त भट्टलाई पनि कारवाहीको सिफारिस गरिएको छ । उनले उपभोक्ता समूहको साधारण सभामा किर्ते कागज बनाउने, विभिन्न किसिमले वन विनाश हुनेगरी वैज्ञानिक वनका किर्ते कार्ययोजना बनाई स्वीकृत गर्ने र काठ व्यवसायीसँगको मिलेमतोमा अवैध कटान आदेश दिने कार्य गरी अख्तियार दुरुपयोग र भ्रष्टाचार गरेको उपसमितिले ठहर गरेको छ ।
  वातावरण संरक्षण ऐन, २०६७ र वन ऐन, २०७६ विपरित चुरे वातावरण संरक्षण क्षेत्र र वन संरक्षण क्षेत्रहरुमा वन विनाश हुनेगरी रुख कटान गर्न आदेश दिई अख्तियार दुरुपयोग र राष्ट्रिय सम्पत्ति हानी नोक्सानी गरेको र काठ व्यवसायीसँग मिलेमतो गरी अस्वाभाविक रुपमा उच्च स्तरको जीवनशैली अपनाई अवैध सम्पत्ति आर्जन गरेको समितिको ठहर छ ।

डिभिजन वन कार्यालय, धनगढीका वन अधिकृत रामचन्द्र कंडेल, डिभिजन वन कार्यालय, कञ्चनपुरका वन अधिकृत अजय विक्रम मानन्धर, कपिलवस्तु डिभिजन वन कार्यालय, तौलिहवा, कपिलवस्तु, डिभिजनल वन अधिकृत ईश्वरी प्रसाद पौडेल, डिभिजन वन कार्यालय, नवलपुर, डिभिजनल वन अधिकृत विजयराज सुवेदी, डिभिजन वन कार्यालय, कमलामाई, सिन्धुलीका वन अधिकृत नारायण श्रेष्ठ, डिभिजन वन कार्यालय, मरिन, सिन्धुलीका वन अधिकृत पुष्पराज बर्तौलालाई पनि कारवाहीको लागि सिफारिस गरिएको छ ।

उनीहरुले पनि उपभोक्ता समूहको साधारण सभामा किर्ते कागज बनाउने, विभिन्न किसिमले वन विनाश हुने गरी वैज्ञानिक वनका कार्ययोजना बनाई स्वीकृत गर्ने र काठ व्यवसायीहरूसँगको मिलेमतोमा अवैध कटान आदेश दिने कार्य गरी अख्तियार दुरुपयोग गरेको सो उपसमितिले ठहर गरेको छ ।

उपसमितिले कैलाली, कञ्चनपुर, कपिलवस्तु, नवलपुर, सिन्धुलीलगायत जिल्लाहरुमा वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना लागू गरेका सामुदायिक वन र साझेदारी वन उपभोक्ता समूहका पदाधिकारीहरू, प्रदेशका वन कार्यालयका पदाधिकारी, डिभिजनल वन कार्यालयका कर्मचारीहरु तथा कार्ययोजना बनाउने परामर्शदाताहरू र काठ कटानमा संलग्न व्यक्तिहरुको पहिचान र थप छानबिन गरी कानुनी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस समेत गरेको छ ।  

सांसद यादवको संयोजकत्वमा रहेको उपसमितिमा सांसद प्रेम आले, मीन सुब्बा रहेका थिए । सो उपसमितिले वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना लागु गरिएको जिल्लाहरुमा असार स्थलगत अनुगमन गरेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x