गण्डकी प्रदेशमा  कोरोना संक्रमितको संख्या ३ हजार ६ सय नाघ्यो

गण्डकी प्रदेशमा  कोरोना संक्रमितको संख्या ३ हजार ६ सय ६० पुगेको छ  ।

क्षयरोग उपचार केन्द्र, पोखरा, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा र चितवन मेडिकल कलेज, चितवन गरिएको परिक्षणमा गण्डकी  प्रदेशमा थप १५ जना संक्रमित थपिएसँगै सो संख्या पुगेको हो। 


Advertisement

नयाँ संक्रमितमा कास्की जिल्ला, पोखरा महानगरपालिका ४ का ४५ र ४७  बर्षीय पुरुष रहेका छन् । उनीहरु जिल्ला प्रहरी कार्यालय, कास्कीमा कार्यरत भने वडा नं ६ का २६ बर्षीय महिला राष्ट्रिय बाणिज्य बैंक, गैडाकोट, नवलपरासी शाखामा कार्यरत छिन् । 

यस्तै वडा नम्बर १० का ४७ बर्षीय पुरुष पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराको प्रयोगशालामा कार्यरत स्वास्थ्यकर्मी हुन् । मनाङ जिल्ला, चामेका ३१ बर्षीय पुरुष नेपाल प्रहरीमा कार्यरत छन् । अन्य सबै कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको र सबैलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्