यी हुन् कोरोना प्रभावित विश्वका शीर्ष १५ मुलुक (विवरणसहित)

विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ३ करोड ३४ लाख ६५ हजारको हाराहारीमा पुगेको छ । यस्तै मृतकको संख्या १० लाख ५ हजार ५०० नाघेको छ ।
वर्ल्डोमिटर्सको तथ्यांकअनुसार सोमबार मध्यरातसम्म कोरोना निको हुनेको संख्या २ करोड ४७ लाख ६५ हजार नाघ्दा अझै पनि सक्रिय संक्रमित करिब ७७ हजार रहेका छन् ।

हालसम्म अमेरिकामा सबैभन्दा धेरै कोरोना संक्रमित रहेका छन् भने त्यसपछि भारत रहेको छ । यसैगरी ब्राजिल, रसिया, कोलोम्बिया,पेरु, स्पेन, मेक्सिको र अर्जेन्टीना क्रमशः तेस्रो, चौथो, पाचौँ, छैटौँ, सातौं, आठौँ र नवौँ स्थानमा रहेका छन् ।
यसैगरी १० औँ स्थानमा दक्षिण अफ्रिका रहेको छ भने ११२ औँ स्थानमा फ्रान्स, १२ औँमा चिली, १३औँमा इरान, चौधौमा युके र १५ औँ स्थानमा बंगलादेश रहेको छ । संक्रमितको हिसावले नेपाल भने विश्वको ४८ औँ स्थानमा रहेको छ ।


Advertisement

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्