×

NMB BANK
NIC ASIA

चीनको विश्वव्यापी प्रभाव रोक्न कसैले पनि सक्दैन : अई वेईवेई

असोज १३, २०७७

NTC
Premier Steels

चिनियाँ कलाकार तथा फिल्म निर्माता अई वेईवेईले चीनको विश्वव्यापी प्रभाव निकै बढिसकेकाले यसलाई रोक्न नसकिने बताएका छन् । 

Muktinath Bank

उनले भने, ‘पश्चिमी मुलुकहरूले चीनका बारेमा दशकौंअघि नै चिन्ता गर्नुपर्थ्यो । अब त निकै ढिलो भइसकेको छ किनकि चीनप्रति पश्चिमको निर्भरता निकै बढेको छ । त्यो निर्भरता घटाउँदा चीनलाई निकै कष्ट पुग्छ र चीन बेस्सरी रिसाउनुको एक कारण त्यो पनि हो ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अई चीन सरकारका कठोर आलोचक हुन् । 


Advertisment
Nabil box
Kumari

बेइजिङ ओलम्पिकको बर्ड्स नेस्ट स्टेडियमको डिजाइन बनाएकोमा अईको नाम अन्तर्राष्ट्रिय स्तरमा चर्चित बनेको थियो । 

Vianet communication

चीनले राजनीतिक प्रभाव बढाउनका लागि आर्थिक क्षमताको उपयोग गर्ने गरेको उनले बताए । हालैका वर्षमा चीन निकै मुखर भएको उनले बताए । 

लगभग एक दशकअघिसम्म चीनले संसारसमक्ष विनम्र अनुहार प्रस्तुत गर्ने गरेको थियो । चिनियाँहरू आफ्नो देश अझै पनि विकासशील रहेको र पश्चिमी मुलुकहरूबाट धेरै कुरा सिक्न बाँकी रहेको बताउने गर्थे । 

सन् २०१२ मा सी चिनफिङले सत्ता सम्हालेदेखि विनम्रता तथा साधारण बनिरहने प्रवृत्ति घट्दै गयो र उपलब्धिका लागि प्रयास गर्नका लागि जोड दिन थालियो । 

तर केही मापदण्डमा चीन अहिले पनि विकासशील देश हो । त्यहाँ साढे २ करोड जनता अहिले पनि गरीबीको रेखामुनि छ । 

तर ऊ संसारको दोस्रो ठूलो अर्थतन्त्र हो र आगामी केही वर्षमा उसले अमेरिकालाई पछि पार्न सक्छ । अमेरिकाको विश्वव्यापी प्रभाव घट्दै गइरहेकोमा चीनको प्रभाव अझै बढिरहेको छ ।

विश्वका प्रत्येक स्थानमा चीनले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा उपस्थिति बढाएको छ । कुनै पनि देशले चीनको आधारभूत स्वार्थविपरीत काम गरेमा त्यसको परिणाम भोग्न तयार हुनुपर्छ ।

तर चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सका सम्पादक हु शिजिन चीनले कसैलाई नधम्काउने गरेको बताउँछन् । 

उनी सोध्छन्, ‘चीनले कहिले कुनै देशको इच्छाविरुद्ध कुनै काम गरेको छ ? अमेरिका संसारका विभिन्न देशमाथि प्रतिबन्ध लगाउँछ । चीनले कुनै देशमाथि प्रतिबन्ध लगाएको छ र ?’

उनी भन्छन्, ‘कुनै कुनै विशेष मुद्दामा हामीले असहमति प्रकट गरेका छौं र त्यो पनि हाम्रो देशसँग सीधै कुरामा मात्र ।’

तैपनि चीनले ताइवान, अस्ट्रेलिया, जापान, क्यानडा, भारत, बेलायत अनि अमेरिकासँग गतिरोध गरिरहेको छ । 

चीन किन यति धेरै आक्रामक बनिरहेको छ भन्ने कुरा बुझ्न सोभियत संघ पतन हुने बेलाको घटनाक्रम थाहा पाउनुपर्छ । 

चीनका राष्ट्रपति सी र उनका सहयोगीहरू पुरानो सोभियत साम्राज्य रुसीहरूको समर्थन नरहेका कारण चकनाचुर भएको कुरा सम्झेर डराउँछन् । त्यसैले जनताको समर्थन हासिल गरिराख्न उनीहरू उग्रराष्ट्रवादको सहारा लिइरहेका छन् । 

अहिले नयाँ शीतयुद्ध शुरू भएको हु स्वीकार गर्छन् । चीनको प्रमुख विवाद मूल रूपमा अमेरिकासँगै छ । ट्रम्पको लगातार आक्रामक रवैया अमेरिकी राष्ट्रपति चुनावसँग जोडिएको उनी बताउँछन् । 

चुनावमा जसले जिते पनि निर्वाचनपछि परिस्थिति सुध्रने सम्भावना रहेको उनी बताउँछन् । 

त्यसो हुँदा पनि पश्चिमले चीनको प्रभावबाट बच्न निकै ढिलाइ गरिसकेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x