नेप्से पुनः ओरालो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलवार पनि ओरालो लागेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ७.२१ विन्दुले ओरालो लागेर १ हजार ५५३.६२ मा झरेको छ । 


Advertisement

सेन्सेटिभ परिसूचक १.७९ विन्दुले घटेर ३०७.८२ मा ओर्लिएको छ । कूल १९२ कम्पनीको ७३ लाख ५ हजार १११ कित्ता शेयर १ अर्ब ८२ करोड ९८ लाख ७२ हजार ९६८ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका कूल १२ उपसमूहमध्ये मंगलवार ३ उपसमूहको मात्रै शेयर कारोबार उकालो लागेको छ भने ९ उपसमूहको शेयर भने ओरालो लागेको छ ।


Advertisement

जलविद्युत् २८.०५, उत्पादन ६ र सामूहिक लगानी कोष ०.०२ विन्दुले उकालो लागेको छ । बैंकिङ १०.८२, व्यापार २४, होटल १०.०८, विकास बैंक ०.६८, वित्त २.८, निर्जीवन बीमा ४४.९९, अन्य ४.९४, लघुवित्त १३.५८ र जीवन बीमा ४२.९६ विन्दुले घटेको छ ।

कारोबारका आधारमा मंगलवार अरुण काबेली पावर शीर्ष स्थानमा रहेको छ । कम्पनीको १७ करोड ४१ लाख ८४ हजार २३९ बराबरको कारोबार भयो । हिमाल दोलखा हाइड्रोपावर १० करोड ६२ लाख ७६ हजार १३७, नेपाल पुनर्बीमा कम्पनी ७ करोड ८१ लाख ६१ हजार १७६, अरुण भ्याली हाइड्रो पावर ७ करोड ७ लाख ७० हजार ९९०, एचआईडीसीएल ४ करोड ५६ लाख ४२ हजार ३९३, नेपाल बैंक लिमिटेड ४ करोड २९ लाख ४४ हजार १७८ र युनिभर्सल पावरको ४ करोड २ लाख ३९ हजार ८२४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा मंगलवार जोशी हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतले कमाउँदा, हिमालयन ऊर्जा विकास कम्पनी ९.९३, आँखु खोला जलविद्युत् कम्पनी ९.९०, घलैम्दी हाइड्रोपावर ९.९०, युनाइटेड मोदी हाइड्रोपावर ९.७२ र युनिभर्सल पावरका लगानीकर्ताले ९.६५ प्रतिशतले आर्जन गरेका छन् । 

सपोर्ट लघुवित्त ३.६२, रिलायन्स फाइनान्स ३.५५, श्री इन्भेस्टमेन्ट फाइनान्स ३.३०, साल्ट टे«डिङ कर्पोरेसन २.७४ र इन्फिनिटी लघुवित्तका लगानीकर्ताले २.४० प्रतिशतले गुमाएका छन् ।

कमेन्ट गर्नुहोस्