फागुन ७, २०८०
कम्यूनिस्टहरूको चौघेराभित्र बाल्यकाल बिताएको भएर होला, सानै उमेरदेखि मैले कांग्रेस कार्यकर्तालाई कांग्रेसी भनेको सुनेको थिएँ । अलि होच्याएर, अलि नमीठो गरेर यी कांग्रेसीहरू भनेर सम्बोधन गर्ने गरेको.... । उमे...
सन २००७ मा मैले हङकङ युनिभर्सिटिमा अध्ययनरत रहँदा अचानक बिरामी परेँ । त्यतिबेला हङकङमा सामान्य फ्लु चलेको थियो । मलाई पनि छोइहाल्यो त्यसले । मित्रहरु प्रकाश रेग्मी र किसन दत्त भट्टले मलाई क्वीनमेरी हस्पिटलमा लैजानुभयो । एकछिन लाइनमा बसेपछि डाक्टरको सेवा पाइयो । स्वास्थ्य जाँच र शारीरिक परीक्षण मात्र हैन औषधि समेत सबै निःशुल्क उपलब्ध भयो । निको पनि छिटो भइयो । आफ्ना नागरिक त के एउटा विदेशी विद्यार्थीको लागिसमेत त्यहाँको सरकारले निःशुल्क उपचारको प्रबन्ध गरेको देखेर मलाई त्यस मुलुकको स्वास्थ्य सेवा पद्धतिप्रति सलाम गर्न मन लाग्यो।
नेपालमा संविधानले निःशुल्क स्वास्थ्य सेवालाई मौलिक हकको रुपमा स्थापित गरेको छ । मौलिक हक कार्यान्वयन गर्न बनाइएको कानूनले नागरिकहरुलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । त्यतिले मात्र पुगेन । सर्वोच्च अदालतले संविधान र कानूनको अक्षरशः पालना गर्नु भनी सरकारको नाममा आदेश जारी गरेको छ ।
जनताको प्रतिनिधित्व गरेर आफैले निर्माण गरेको संविधान कानून र अदालतको आदेशको पालना नगर्ने ध्येय पक्कै पनि सरकारको नहोला । तर कोरोनाको यति भयानक संक्रमण फैलिइ महामारी चलिरहेको घडीमा सरकारले जनताको निःशुल्क स्वास्थ्य उपचार पाउने हक प्रदान गर्नबाट पछि हट्न मिल्दैन । हो अहिले सबै प्रकारका आर्थिक गतिविधिहरु ठप्पजस्तै भएकाले कर संकलन लगायतका कार्यमा शिथिलता आइ राज्यको ढुकुटी कमजोर बनेको छ । तर राज्य भनेको जनताको अविभावक (Parens patriae) हो । जसरी बाबुआमाले आफ्ना छोराछोरीहरु भोकै परे वा बिरामी परेमा बरु आफू नै भोकै बस्न किन नपरोस् छोराछोरीको भोक प्यास र रोग मेटाउने कर्तब्य हर तरहले निर्वाह गर्दछन् त्यसरी नै राज्यले अहिलेको महामारीमा जनताको पिर मर्का र समस्यालाई कुनै कसर बाँकी नराखी आत्मसात गरेर काम गर्नु पर्दछ ।
यसको अर्थ अहिले सरकारले महामारी नियन्त्रणका लागि गरेका यावत प्रयासहरु मूल्यहिन छन् भनिएको होइन । सरकारले आफ्नो दायित्व निर्वाहमा अहोरात्र काम गरिरहेको छ । महामारीलाई नियन्त्रण बाहिर जान नदिन शुरु देखि नै योजनाबद्ध रुपमा लागि परेको छ । उपलब्धीहरु पनि हासिल भएका छन् तर पनि जनता समक्ष सरकारको बाध्यता के हो सो लिएर उपस्थित हुने कार्यशैलीमा देखिएको कमजोरीले गर्दा सरकारले स्यावासी पाउने असल कामहरुमा पनि गाली खाइरहेको देखिन्छ ।
यसको निम्ति स्वास्थ्य सामाग्रीको खरिद देखि सम्पादित जतिपनि कामहरु छन् ती पारदर्शी र निष्ठापूर्वक गरिएको छ भन्ने सबुत प्रमाण सहित जनता समक्ष पेश हुन सक्नुपर्दछ ।
अब सरकार प्रमुखले नेपालमा कोभिड महामारीको लागि पहिलो दिनदेखि आजसम्म चालेका पाइलाहरु र उपलब्धी मात्र होइन जानी नजानी हुन गएका कमी कमजोरीहरुको समेत यथार्थ चित्रण सहितको सम्बोधन गर्नु वाञ्छनीय हुनेछ । नागरिकहरु अहिले मुलुकमा केही नै भएको छैन भन्नेजस्तो भावमा लगभग बेलगाम दैनिकीमा चलिरहेको अवस्था छ ।
बेलायत फ्रान्स लगायतका सम्पन्न र शिक्षित मुलुकको अभ्यास हेर्ने हो भने मास्क नलगाइ हिड्ने सामाजिक दूरीको नियम नमान्ने भिडभाड गर्नेलाई हजारौं युरो जरिवाना गर्ने नियम लागू छ । हामीकहाँ त्यस्ता कुरा त के नागरिकहरुले सरकारले अनुशासनमा बस्न गरेको अनुरोध समेत पुरै अवज्ञा गरेको देखिन्छ ।
नागरिकहरुको यस्तै अनुशासनहीन चाला जारी रह्यो भने आगामी दिनमा नेपालको स्वास्थ्य क्षेत्र कसैले सम्हाल्न नसक्ने गरी तबाह हुनेछ भनी विज्ञहरुले सुझाव दिनुभएकै छ । तसर्थ सरकारले अहिले तत्कालै एउटा दैनिक र निरन्तर स्थितिको तकाजालिने र त्यसको मूल्याङ्कन गरी नीतिहरु सिफारिस गर्ने मन परेका मानिस राखेर होइन साँच्चिकै प्रबुद्ध विज्ञहरु रहेको समूह बनाइहाल्नु पर्दछ । यसमा सरकारका मन्त्रीज्युहरु लगायत सिङ्गो प्रशासनयन्त्रले विनम्रताका साथ तन मन र धनले सहयोग गर्न नागरिकको ध्यान आकर्षण गर्नु पर्दछ ।
हाल संघीय सरकारले कोभिडका बिरामीलाई आफ्नै खर्चमा उपचार गराउनु भन्ने निर्णय गरेको भनी चौतर्फी आलोचना भएको छ । सरकारी अधिकारीहरुको कुरा सुन्दा त्यस्तो होइन भनिएको पाइन्छ । आखिर हो के त भन्ने प्रश्न उठेको छ । संघीय सरकारले जे भनेता पनि केही प्रदेश सरकारहरुले सबैलाई निःशुल्क उपचार गरिएको र यसको निरन्तरता जारी रहने भनी घोषणा गरेका छन् । तह तहका सरकारका निर्णयहरु यहीँ नै बाझिएको पाइन्छ ।
यदि सरकारको भावना इमान्दारीपूर्वक जन उत्तरदायी छ भने सरकारले विनम्रता पूर्वक भन्न सक्नुपर्छ कि जो जो नागरिकहरु आर्थिक रुपमा सबल र सक्षम हुनुहुन्छ तपाईहरुले यस महामारीको उपचारमा राज्यको मुख नताकी आफ्नै सक्षमताले उपचार गरिदिनु भएमा त्यसबाट बचत हुने राज्यको खर्चले अरु विपन्न र असहाय नागरिकको उपचारमा महत्वपूर्ण योगदान पुग्नेछ भनेर ।
त्यसरी सरकारलाई सहयोग गर्ने नागरिकको सहयोगको हिसाब किताब राखेर सरकारले स्वीकार गरी सम्मान प्रदान गरेमा आम रुपमा सक्षम नागरिकको सहयोग उपलब्ध हुनेछ । यतिखेर सक्षम नागरिकले राज्यलाई सघाउँदा अरु विपन्न आम नागरिक त्यसको लाभग्राही बन्ने अवसर उपलब्ध हुन जान्छ ।
प्रत्येक नेपाली नागरिक जो आर्थिक रुपले सबल हुनुहोला वहाँहरुले राज्यको अनुरोधलाई अवश्य पनि कदर गर्नुहुनेछ । समाधान केवल राज्यको मिठो वचन चुस्त कार्यशैली र इमान्दार प्रयासमा निर्भर रहेको छ ।
कुँवर उच्च अदालतका न्यायाधीश हन्)
कम्यूनिस्टहरूको चौघेराभित्र बाल्यकाल बिताएको भएर होला, सानै उमेरदेखि मैले कांग्रेस कार्यकर्तालाई कांग्रेसी भनेको सुनेको थिएँ । अलि होच्याएर, अलि नमीठो गरेर यी कांग्रेसीहरू भनेर सम्बोधन गर्ने गरेको.... । उमे...
दुई वर्षअघि नेपाल पीएचडी एसोसिएसनको काठमाडौंमा भएको साधारणसभाले नयाँ कार्यसमिति बनायो । म कोषाध्यक्षमा निर्वाचित भएँ । मैले कार्यसमितिका साथीहरूको सामूहिक तस्वीरसहित ट्विटर र फेसबूकमा यो विषय पोस्ट गरें । त्...
सातु नेपालीहरूको धेरै पुरानो र मौलिक परिकार हो । सातु बिहानको खाजा मानिने भए तापनि पछिल्लो समय यसलाई बिहान, दिउँसो, साँझ कुनै पनि समय खान थालिएको छ । कुनै समय सातु भनेर हेप्ने यो परिकार अति स्वास्थ्य...
(श्रीकुमारको रुकुम डायरीबाट...) बिहान पौने ६ बजेको छ । पश्चिम रुकुमको आठबीसकोट जहाँ त्रिपालमुनि हजारौं बेघरबारहरू आगोले जिउ सेकाउँदै जाडो सामना गरेर उज्यालोको प्रतीक्षामा छन् । आगो तापेर बसेका महिलाहरू...
राज कुमार गजुरेल विदेशको सुखसयल र सुख सुविधा छोडेर बेलायती लाहुरे चामबहादुर पुन गाउँ फर्किए । सपरिवार बेलायतमा रहे पनि चामबहादुर नेपालमै भेटिन्छन् । गाउँको सेवा गर्न समुन्द्रपारि (...
नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले यही असोज १५ गते संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणसम्बन्धी कार्यविधि, २०८० को मस्यौदा सरोकारवालाको राय-सुझाव संकलनका लागि सार्वनजिक गरेको छ । सो मस्यौदा कार्यविधिमा सरोका...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...