×

NMB BANK
NIC ASIA

रित्तिए ग्रामीण बस्ती : खण्डहर बन्दै गाउँका घर, थोरै पैसा जोडेपछि शहर झरिहाल्ने रहर !

कात्तिक १६, २०७७

NTC
Premier Steels

डेढ दशक अगाडिदेखि चलेको तीव्र बसाइँसराइको शृंखलाले पहाडी जिल्लाका ग्रामिण बस्तीहरू रित्तिन (मानवविहीन हुन) थालेका छन् ।

Muktinath Bank

मध्यपहाडी जिल्लाबाट सुविधा र रोजीरोटीको खोजीमा तराई र शहरी क्षेत्रमा बसाइँसराइ चुलिँदा गाउँघर खाली हुँदै गएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थानीय तहको पुनरसंरचना भएर गाउँ–गाउँमा पुगेका सिंहदरबारले पहाडी जिल्लामा यातायात, स्वास्थ्य, सञ्चार, शिक्षा र विद्युत् लगायतका पूर्वाधार तयार गरी विकासले फड्को मार्दै गए पनि बसाइँसराइ भने झनै बढ्दै गएको छ । 


Advertisment
Nabil box
Kumari

राज्यको पुनःसंरचनाले बसाइँसराइलाई रोक्नुको सट्टा बढेको छ । जिल्लाका प्रत्येक वडामा पुगेका मोटरबाटो बसाइँसराइका लागि सामान ओसार्नका लागि बनाइएको जस्तो देखिएको छ । गाउँमा अहिले वृद्धवृद्धा मात्र छन् । गाउँघर अहिले युवाविहीन छ । 

Vianet communication

बाग्लुङको साबिक पैञ्यू थन्थाप, राङखानी, दमेक, विनमारे, गाविस (हाल जैमिनी नगरपालिका) का अधिकांश घर खाली छन् । त्यस्तै गुल्मी सत्यवती गाउँपालिकाको भार्से, कालीगण्डकी गाउँपालिकाको फोक्सिङ, खड्गकोट, जयखानी अर्घाखाँचीको पाणिनी, बलकोट, गोखुङगा क्षेत्रका गाउँहरू ६० देखि ९० प्रतिशतसम्म घर खालि भइसकेका छन् । बसाइँसराइ नभएका गाउँका घरमा पनि वृद्धवृद्धा मात्र छन् । 

बाग्लुङको जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले गाउँका मानिसहरूमा शहरीया मानसिकता बढ्दै जाँदा बसाइँसराइले भयावह रूप लिएको बताए । 

पौडेलले लोकान्तरसँग भने, ‘बसाइँसराइ रोक्न युवालाई कृषि, पर्यटन र  पशुपालनमा व्यवसायिक योजनाहरू ल्याएका छौं । कृषिमा यान्त्रिकीरण पनि भइरहेको छ । तर, युवामा जागिरे मानसिकता बढी देखियो । विदेश, काठमाडौं वा तराई भन्ने मात्र सोचाई विकास भयो । गाउँमै केही गरौं गर्नुपर्छ भन्ने बुझ्न सकेनन्, जसले गर्दा नगरपालिकाको जनसंख्या नै घट्ने क्रम शुरू भयो, मानिसहरूले गाउँ छाडे ।’ बाग्लुङ सबैभन्दा बढी बसाइँसराइ हुने नेपालको १० जिल्लाभित्र परेको छ । 

जैमिनीमा नगरपालिकाबाट प्रत्येक दिन दैनिक २ जना स्थायी रूपमै तराईका जिल्लामा बसाइँसराइ गर्ने गरेको तथ्यांक वडा कार्यालयबाट आउने गरेको मेयर पौडेल बताउँछन् । जैमिनी नगरपालिकामा उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोर, मध्यपहाडी लोकमार्ग, जैमिनी बरेङ जोड्ने सडक कालोपत्र हुँदैछ । ९० प्रतिशत सामुदायिक विद्यालय राम्रा छन् । घरघरमा सडक पुगेको छ । तर, पनि बसाइँसराइ झनै तीव्र छ ।

पहाडबाट विशेषगरी दुई स्तरका मानिसहरू बढी बसाइँ सरिरहेका छन् । आर्थिक रूपमा सम्पन्न मानिस थप सुविधाका लागि र विपन्न व्यक्ति रोजीरोटीकै लागि बसाइँसराइ गरेको देखिन्छ ।

रोजगारीका लागि घर छाड्ने युवालाई गाउँमै आर्थिक उपार्जन गर्ने योजना स्थानीय तहहरूले दिन नसक्दा आश्रित परिवार नै गाउँ छाडेर हिँडेको देखिन्छ ।

गुल्मीको कालीगण्डकी गाउँपालिकाका उपाध्यक्ष तारा थापाले बसाइँसराइ रोक्न युवा स्वरोजगार कार्यक्रम ल्याएर गाउँमै उद्यम गर्ने वातावरण बनाए पनि त्यसले काम नगरेको बताइन् ।

उनले लोकान्तरसँग भनिन्, ‘हाम्रो गाउँपालिकाको फोक्सिङ, खड्गकोट, जयखानी, ठाउँबाट दैनिक १/२ घर बसाइँसराइ गरेका छन् । विदेशमा ठूलो कमाइ गर्ने युवाहरूले गाउँको १५/२० हजार कमाइ नदेखेर परिवार नै उठाएर तराई लगेर राख्ने र आफू वैदेशिक रोजगारीमा जाने क्रम देखियो ।’ 

बाग्लुङ, गुल्मी, अर्घाखाँची, पाल्पा, प्युठान, पर्वतबाट रुपन्देही, कपिलवस्तु, चितवन, बाँके र बर्दियामा बसाइँसराइ हुने गरेको छ । पहाडका खाली घरहरू खण्डहर बनेका छन् । पुराना कलात्मक घरहरू भत्किएका छन् ।

हाडको जग्गा विक्री वितरण पनि हुँदैन । खेतीयोग्य जग्गा अहिले झाडीको रूपमा परिणत भएका छन् । बसाइँसराइले पहाडको कला संस्कृति पनि हराउँदै गएको छ ।  

जनसंख्या र बसाइँसराइका जानकार युवराज कंडेल पहाडमा शिक्षा र स्वास्थ्यमा आमूल परिवर्तन नगर्दासम्म बसाइँसराइ रोक्न नसकिने देखिएको बताउँछन् । पहाडको कूल जनसंख्याको ४० प्रतिशत मानिस बसाइँसराइ गरी तराईका जिल्लामा झरेका छन् । यो क्रम अझै बढ्दै गएको छ । परिवार नै आश्रित युवालाई गाउँमा रोजगारी दिएर रोक्न र शिक्षा र स्वास्थ्य गाउँमा राम्रो दिन नसक्दासम्म पहाडको बसाइँसराइ रोकिँदैन ।’ ​

कंडेलले थपे, ‘युवा रोजगारीका लागि विदेश जान थालेपछि परिवार बालबच्चा पढाउन तराई झरे । रेमिट्यान्सको कमाइ मानिसहरूले गाउँमा लगानी गरेनन् । तराईमा सानो घडेरी किनेर घर बनाए, गाउँ गएनन् ।’

यसको असरले तराईका जिल्लामा वन क्षेत्र फडानी, सुकुम्वासी बस्ती र नदी उकास क्षेत्र भरिँदै गएको छ । 

‘दश वर्ष अगाडिसम्म एसएलसी पास भएपछि पढ्न सदरमुकाम पुग्नुको विकल्प थिएन । गाउँमा बाटो थिएन । गाडी गुड्दैनथे । बिजुली थिएन । फोन गर्नका लागि दिनभर हिँडेर सदरमुकाम पुग्नुपर्थ्यो ।

अहिले सबै सुविधा हातहातमा हुँदा पनि मानिसहरू रोकिएनन्,’ जैमिनीका पुराना स्थानीय लक्ष्मीधर ढुंगानाले भने । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x