×

NMB BANK
NIC ASIA

चीनले भारतीय सैनिकलाई ‘माइक्रोवेभिङ’ गरी भगाएको दाबी, क्युबामा पनि यस्तै प्रयोगको सीआईएद्वारा अनुसन्धान

मंसिर ४, २०७७

NTC
Premier Steels

लद्दाखको चिसो टाकुरामा भारतीय सैनिकहरूले अनेकौं कठिनाइ बेहोरिरहेका छन् । तर चीनबाट भएको एउटा आक्रमणको कसैले पनि अपेक्षा गरेको थिएन । 

Muktinath Bank

चिनियाँ सैनिकहरूको गतिविधिमा चनाखो आँखा लगाइरहेका भारतीय सैनिकहरू एक मिनेटभित्र लगालग बान्ता गर्न थाले । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीहरूको शरीर कमजोर भयो र केही त उभिन पनि सकेनन् । उनीहरू पहाडको टाकुराबाट भागे अनि चिनियाँ सैनिकहरू त्यहाँ पुगेर कब्जा गरे । एउटा पनि गोली चलाउन परेन । 


Advertisment
Nabil box
Kumari

गत अगस्ट महिनामा भएको यो अनौठो घटनाका बारेमा धेरैले थाहा पाएकै थिएनन् तर अघिल्लो साता बेइजिङको रेनमिन विश्वविद्यालयमा विद्यार्थीहरूलाई पढाउँदै गर्दा चिनियाँ प्राध्यापक जिन कानरोङले यस घटनाका बारेमा मात्र बताएनन्, गोप्य हतियारको पनि जानकारी दिए । 

Vianet communication

प्राध्यापक जिनका अनुसार, चिनियाँहरूले भारतीयविरुद्ध माइक्रोवेभ हतियार उपयोग गरेका थिए । उनीहरूले भारतीय सैनिकमाथि उच्च फ्रिक्वेन्सीको विद्युतीय–चुम्बकीय पल्सहरू फ्याँकेका थिए जसले गर्दा शरीर तात्यो अनि पीडा भयो । चिनियाँहरूले पहाडका टाकुरालाई विशाल माइक्रोवेभ ओभन बनाए र शत्रुलाई जिउँदै जलाउने स्थितिमा पुर्‍याए । 

‘हामीले यस समस्यालाई सुन्दर तरिकाले हल गर्‍यौं,’ प्राध्यापक जिनले भने । ‘भारतीयहरूले पनि यस घटनाको विवरण सार्वजनिक गरेनन् किनकि उनीहरूले बेइज्जतीपूर्ण हार बेहोरेका थिए ।’

निर्देशित–ऊर्जा हतियार (डीईडब्ल्यू) को अस्तित्व लामो समयदेखि नै छ तर पहिलोपटक यस्तो हतियारको खुलमखुला प्रयोग भएको पाइएको छ । 

अमेरिकी सेनाले पनि आफ्नै किसिमको डीईएडब्ल्यू विकसित गरेको छ । सन् २०१० मा अफगानिस्तानमा यसको तैनाथी गरिएको थियो तर लडाइँमा उपयोग नगरी यसलाई हटाइयो । 

भारतीय सेनाले प्राध्यापक जिनको दाबीलाई झूटो समाचार पनि खारेज गरिदिएको छ । तर बेलायती संसद्को डिफेन्स सेलेक्ट कमिटीका अध्यक्ष टोयिबास एलवूडले यसमा विश्वास गरेका छन् । 

‘चिनियाँहरूले केही समयदेखि यस्ता हतियारबारे अनुसन्धान र विकास गरिरहेका छन्,’ उनले बेलायतबाट प्रकाशित हुने पत्रिका द डेली मेललाई बताए । अझ डरलाग्दो कुरा त, यस्ता हतियारहरू गोप्य रूपमा अन्यत्र पनि उपयोग भइरहेका हुन सक्छन् । 

क्युबाको राजधानी हवानामा रहेको अमेरिकी दूतावासका कर्मचारीमाथि सन् २०१७ मा यस्तो हतियारबाट आक्रमण भएको बताइएको छ । 

त्यसमा अमेरिकाको गुप्तचर निकाय सीआईएले अनुसन्धान गरिरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x