×

NMB BANK
NIC ASIA

'पार्टीको प्रक्रिया मिचेर प्रचण्डले दस्तावेज प्रकाशन गरे, लोगोको समेत दुरुपयोग'

मंसिर ११, २०७७

NTC
Premier Steels

सत्तारूढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि पार्टी सचिवालयमा छलफलका क्रममा रहेका दस्तावेज आफूखुसी किताबका रूपमा निकालेर वितरण गरी कार्यकर्तामा विभाजित मानसिकता सिर्जना गर्दै पार्टीलाई फुटको दिशामा अग्रसर गराउन खोजेको आरोप लागेको छ ।

Muktinath Bank

अध्यक्ष प्रचण्डले सचिवालयमा पेस गरेको दस्तावेजमा प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीविरुद्ध संगिन आरोप लगाइएको छ । यद्यपि ओलीले पनि आगामी १३ मंसिरमा बस्ने सचिवालय बैठकमा सो आरोपको खण्डनसहितको दस्तावेज तयार पार्ने गरी गृहकार्य अघि बढाएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दुवै पक्षले एक अर्कालाई पार्टी विभाजन गराउन खोजेको आरोप लगाउँदै आइरहेका छन् । दुवै अध्यक्षको छुट्टाछुट्टै दस्तावेजबारे सचिवालयमै छलफल गरी निष्कर्ष निकाल्नुपर्नेमा अध्यक्ष प्रचण्डले आफ्नो दस्तावेज कार्यकर्ता तहमा लैजाँदा त्यसले गलत सन्देश दिने र पार्टी एकतामा नै गम्भीर धक्का लाग्न सक्ने ओली पक्षका नेताको दाबी छ । ओली पक्षका नेताले विधि र पद्धतिको चर्को आवाज उठाउनेहरूले नै विधि पद्धति मिचेर अराजकता मच्चाएको आरोप लगाएका छन् ।


Advertisment
Nabil box
Kumari

अध्यक्ष प्रचण्डले सो दस्तावेजलाई किताबका रूपमा प्रकाशन गरी प्रदेश तथा जिल्ला तहमा पठाएपछि नेकपाभित्रको विवादले नयाँ रूप लिएको छ । अर्का अध्यक्षलाई आरोप नै आरोप लगाएर तयार पारिए पनि पुस्तकको नाम भने ‘पार्टी एकता र पार्टी निर्माणको आधार’ दिइएको छ । सो किताब देशव्यापी रूपमा वितरण गर्नुलाई पार्टीका नेताले पार्टी विभाजनको औपचारिक कदमका रूपमा चित्रण गर्न थालेका छन् ।

Vianet communication

सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले अध्यक्ष प्रचण्ड पक्षको यस्तो कदमले पार्टीभित्र गरिएको सहमतिको प्रयासमा गम्भीर धक्का पुगेको बताएका छन् । ‘यसरी आफूखुसी पुस्तक निकालेर वितरण गर्ने कार्य अत्यन्तै गलत र आपत्तिजनक छ,’ पोखरेलले भने ।

ओली पक्ष नेताहरूले अध्यक्ष प्रचण्ड र नेपाल समूहले अनधिकृत रूपमा दस्तावेज छापेर तलसम्म पु¥याउने काम गर्नुले उनीहरू पार्टी फुटाउन उद्यत भएको पुष्टि हुने बताएका छन् । नेकपा संसदीय दलका उपनेता एवं स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले सचिवालयमा छलफलकै क्रममा रहेको दस्तावेज बाहिर बाँड्नु गलत भएको बताए ।

पार्टीको विधि पद्धति भएको उल्लेख गर्दै नेम्वाङले भने, ‘अहिलेसम्मको चलनअनुसार पार्टीले निर्णय गरेर मात्रै दस्तावेजहरू प्रकाशन गर्ने र जुन तहसम्म लैजाने निर्णय भएको हो, त्यसैका आधारमा लैजानु पर्नेमा आफूखुसी प्रक्रिया मिचेर दस्तावेज प्रकाशन गरिएको छ ।’

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रचण्डले कार्यकर्तामाझ पठाएको पुस्तक पार्टी एकता र पार्टी निर्माणको आधार नभई पार्टी विभाजन र सर्वनाशको आधार बन्न सक्ने चित्रण गरेका छन् । उनले प्रचण्डको सो अराजनीतिक दस्तावेजलाई अनधिकृत रूपमा कार्यकर्तासम्म पु-याएर पार्टीको विधि र पद्धतिको खिल्ली उडाउने काम गरिएको बताए ।

नेकपा स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले त्यसरी निर्णय नभएको विषय तल्लो तहसम्म पठाउनु उचित नभएको बताए । प्रचण्डपक्ष नेताहरूले भने दस्तावेजका विषय मिडियामार्फत सार्वजनिक भएकाले किताब निकालेर कार्यकर्तासमक्ष पु¥याउने कार्य सामान्य भएको बताएका छन् ।

पुस्तक छापियो तर केन्द्रीय कार्यालयका दुवै सचिव बेखबर
प्रचण्डले छापेको सो पुस्तकका बारेमा केन्द्रीय कार्यालयका सचिवद्वय श्रीराम ढकाल र ईश्वरी रिजाल भने बेखबर रहेको पाइएको छ । उनीहरूले यस विषयमा आफूहरूलाई केही पनि थाहा नभएको बताएका छन् । ‘पार्टीको आधिकारिक दस्तावेज महासचिवद्वारा सचिव हुँदै तलसम्म पुग्नुपर्ने परिपाटी हो तर अहिले मैले पनि एकतर्फी रूपमा दस्तावेज प्रकाशित गरेर तलसम्म पु¥याइएको छ भन्ने सुनेको छु, यो विधानत गलत हो,’ कार्यालय सचिव रिजालले भने ।

‘लोगोको दुरुपयोग भयो’
पार्टीका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका उपप्रमुखसमेत रहेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टी केन्द्रीय कार्यालय र पार्टीको लोगोको अनधिकृत प्रयोग भएको आरोप लगाए । उनले अध्यक्ष प्रचण्डले स्वेच्छाचारी रूपमा लोगोको दुरुपयोग गरेर सचिवालयमा प्रस्तुत अराजनीतिक दस्तावेज प्रिन्ट गर्दै देशव्यापी रूपमा वितरण गरिनु आपत्तिजनक भएको बताए । ‘पार्टीका केन्द्रीय सामग्रीको प्रकाशनको सन्दर्भमा हाम्रो पनि संलग्नता र सरोकार रहन्छ तर यसमा अहिलेसम्म कुनै जानकारी आएको छैन,’ थापाले राजधानीसँग भने ।

आम रूपमा पार्टी कमिटीमा छलफल भएर निस्किएको निष्कर्षलाई अन्तरपार्टी निर्देशिकामार्फत नेता कार्यकर्ताकहाँ पु¥याउने पार्टीको पद्धति र नियम हुन्छ । तर, नेकपामा शक्तिसंघर्ष उत्कर्षमा पुगिरहेको समयमा यस्ता सबै पद्धति र नियमहरूको ठाडो उल्लंघन भएको भन्दै आमकार्यकर्ताहरू निराश बनेका छन् । राजधानी दैनिकमा खबर छ श्र

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x