फागुन २६, २०८०
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
मंसिर ११, २०७७
१ अर्ब ६८ करोडको लागत रहेको मोहना अत्तरिया ६ लेन सडक आयोजना निर्माणका लागि ३ खण्डमा ठेक्का दिइएको छ ।
भन्सार रोडदेखि बोराडाँडीसम्म साढे ४ किलोमिटर पहिलो खण्ड, बोराडाँडीदेखि मोहनपुरसम्मको साढे ४ किलोमिटरको दोस्रो खण्ड र मोहनपुरदेखि अत्तरियासम्मको ५.२ किलोमिटरको तेस्रो खण्ड गरी विभाजन गरीएको छ ।
दुई वर्षमा सम्पन्न गर्ने गरी २०७३ बाट निर्माण शुरू गरिएको भए पनि हालसम्म आयोजना सम्पन्न हुन सकेको छैन ।
दोस्रो पटक थपिएको म्याद सकियो, प्रगति ७३ प्रतिशत मात्र
मोहना अत्तरिया ६ लेनअन्तर्गत आर्थिक वर्ष २०७३ बाट धनगढी भन्सार रोडस्थित मोहना पुलदेखि अत्तरिया चोकसम्मको १४ दशमलव २ किलोमिटर सडकलाई तीन खण्डमा छुट्ट्याएर अलग–अलग ठेक्कामार्फत् काम शुरू गरियो । जसको प्याकेज १ का लागि २०७३ जेठ १ गते शर्मा अमर नागार्जुन निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरियो भने प्याकेज २ र ३ का लागि जेठ १० गते २ वर्ष अवधि रहने गरी सम्झौता भयो ।
तर सम्झौता अवधि सकिँदासम्म निर्माण कम्पनीहरूले ३० प्रतिशत मात्रै काम गर्न सके । त्यसपछि २०७६ सालमा ६ महिलाका लागि फेरि आयोजनाको म्याद थप गरियो ।
‘आयोजनाको ठेक्का नम्बर १ को म्याद मंंसिर ६ गते सकिएको छ । यसको भौतिक प्रगति भने ७५ प्रतिशत मात्रै छ’, आयोजना प्रमुख युवराज पोखरेलले भने, ‘दोस्रोपटक थप गरिएको म्याद पनि सकियो तर निर्माण सम्पन्न हुन सकेन । ‘प्याकेज’ नम्बर २ र ३ को म्याद पनि माघ १५ गते सकिँदैछ, तर भौतिक प्रगति ७५ प्रतिशतको हाराहारीमा मात्रै छ ।’
७५ प्रतिशत भुक्तानी
१ अर्ब ६८ करोडको लागत रहेको मोहना अत्तरिया ६ लेन सडक आयोजना निर्माणका लागि निर्माण कम्पनीहरूले ७५ प्रतिशतभन्दा बढी रकम लगिसकेका छन् । आयोजना कार्यालय प्रमुख पोखरेलले भने, ‘मोबिलाइजेसनबापत १० देखि १५ प्रतिशत निर्माण शुरू हुनुपूर्व नै भुक्तानी भएको थियो । त्यसपछि पटक–पटक गरेर जम्मा लागतको ७५ प्रतिशतसम्म भुक्तानी भइसकेको छ ।’
आयोजनाका इञ्जिनीयर लक्ष्मण रावलले भने, ‘सम्झौताको दुई वर्षमै आयोजना सम्पन्न हुनुपर्ने हो । तर पाँच वर्ष बित्न लागेको छ आयोजना अझै सम्पन्न हुन सकेको छैन । भुक्तानी भने ७५ प्रतिशतभन्दा बढी भइसक्यो ।’
२ पुलको सम्झौता अझै भएन
पौने २ अर्बको लगानीमा निर्माणाधीन मोहना–अत्तरिया ६ लेन सडक निर्माणका लागि दोस्रोपटक थपिएको म्याद पहिलो ‘प्याकेज’को सकिसकेको छ भने दोस्रो र तेस्रोको म्याद पनि आउँदो माघ १५ गते सकिँदै छ । तर अझै सडक अन्तर्गत पर्ने २ वटा पुलको ठेक्का प्रक्रिया नै शुरू भएको छैन ।
आयोजनाका इञ्जिनीयर रावलले भने, ‘आयोजना अन्तर्गत सडकमा दुईवटा पुल (सुनी खोला र मनोहरा) छन् । तर पुलको सम्झौता भने भएको छैन । यसका लागि प्रारम्भिक चरणमै छौं । मूल्यांकन भइरहेको छ । अबको केही समयमै ठेक्का भएर काम शुरू हुन्छ ।’
‘कोरोना भाइरसको बढ्दो संक्रमणका कारण केही ढिलाइ भएको हो अब लगत्तै प्रक्रिया शुरू हुन्छ’, उनले भने ।
फेरि थपिँदै म्याद
कोरोनाभाइरसको महामारीका कारण घोषित लकडाउन र त्यसपछिको निषेधाज्ञामा पनि विकास निर्माणका काम रोकिएनन् । विकास निर्माणको काम प्रभावित नहोस् भन्नका लागि सरकारले मोहना–अत्तरिया सडक आयोजनालाई काम गर्न अनुमति दिएको थियो । तर पनि आयोजनाले उत्साहजनक प्रगति गर्न सकेको छैन । दोस्रोपटक थप भएको आयोजनाको म्याद सकिएपछि अहिले फेरि थप गर्ने तयारी भइरहेको छ ।
आयोजनाका इञ्जिनीयर लक्ष्मण रावलले भने, ‘अब हामी म्याद थपका लागि पठाउँदैछौं । निर्माण कम्पनीले म्याद थप गर्न निवेदन दिएको छ सोही आधारमा कागजपत्र तयार गर्दै छौं । फेरि म्याद थप हुन्छ होला, तर कति हुन्छ अहिले नै भन्न सकिने अवस्था छैन । बढीमा ६ महिनासम्म म्याद थप गर्न सकिने प्रावधान छ, तर सबै कागजात हेरेर कति थपिन्छ ।’
चार वर्षमा ५ हाकिम फेरिए
आयोजनाको झन्डै २ वर्षको अवधिमा ३ जना प्रमुख फेरिएको आयोजनाले पछिल्लो ५ वर्षमा ५ हाकिम पाएको छ ।
आयोजना कार्यालयमा आएका नवीनमान श्रेष्ठ निर्माण शुरू नहुँदै ३ महिनामै सरुवा भए । त्यसपछिका आयोजना प्रमुख मनिशकुमार शाह १ वर्ष बसेर सरुवा भए ।
त्यसपछि आएका प्रमुख राजेशप्रसाद पौडेल ४ महिनामा सरुवा भए अनि आयोजना प्रमुखको जिम्मेवारी सम्हालेका होमबहादुर ऐरी डेढ वर्षमा सरुवा भए ।
हाल आयोजना कार्यालय प्रमुखको जिम्मेवारी युवराज पोखरेलले सम्हालेका छन् । आयोजना निर्माणको चार वर्षमै ५ हाकिम परिवर्तन भएका छन्, तर सडक निर्माणले अझै पूर्णता पाउन सकेको छैन ।
अझै कति हाकिम फेरिने हुन् त्यो भने समयले नै बताउला ।
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...