×

NMB BANK
NIC ASIA

डोल्पामा २ वर्षपछि बल्ल चामल ढुवानीको प्रक्रिया शुरू

मंसिर ११, २०७७

NTC
Premier Steels

विगत २ वर्षदेखि रोकिएको खाद्यान्न ढुवानी कार्य उपल्लो डोल्पामा बल्ल शुरू भएको छ ।

Muktinath Bank

खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रदेशले उपल्लो डोल्पामा खाद्यान्न ढुवानीका लागि बोलपत्र निकालेर ठेक्का लगाएपछि चामल ढुवानी कार्य अगाडि बढेको हो ।
 
उपल्लो डोल्पामा हिमपात शुरू हुनुभन्दा पहिला नै त्यहाँ खाद्यान्न ढुवानी कार्य पूरा गरिने बताइएको छ । राससबाट पटक–पटक खाद्यान्न ढुवानीका विषयमा समाचार प्रकाशित हुँदै आएको थियो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले माथिल्लो डोल्पाका डोल्पोबुद्ध, छार्काताङसोङ र सेफोक्सुन्डो गाउँपालिकामा चामल ढुवानीका लागि ठेक्का लगाएको छ । ३ वटै स्थानीय तहमा एउटै ठेकेदार कम्पनीले ढुवानीको जिम्मा पाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुर्खेतदेखि स्थलमार्ग भएर डोल्पामा चामल ढुवानी गरी सम्बन्धित स्थानीय तहमा पुर्‍याइने कम्पनीको डोल्पा शाखा प्रमुख कमलराज पाण्डेले बताए ।


Advertisment
Nabil box
Kumari

बोल–कबोलका आधारमा दिनेश निर्माण सामग्री सप्लायर्स बाँकेले खाद्यान्न ढुवानीको जिम्मा पाएको छ । सप्लायर्सले सुर्खेतदेखि डोल्पोबुद्ध गाउँपालिकाको केन्द्र धो, छार्काताङसोङको ढारगाउँ र से फोक्सोण्डो कोसाल्दाङसम्म चामल ढुवानी गर्ने छ ।
 
कम्पनीले धोसम्म प्रतिक्विन्टल ८ हजार ४८०, ढारगाउँसम्म ९ हजार ४९० र साल्दाङसम्म १० हजार ९९५ रुपैयाँमा चामल ढुवानी हुने जनाएको छ । गत आर्थिक वर्षभरि डोल्पामा अनुदानको चामल ढुवानी भएन भने कोरोनाका कारण थप समस्या भएको थियो ।

Vianet communication

गत वर्षसम्म चीनबाट चामल ढुवानी हुन्थ्यो । कोरोना महामारीका कारण चीनले सीमा नाका बन्द गरेको छ ।
 
यसअघि कम्पनीले काठमाडौंबाट सोझै चामल ढुवानी गर्दै आएको थियो । चीनतर्फको नाका बन्द भएपछि स्थलमार्गबाट पहिलोपल्ट चामल ढुवानी हुन लागेको हो । शाखा प्रमुख पाण्डेले केही दिनमै डोल्पामा खाद्यान्न पुग्ने बताए । उनका अनुसार सस्तो चामल प्रतिक्विन्टल ४ हजार ९०० र महंगो चामल ६ हजार ६०० मा उपभोक्ताले किन्न पाउने छन् । हाल स्थानीयले बजारबाट प्रतिक्विन्टल १२ देखि २० हजार रुपैयाँसम्ममा किनेर चामल उपभोग गरिरहेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x