×

NMB BANK
NIC ASIA

चितवनमा फेरि मर्‍यो गैंडा

मंसिर १५, २०७७

NTC
फाइल तस्वीर
Premier Steels

 चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत चुरे पहाड उक्लने क्रममा लडेर घाइते भएको एउटा भाले गैंडा मरेको छ । यससँगै निकुञ्ज र यस आसपासको मध्यवर्ती क्षेत्रमा साउनयता मर्ने गैंडाको संख्या १६ पुगेको छ । यीमध्ये ४ वटा गैंडा खाग (नाकमाथि हुने सिङजस्तो वस्तु) तस्करीका लागि चोरीसिकारीले मारेका हुन् ।

Muktinath Bank

शुक्रबार घाइते भेटिएको अन्दाजी २०/२५ वर्षको भाले गैंडा शनिबार बिहान साढे चार बजे मरेको निकुञ्जका सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले बताए । निकुञ्जको मध्यक्षेत्र माडी नजिक पर्ने मरुठ खोलामा गैंडा घाइते फेला परेको थियो । ‘घाइते भेटिएको गैंडालाई १२ घण्टा प्रयास गरेर उद्धार गरेका थियौं । पशु स्वास्थ्य प्राविधिकहरूले उपचार पनि सुरु गरेका थिए तर जोगाउन सकिएन,’ उनले भने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चुरेको डाँडा उक्लन लाग्दा घाँच (साँघुरो, अप्ठ्यारो र भिरालो परेको ठाउँ) बाट खसेर गैंडा खोलाको भासमा परेको थियो । गैंडालाई हात्तीसहित गएका निकुञ्जका अधिकारी, पशु प्राविधिक र स्थानीयले उद्धार गरेका थिए । भासबाट निकालेर हेर्दा गर्धन र खुट्टा भाँचिएको र पछाडिको भाग पूर्ण रूपमा अचेत अवस्थामा भेटिएको उनले बताए । पछिल्ला वर्षमा बूढो भएर मात्र नभई प्राकृतिक आपत् तथा अनेकखाले घटना/दुर्घटनामा परेर गैंडा मर्ने क्रम बढ्दो छ ।


Advertisment
Nabil box
Kumari

तस्करहरूले प्रायः खाग र खुरका लागि गैंडा मार्ने गर्छन् । केही वर्षयता चोरीसिकारीले गैंडा मारेको भेटिएको थिएन तर यो वर्ष चोरीसिकारी पनि सुरु भएका कारण गैंडा संरक्षण चुनौतीपूर्ण बनेको छ । एकसिंगे गैंडा विश्वबाट लोप हुने अवस्थामा पुगेको दुर्लभ वन्यजन्तु हो । यो गैंडा प्राकृतिक बासस्थलमा नेपाल र भारतका केही सीमित सुरक्षित क्षेत्रमा ३५ सयको हाराहारीमा मात्रै छन् । कान्तिपुर दैनिकमा खबर छ ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x