कात्तिक २३, २०७८
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
आयल निगमले अमलेखगन्ज–मोतीहारी पेट्रोलियम पाइपलाइनबाट पेट्रोल पनि आयात गर्ने तयारी थालेको छ ।
झन्डै १५ महिनादेखि पटनाबाट डिजेल आयात गरिरहेको निगमले भारतीय आयल कर्पोरेसन (आईओसी) ले मोतीहारीमा भर्टिकल ट्यांक बनाएलगत्तै पाइपलाइनबाटै पेट्रोल आयात गर्ने योजना बनाएको हो । निगमका अनुसार मोतीहारीमा करिब आठ महिनामै ट्यांक निर्माण सम्पन्न हुँदै छ । यस अवधिमा नेपालका तर्फबाट पनि सम्पूर्ण तयारी गरिनेछ ।
आईओसीले मोतीहारीमा ट्यांकलगायत बनाउने काम २०२१ अक्टोबरसम्म सक्ने लक्ष्य राखेको निगमको बारा अमलेखगन्जस्थित २ नम्बर प्रादेशिक कार्यालय प्रमुख भरत रेग्मीले जानकारी दिए । यस अवधिमा अमलेखगन्जमा ८ हजार २ सय किलोलिटरको भण्डार पेट्रोल ट्यांक निर्माण थालिने उनले बताए । सम्पूर्ण तयारीपछि मोतीहारीबाटै पम्पिङ गरेर पेट्रोल आयात गरिने रेग्मीले जानकारी दिए ।
‘आईओसीले माघसम्मै निर्माण सम्पन्न गर्ने योजना बनाएको थियो । अक्टोबर २०२१ सम्म सक्ने लक्ष्य राखेको छ । १० महिनाभित्र निर्माण सकिन्छ,’ अमलेखगन्ज –मोतीहारी पाइपलाइन योजनाका समेत प्रमुख रहेका रेग्मीले भने, ‘यही अवधिमा नेपालतर्फ गर्नुपर्ने भण्डारण विस्तारको काम तीव्र पार्छौं ।’ अमलेखगन्जमा ४२/४२ लाख लिटरका थप दुई वटा पेट्रोल ट्यांक, ३०/३० लाख लिटरका दुई वटा पानी ट्यांक, अत्याधुनिक प्रयोगशालालगायतको काम अघि बढाइनेछ । यी पूर्वाधार निर्माण गर्न निगम सञ्चालक समितिले पानै २ अर्ब रुपैयाँ बजेट स्वीकृत गरिसकेको छ । ‘पाइपलाइनको ‘सेकेन्ड फेज’ अन्तर्गतका लागि बजेट स्वीकृत भएको छ । सोहीअनुसार आईओसीसँग प्रस्ताव मागेका छौं,’ रेग्मीले भने, ‘कसरी निर्माण गर्ने, कहिलेसम्म सम्पन्न गर्ने भन्ने विषयमा आईओसीले एक साताभित्र प्रस्तावपत्र दिन्छ । पाइपलाइनको दोस्रो फेजको काम पनि छिट्टै सुरु हुन्छ ।’
भारतीय आयल कर्पोरेसनले पहिलो चरणअन्तर्गतका काम सबै सकेको छ । पेट्रोलका दुई वटा ट्यांकमध्ये एउटा आईओसी र अर्को नेपालले बनाउनेछ । ट्यांक बनाउन करिब ५/७ महिनासम्म लाग्ने जनाइएको छ । ‘यी सबै पूर्वाधार बनेपछि अहिलेकै पाइपलाइनबाट डिजेल र पेट्रोल आयात हुन्छ,’ उनले भने । अहिले पटनाबाट पम्पिङ भएपछि अमलेखगन्जमा डिजेल आइपुग्छ । मोतीहारीमा निर्माण सम्पन्न भएपछि त्यहीँबाटै पम्पिङ हुन्छ । ‘मोतीहारीबाटै पम्पिङ हुँदा दूरी घट्छ,’ रेग्मीले भने, ‘त्यो हुँदा प्रतिघण्टा ३ देखि ४ लाख लिटर आयात गर्न सकिन्छ ।’
अहिले अमलेखगन्जमा १९ लाख किलोलिटरका लागि पेट्रोल ट्यांक छन् । तीमध्ये पाँच लाख लिटरका अन्डरग्राउन्ड ससाना ट्यांकी छ । त्यसबाट पाइपलाइनको तेल आयात गर्न मिल्दैन । जसले गर्दा थप ट्यांक निर्माण आवश्यक छ । दुई दशकदेखि चर्चा सुरु भएको बहुप्रतीक्षित पेट्रोलियम परियोजना गत वर्ष भदौमा उद्घाटन भएको थियो । दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा स्विच थिचेर अमलेखगन्ज–मोतीहारी पेट्रोलियम पाइपलाइन शुभारम्भ गरेका थिए ।
पाइपलाइनमा तेल भित्र्याउने योजना सम्झौताको १५ वर्षपछि पूरा भएको थियो । पाइपलाइन बनेपछि डिजेल ढुवानीमा हुने प्राविधिक नोक्सानी अन्त्य भएको छ । पाइपलाइनले पेट्रोलियम पदार्थको शुद्धता कायम राख्न र चुहावट नियन्त्रणमा पनि सहयोग पुगेको, ट्यांकरबाट हुने प्रदूषण तथा वातावरणमा पुग्ने क्षति कम भएको निगमको दाबी छ । भन्सार नाकामा हुने सवारी जाम र हडतालको मार पनि कम भएको जनाइएको छ ।
अमलेखगन्जमा निर्माण हुने ट्यांक अत्याधुनिक हुने निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए । पाइपलाइन ‘मल्टी प्रडक्ट’ भएकाले सन्तुलन मिलाउन डिजेल मात्रै आयात गरिएको थियो । डिजेलपछि पेट्रोल आयात गर्नुपरे त्यसअघि मट्टीतेल प्रयोग गर्नुपर्ने हुन्छ । पेट्रोलपछि फेरि डिजेल ल्याउनुपरे बीचमा मट्टीतेल ल्याउनुपर्छ । मट्टीतेल प्रयोग गर्न मिल्ने हुन्छ । यी सबै प्रक्रिया पूरा गर्न मट्टीतेलको पनि ट्यांक बनाउन करिब डेढ वर्ष लाग्ने पौडेलले जानकारी दिए । भारततर्फ ३२.७ र नेपालतर्फ ३६.२ किमि रहेको पाइपलाइनको डाइमिटर १०.७५ इन्च छ । भित्री भाग १० इन्च छ । त्यही भागबाट डिजेल आयात भइरहेको छ । पाइपलाइनमा आईओसी र निगमको गरी ५ अर्ब १८ करोड रुपैयाँभन्दा बढी लगानी भएको छ ।
पाइपलाइन निर्माणको चर्चा सन् १९९६ बाटै सुरु भएको हो । तर सन् २००४ मा मात्र दुई देशबीच औपचारिक समझदारी भयो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा निगम र आईओसीबीच पेट्रोलियम पाइपलाइनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । निगमका तर्फबाट तत्कालीन कार्यकारी निर्देशक उपेन्द्र कोइरालाले हस्ताक्षर गरेका थिए । निर्माणका लागि दुई देशका प्रतिनिधिबीच विभिन्न चरणमा वार्ता र छलफल भए पनि सफल हुन सकेन । लामो छलफलपछि दुवैतर्फका उच्च अधिकारी सम्मिलित ‘अध्ययन समिति’ गठन भयो । प्रतिवेदनकै आधारमा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र भारतीय समकक्षी नरेन्द्र मोदीको पहलमा २०१५ अगस्ट २४ मा अर्को सम्झौता भयो ।
तत्कालीन वाणिज्य तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापा र भारतीय पेट्रोलियममन्त्री धर्मेन्द्र प्रधानले त्यसमा हस्ताक्षर गरे । २०७२ असोजमा संविधान जारी भएसँगै भारतको नाकाबन्दीपछि परियोजना फेरि अन्योलमा पर्यो । २०७३ चैत २४ मा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी मोदीले पाइपलाइन बिछ्याउने कार्यको संयुक्त शिलान्यास गरे । पाइपलाइन परियोजना सन् २०२० मा सम्पन्न गर्ने सम्झौता थियो । तर ८ महिनाअगाडि नै सम्पन्न भएको हो । कान्तिपुर दैनिकमा राजु चौधरीले खबर लेखेका छन् ।
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...