×

NMB BANK
NIC ASIA

चिकित्सकको अभावमा उपचार समस्या

मंसिर २०, २०७७

NTC
Premier Steels

दरबन्दीअनुसारका चिकित्सक नहुँदा  जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा आउने बिरामीको उपचारमा समस्या हुने गरेको छ ।

Muktinath Bank

दुर्गम क्षेत्रमा चिकित्सक नबस्दा  अकालमै ज्यान गुमाउनुपर्ने र उपचारका लागि अन्यत्र जिल्ला जानुपर्ने बाध्यता कायमै  छ ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    लामो समयदेखि जिल्ला अस्पताल र दुईवटा प्राथमिक स्वास्थ्य केन्द्रमा दरबन्दीअनुसारका चिकित्सक नहुँदा नागरिकलाई स्वास्थ्य सेवाप्राप्तिमा असहज भइरहेको छ । जिल्लाको मेलौलीस्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा लामो समयदेखि चिकित्सक नहुँदा स्वास्थ्य सेवा पाउन निकै मुस्किल भएको केशवसिंह भाटले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

    पछिल्लो डेढ वर्षयता प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सकविहीन रहेको उनले बताए । उनले भने, “तल्लोसोराडवासीको अस्पतालका रुपमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा हामीलाई धेरै समस्या भएको छ । सामान्य उपचारका लागि अन्यत्र जानु परिरहेको छ ।”

Vianet communication

    अहिले मेलौली नगरपालिका मातहत रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सकको पदपूर्तिका लागि आवेदन आह्वान गरेको भए पनि कोही नआएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले जानकारी दिए । केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा इसिजी, एक्स–रेलगायतका सेवा सञ्चालनमा आउन नसकेका उनले जानकारी दिए । उनले भने, “हामीले आवेदन आह्वान गर्दासमेत कोही सम्पर्कमा आएनन् । चिकित्सक नहुँदा शव परीक्षणलगायतका काममा समस्या भएको छ ।”

    यस्तै पाटन प्राथमिक स्वास्थ्य केन्द्र पनि चिकित्सकविहीन भएको छ । केन्द्रमा कार्यरत चिकित्सक अध्ययन बिदामा छन् भने करारमा काम गरिरहेका चिकित्सक सुत्केरी बिदामा बसेपछि स्वास्थ्य केन्द्र चिकत्सकविहीन भएको केन्द्रका जनस्वास्थ्य निरीक्षक प्रेमसागर भट्टले जानकारी दिए ।

एक जना नवौँ तहको विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको जिल्ला अस्पतालमा पनि नवौँ तहका चिकित्सक नभएको अस्पतालका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिए । आठौँ तहका चारै जना करारमा कार्यरत रहेको र दरबन्दी एक जना पनि नभएका उनले जानकारी दिए ।

विशेषज्ञ चिकित्सक नहुँदा कुनै न कुनैरुपमा सेवा प्रवाहमा जटिलता हुने गरेको उहाँको भनाइ छ । उनले भने, “विशेषज्ञ चिकित्सक नहुँदा कुनै न कुनैरुपमा सेवा प्रवाहमा समस्या भएको छ ।” जिल्ला अस्पातलमा एक जना नवौँ तहको विशेषज्ञ चिकित्सकको दरबन्दी र तीन जना आठौँ तहका दरबन्दी भए पनि सबै अहिले करारमै कार्यरत रहेका छन् ।  

चिकित्सक अभावमा कोभिड अस्पताल सञ्चालनमा ल्याउन सकस 

    चिकित्सकको अभावमा कोभिड अस्पताल सञ्चालनमा ल्याउन सकस भएको छ । सङ्घीय सरकारले प्रत्येक स्थानीय तहमा तीन महिनाका लागि कोभिड अस्थायी अस्पताल सञ्चालनमा ल्याउन बजेट पठाएको भए पनि चिकित्सकको अभावमा ती अस्पतालमा सञ्चालनमा आएका छैनन् ।

पुर्चौंडी नगरपालिकाबाहेक अन्य स्थानीय तहमा कोभिड अस्थायी अस्पताल सञ्चालनमा आउन नसकेका स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारीदिए । उनले भने, “स्थानीय तहमा सञ्चालन हुने भनेका कोभिड अस्थायी अस्पतालका लागि चिकित्सक नपाउँदा अस्पताल नै सञ्चालनमा आउन सकेका छैनन् ।” 

    कोभिड अस्थायी अस्पताल सञ्चालनका लागि दशरथचन्द नगरपालिकाबाहेकका स्थानीय तहमा १० लाखका दरले बजेट आएपनि चिकित्सक नपाउँदा अस्पताल नै सञ्चालनमा आउन सकेका छैनन् । 

भेन्टिलेटर र आइसियु सञ्चालनमासमस्या

    जिल्ला अस्पतालमा भेन्टिलेटरसहितको दुई श्ययाको सघन उपचार कक्ष स्थापना भएको भए पनि चिकित्सक नहुँदा सञ्चालनमा समस्या भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा स्थापना भएको भेन्टिलेटरसहितको सघन उपचार कक्ष विशेषज्ञ चिकित्सक नहुँदा  सञ्चालनमा समस्या भएको जिल्ला अस्पतालका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिए । कोरोना भाइरसका जटिलका खालका बिरामीलाई मध्यनजर गरेर भेन्टिलेटरसहितको सघन उपचार कक्ष स्थापना गरिएको भए पनि चिकित्सक नहुँदा समस्या भएको उनले जानकारी दिए । 

    उनले भने, “सघन उपचारका लागि दक्ष जनशक्ति नहुँदा तत्काल सञ्चालनमा बाधा पुगेको छ ।”, सघन उपचार कक्ष सञ्चालनका लागि विशेषज्ञ चिकित्सकको आवश्यकता पर्ने भए पनि जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा सघन उपचार कक्ष सञ्चालनमा समस्या आउने उनले बताए । उनले भने, “सघन उपचार कक्ष स्थापना भयो तर त्यसमा काम गर्ने विशेषज्ञको अभाव हुँदा सञ्चालनमा समस्या छ ।”

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x