×

श्यामशरण लेख्छन्– नेपालमा अमेरिकाले सिधै खेल्न थाल्यो, भारत किनारा लाग्ने खतरा !

पुस १५, २०७७

केपी ओली सरकारले संसद् विघटन गरेर ताजा निर्वाचनको घोषणा गरेपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी विभाजनको संघारमा पुगेको विषयमा भारतका पूर्व विदेशसचिव श्याम शरणले टिप्पणी गरेका छन् । 

भारतबाट प्रकाशित हुने द ट्राइब्यून पत्रिकामा प्रकाशित अन्फोल्डिङ क्राइसिस इन नेपाल शीर्षकको उनको लेखमा भारत नेपालमा असान्दर्भिक हुने खतरा रहेको उल्लेख गरिएको छ ।


Advertisment

उनले लेखेका छन् :


Advertisment

अहिलेको संकट निम्तिनुमा अमेरिकाको हात रहेको सुनिएको छ । त्यसो हो भने नेपालमा अमेरिका र चीनबीचको शक्तिको खेलमा भारत किनारामा पर्ने खतरा बढेर गएको छ । तिब्बतका विषयमा चीनको कमजोरीमा खेल्न नेपाललाई उपयोग गर्न सकिने विश्वास अमेरिकाले लिएको हुन सक्छ । 

त्यसो हो भने चीन त्यसलाई रोक्नका लागि जे पनि गर्न बाध्य हुन्छ । अमेरिकी एजेन्डामा रही भारतले काम गरेको भन्ने चीनलाई अनुभव भएमा भारतप्रति उसको शत्रुता थप चर्किनेछ । 

नेपालमा अमेरिकी स्वार्थ हावी भएको हो भने भारतको स्वार्थसँग त्यो मिल्न सक्दैन । विगतमा भारतले नेपालमा अमेरिका र बेलायतसँग मिलेर काम गरेको भए पनि भारत जहिले पनि नेतृत्वमा रहन्थ्यो । तर अहिले अमेरिकाले नेपालमा खेलिने खेलको नेतृत्व गरेको हो भने भारत किनारीकृत हुनेछ । 

नेपालमा चीनले भारतमाथि तेर्स्याएको चुनौतीलाई सामना गर्नका लागि भारतले नेपालसँगको विशिष्ट सम्बन्धका रूपमा रहेको पूँजी उपयोग गर्नुपर्छ । चीनसँग त्यस्तो पूँजी छैन । 

नेपालको आर्थिक तथा सामाजिक विकासमा भारत नै इच्छाइएको साझेदार बन्न सकेमा भारतले आफ्नो बलियो उपस्थिति जनाउन सक्छ । नेपाल ठूला शक्तिहरूको संघर्षको थलो बनेमा त्यसले भारतको हित गर्ने छैन र सानातिना फाइदाका लागि भारतले यसो हुन दिनु हुँदैन ।

ओलीमाथि संसद् विघटनको निर्णय फिर्ता लिन तथा नेतृत्वमा परिवर्तन स्वीकार गर्न दबाब दिइएको सुनिएको छ ।

उनलाई राजीनामा दिन लगाएर विवादरहित राजनीतिकर्मीलाई प्रधानमन्त्री बनाउन खोजिएको छ । 

ओलीले यसको पक्का प्रतिकार गर्नेछन् । अहिलेको यो संकट कसरी समाधान हुन्छ भनी हामी पर्ख र हेरको स्थितिमा रहनुपर्छ ।

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x