×

NMB BANK
NIC ASIA

दलहरुकै कारण कोरोना जोखिम

पुस २३, २०७७

NTC
Premier Steels

कोरोना भाइरस संक्रमण घटेको छ, टरेको छैन। तर, विभिन्न राजनीतिक दलले भेला एवं विरोध प्रदर्शन गर्न थालेसँगै संक्रमणको जोखिम झन् बढेको छ। सहरी क्षेत्रमा तीव्र देखिएको संक्रमण गाउँ–गाउँसम्म पुग्ने चिन्ता जनस्वास्थ्यविद्ले गरेका छन्।

Muktinath Bank

जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी कोठे बैठक, कार्यकर्ता भेला, र्‍याली र आमसभालगायत कार्यक्रमले कोरोना संक्रमण बढाउने बताउँछन्। ‘पहिलो चरणमा लकडाउन र चाडपर्वमा भएका गतिविधिले संक्रमण बढायो’, डा.मरासिनी भन्छन्, ‘दोस्रो चरणमा राजनीतिक दलका गतिविधि र चुनावी माहोलले संक्रमण व्यापक रूपमा बढ्ने सम्भावना छ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध सहरी क्षेत्र हुँदै गाउँ–गाउँसम्म प्रदर्शनको कार्यक्रम तय गरेको छ। प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको विपक्षी कांग्रेसले पनि वडासम्म जाने कार्यक्रम बनाइसकेको छ। नेकपाको केपी शर्मा ओली पक्षधरले पनि भेलालगायत राजनीतिक कार्यक्रम अघि सारेको छ। जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलले पनि विरोध प्रदर्शनलगायत कार्यक्रम गरिरहेका छन्।


Advertisment
Nabil box
Kumari

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशकसमेत रहेका डा. मरासिनी होलीको आसपासमा संक्रमण व्यापक हुन सक्ने बताउँछन्। पहिलो चरणको कोरोना संक्रमण तिहारपछि न्यून हुन पुगेको हो।

Vianet communication

संक्रामक रोग विशेषज्ञ डा.अनुप सुवेदीका अनुसार सुरक्षा मापदण्ड नपनाई विभिन्न कार्यक्रम गर्न लागिएकाले संक्रमणको जोखिम रहेको बताउँछन्। ‘खुला ठाउँमा नभई समूह जम्मा हुने र बन्द कोठा तथा हलमा कार्यक्रम गर्दा संक्रमणको जोखिम हुन्छ’, डा. सुवेदी भन्छन्।

सरकारले प्रतिनिधिसभा विघटन गरी वैशाख १७ र २७ गतेका लागि चुनाव घोषणा गरेको छ। चुनावी माहोलसँगै संक्रमण बढ्ने आकलन जनस्वास्थ्यविद्को छ। सन् २०२० मा चुनाव भएका अमेरिका, दक्षिण कोरिया, पोल्याण्डलगायत मुलुकमा कोरोना संक्रमण उच्च देखिएको छ। डा. मरासिनीका अनुसार न्युजिल्यान्डमा संक्रमण शून्यको अवस्थामा पुगेपछि मात्र निर्वाचन गरिएको थियो। फलस्वरूप, संक्रमण वृद्धि हुन पाएन। अमेरिकामा संक्रमण तीव्र हुनुमा चुनावी माहोल पनि जिम्मेवार रहेको डा. मरासिनीको भनाइ छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल राजनीतिक दलले कोरोना संक्रमण घटाउन प्रभावकारी भूमिका निर्वाह गरेको बताउँछन्। ‘सांसदहरू कोरोना संक्रमणविरुद्ध जनचेतना जगाउन र कन्ट्याक्ट टे«सिङमा सहयोग गर्न गाउँमा जाने बेला राजधानीमै बसे। अहिले गाउँ पुग्दै छन्। उल्टो गतिविधि भइरहेको छ’, डा. प्याकुरेल भन्छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारी अहिले भइरहेका राजनीतिक गतिविधिको प्रभाव दुई महिनापछि देखिन सक्ने बताउँछन्। ‘राजनीतिक गतिविधि जोखिमपूर्ण छन्। सर्वसाधारण पनि कोरोना संक्रमणको बेवास्ता गरिरहेको देखिन्छ’, डा. राजभण्डारी भन्छन्।   अन्नपूर्ण पोस्टमा दिनेश गौतमले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x