×

NMB BANK
NIC ASIA

‘मिडियाबाट पहिचान पाए सोचेजति दाम कमाउन सकिनँ,’ उनले भने, ‘धेरै विकल्पको खोजी गरे, छोटो समय र कम लगानीमा मनग्यै आम्दानी हुने मासु व्यवसाय नै रोजें ।’

Muktinath Bank

कैलालीको धनगढीका दीपेन्द्र ओली अहिले मिडियासँगै मासु व्यवसाय सञ्चालन गरिरहेका छन् । उनले धनगढीको भन्सार रोड छेउमा रहेको एक कोठे सटर भाडामा लिएर ग्राहकको मन लोभ्याइरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मिडियाबाट मासिक रूपमा पाउने तलब पनि कोरोना भाइरसको महामारीसँगै जारी लकडाउनका कारण रोकिएपछि दीपेन्द्रले विकल्प खोज्न थाले । उनले साथीभाइ, घरपरिवार, आफन्त सबैलाई के गर्ने भनेर सल्लाह मागे ।


Advertisment
Nabil box
Kumari

कसैले उनलाई रोजगारीका लागि भारत अथवा विदेश जान सुझाव दिए त कसैले व्यवसाय गर्न सुझाव दिए । दीपेन्द्रले व्यवसाय गर्ने सोच बनाए । तर के व्यवसाय गर्ने  र  त्यसका लागि धेरै लगानी गर्न सक्ने उनीसँग पुँजी पनि थिएन ।

Vianet communication

उनले सानो लगानीमा गर्न सक्ने व्यवसायको सूची बनाए । त्यसमा किराना पसल, तरकारी पसल, मासु पसल र होटल लगायतको सूची थियो । सबैसँगको सल्लाहमा उनी मासु पसल खोल्ने निर्णयमा पुगे ।

‘त्यसका लागि पनि २ लाख रुपैयाँसम्म लगानी लाग्ने भयो, मसँग त्यति धेरै रकम थिएन,’ दीपेन्द्रले भने, ‘थोरै–थोरै गर्दै आफन्तहरूसँग ऋण निकालें, त्यसपछि सटरको खोजीमा भौंतारिएँ । भने जस्तो ठाउँमा सटर पाउनै गाह्रो भयो । बल्ल–बल्ल भन्सार रोड छेउमा एउटा सटर पाएँ, मासिक १० हजार भाडा तिरेर पसल सञ्चालन गरेको छु ।’

उनलाई पत्नी यशोदाले सघाउँछिन् । दैनिक १० हजारको कारोबार हुन्छ,’ दीपेन्द्रले थपे, ‘मासिक रूपमा ४ लाख बढीकै कारोबार हुन्छ, सबै खर्च कटाएर १ लाखसम्म बचाउन सकिन्छ । गर्न सक्यो भने मासु व्यवसायमा निकै फाइदा छ ।’

मिडियाबाट पहिचान, व्यवसायबाट सन्तुष्टि

मिडियाको कामसँगै मासु व्यवसायमा होमिएका दीपेन्द्रले जीवनमा धेरै दुःख भोगे । २०४८ सालमा कैलालीको मोहन्याल गाउँपालिका–२ मा जन्मिएका दीपेन्द्र घरको कमजोर आर्थिक अवस्थाकै कारण ८ कक्षाको पढाइलाई बिट मार्दै पैसा कमाउन धनगढी हिँडे । धनगढीमा आफ्ना धेरै थिए तर सहारा दिने कोही थिएनन् ।

उनले धनगढीमा फुपूकी छोरी अर्थात् दिदी पूर्णिमा थापाको साथ पाए । धनगढी बस्ने माहोल मिल्यो, उनै दिदीको सहयोगमा प्लस २ सम्म अध्ययन गरेर पढाइसँगै मिडियाको काम गर्ने मौका पाए । उनी सम्झन्छन्, ‘त्यो समयमा दिदीको सहयोग नपाएको भए अहिले भारतमा दुःख पाइरहेको हुन्थे होला ।’

भिनाजु उत्तम थापाको पनि साथ सहयोगले मिडियाको काम सिक्ने अवसर सनराइज मिडियामा पाएको र मिडिया क्षेत्रको पहिलो गुरु उत्तम थापा भएको उनले बताए । ‘उहाँसँग भिडियोग्राफी र भिडियो मिक्सिङ क्षेत्रमा मल्टिमिडिया इन डिप्लोमा कोर्स गरें,’ उनले भने । मिडिया कोर्सको भिनाजुले निःशुल्क सिकाइदिएको र जागिर पनि दिएको उनले बताए । 

थोरै कमाइमा काम गर्नुपर्ने बाध्यताबीच पैसा कमाउन थालेपछि दिदीको घरबाट बिदा भएर धनगढीमा डेरा गरी बस्न थाले उनी । धनगढी जस्तो ठाउँमा कोठा भाडा तिरेर खाना खर्च गर्नु साह्रै गाह्रो हुने उनले बताए ।

उनी भन्छन्, ‘घरपरिवारको पनि अभिभावकत्व भएको भए सायद त्यो अवस्था भोग्नुपर्ने थिएन । धेरै दिन त पानी मात्र खाएर पनि रात कटाएँ ।’ 

काम गर्ने क्रममा सनराइज मिडियामा प्राविधिकको रूपमा ६ वर्ष, १ वर्ष हिमालयन टेलिभिजनको ब्युरो कार्यालयमा, बाबा टेलिभिजनमा १ वर्ष र रेडियो डेली मेलमा झण्डै ३ वर्ष प्राविधिकको रूपमा काम गरेका दीपेन्द्रले अहिले भने मासु पसलसँगै सनराइज मिडियामा काम गरिरहेका छन् ।

‘मिडियामा काम गरेर अहिलेसम्म मान्छे कमाएँ तर पैसा कमाउन सकिनँ,’ उनले भने, ‘पैसा कमाउन सकिन्छ कि भनेर व्यवसाय गर्न थालेको हुँ ।’

‘२०७५ सालमा धनगढीकै यशोदा केसीसँग भागी विवाह गरें,’ उनी भन्छन्, ‘बढी मेहनत र परिश्रम गर्ने समय आयो तर मिडियासँगै अन्य व्यवसाय सञ्चालन गर्नुपर्ने श्रीमतीकै प्रेरणाले यो व्यवसाय सञ्चालन गरेको हुँ ।’

भविष्यमा कुखुरापालन व्यवसाय पनि सञ्चालनमा ल्याउने दीपेन्द्रको सोच छ । मिडियाको जागिरसँगै व्यवसाय गरेको देख्दा घरपरिवार पनि दंग छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x