×

NMB BANK
NIC ASIA

प्रधानमन्त्रीको जिकिर : ‘दोहोर्‍याएर भन्छु– यो सरकार धारा ७६ को (१) अनुसारकै हो’

पुस २६, २०७७

NTC
फाइल फोटो
Premier Steels
Marvel

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार संविधानको धारा ७६ को (१) अनुसारको भएको दाबी गरेका छन् ।

Muktinath Bank

कुनै कालखण्डमा ७६ को (२) अनुसार बनेको भएपनि दुईवटा पार्टी एकीकरण भएपछि आफू सर्वसम्मत संसदीय दलको नेता बनेकाले सरकार धारा ७६ (१) मा परिणत भएको ओलीको दाबी छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइतवार राष्ट्रिय सभा बैठकमा नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले सोधेको एक प्रश्नको जवाफमा ओलीले आफू एउटै दलको बहुमतको प्रधानमन्त्री भएको बताए ।


Advertisment
Nabil box
Kumari

फागुन ३ गते सरकार बन्दा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बनेको भएपनि पार्टी एकतापछि परिस्थिति बदलिएको ओलीको जिकिर छ ।

Vianet communication
Laxmi Bank

‘जब दुई दल मिलेर एउटै संसदीय दलको नेता बनाए, त्यो सरकार संविधानको धारा ७६ (१) अनुसार भयो, फेरि पनि दोहोर्‍याएर भन्न चाहन्छु, यो सरकार संविधानको धारा ७६ (१) अनुसारकै हो । दलहरू मिलेर अर्को परिस्थिति बनिसक्यो । एक दलको बहुमतको सरकार बनिसक्यो । पुराना कुरा भनेर हुँदैन । चुनाव लडेको समयमा मैले नेतृत्व गरेको दल विपक्षमा थियो, त्यो कुरा भनेर हुन्छ ?’ ओलीले भने ।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटनको दिनसम्म नै आफू बहुमतप्राप्त दलको संसदीय दलको नेता रहेको बताए ।

‘पार्टी एकतापछि एउटै दलको बहुमतको सरकार बन्यो, एकै दलको बहुमतको सरकार होइन र ? तर्कलाई कुतर्कमा लैजान मिल्छ ? सरकार संविधानको धारा ७६ को उपधारा (१) बमोजिमको सरकार हो । मैले संसद् विघटनको सिफारिश गर्दासम्म बहुमतप्राप्त दलको संसदीय दलको नेता हुँ, यसमा भ्रममा अनि अलमलमा नपरौं ।’

त्यसअघि कांग्रेस सांसद रायमाझीले ओलीको सरकार संविधानको धारा ७६ को (२) अनुसारको भएको दाबी गर्दै संसद् विघटन गलत भएको बताएका थिए । 

संविधानको धारा ७६ को (१) मा ‘राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमतप्राप्त दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्रिपरिषद गठन हुनेछ’ भन्ने उल्लेख छ ।

यस्तै उपधारा (२) मा ‘उपधारा १ बमोजिम प्रतिनिधि सभामा कुनैपनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ,’ भन्ने उल्लेख छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x