×

NMB BANK
NIC ASIA

‘पर्यटनका समस्या समाधान गर्न सरकार तयार’

पुस २७, २०७७

NTC
Premier Steels

कोभिड सङ्क्रमणका कारण पर्यटन क्षेत्रले बेहोर्नु परेको समस्या समाधानमा सरकार तयार रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकालले बताए ।

Muktinath Bank

पर्यटन सम्बद्ध निजी क्षेत्रका सरोकारवालासँग आइतबार मन्त्रालयमा आयोजित अन्तरक्रियामा उनले राज्यले धान्न सक्ने अवस्थासम्म निजी क्षेत्रका समस्या समाधान गरिने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोभिडबाट सिर्जित समस्याका विषयमा सरकार पूर्ण जानकार रहेको भन्दै उनले यतिबेला मान्छेको जीवन जोगाउनु महत्वपूर्ण भएकाले कतिपय स्वास्थ्य प्रोटोकल पालना गर्नैपर्ने अवस्था रहेको बताए ।


Advertisment
Nabil box
Kumari

मन्त्री ढकालले पर्यटकलाई अन अराइभल भिसा दिने विषयलाई आफूले मन्त्रिपरिषद्मा छलफल गर्ने जानकारी दिनुभयो । त्यस्तै उनले कोभिडबाट अत्यन्त प्रभावित होटल व्यवसायका समस्या समाधानमा पनि सरकारले ध्यान दिएको बताए ।

Vianet communication

प्रोटोकल पालना गरेर होटल व्यवसाय सञ्चालन गरेको अवस्थामा जुनसुकै समयमा पनि खोल्न सक्ने उनले जानकारी दिनुभयो । “होटलले प्रोटोकल पालना गरेको छ भने रातिको समयमा ९, १० अथवा ११ बजेसम्म भन्ने हुँदैन”, उनले भन्नुभयो, “जुनसुकै बेला पनि खोल्न सकिन्छ । ”

संसद् विघटन भएको अवस्थामा पर्यटनसम्बन्धी कानुन नबने पनि आवश्यक परेको अवस्थामा भने कार्यविधि र गठन आदेशका हिसाबले पनि बाधा फुकाउन सकिने उनले स्पष्ट पार्नुभयो । अझ तत्काल नै केही गर्नैपर्ने अवस्थामा अध्यादेश पनि ल्याउनुपर्ने हुनसक्छ, उनले भने ।

उनले पर्यटन व्यवसायीलाई उपलब्ध गराउनुपर्ने पुनर्कर्जाको विषयमा अर्थमन्त्रीसँग छलफल गर्ने जानकारी दिनुभयो । पर्यटन व्यवसायीको माग अनुसार नै एकद्वार प्रणाली लागू गर्ने विषयमा पहल गर्ने उनले बताए ।
कार्यक्रममा पर्यटन व्यवसायीले विदेशी पर्यटक आउन नसक्ने अवस्थामा सन् २०२१ लाई आन्तरिक पर्यटन वर्षका रूपमा घोषणा गर्न आग्रह गरेका थिए । कर्मचारीलाई कम्तीमा एक हप्ता बिदा दिएर घुम्नैपर्ने व्यवस्था लागू गर्नुपर्ने उनीहरूको माग थियो ।

त्यस्तै विदेशी पर्यटक आकर्षित गर्न सात दिनको क्वारेन्टाइन अवधि घटाउनुपर्ने र सरकारले विशेष छुटसहितका प्याकेज घोषणा गर्नुपर्ने व्यवसायीको भनाइ थियो । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x