×

NMB BANK
NIC ASIA

झुटो बोल्ने बच्चा पछि गएर टाठो हुने अध्ययनको निष्कर्ष

बैशाख २२, २०७८

NTC
Premier Steels

क्यानडाको टोरन्टो विश्वविद्यालयले गरेको एक अध्ययनमा सानो उमेरमा झुटो बोल्ने बच्चाको पछि गएर संज्ञानात्मक क्षमता राम्रो हुने दाबी गरिएको छ । सजिलो शब्दमा भन्नुपर्दा झुटो बोल्ने बच्चा पछि गएर टाठो र बुद्धिमान् हुन्छ । 

Muktinath Bank

विश्वविद्यालयका क्याङ ली भन्छन्, ‘आमाबुवा, शिक्षक र समाजमा सबै मानिस बच्चाहरू सानै उमेरदेखि झुटो बोल्दा पछि त्यसको परिणाम गम्भीर हुने बताउँछन् । तर अनुसन्धानको नतिजामा सानो उमेरमा झुटो बोल्ने र ठूलो भएपछि झुटो बोल्ने मानिसमा अन्तर भएको देखिन्छ । सानैमा झुटो बोल्नेको बुद्धि विकास हुन्छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जर्नल अफ एक्सपेरिमेन्टल चाइल्ड साइकोलोजीमा प्रकाशित एक अध्ययनमा अनुसन्धानकर्ताहरूले प्रिस्कूलमा पढ्ने उमेरका ४२ बालबालिकामा अनुसन्धान गरे । उनीहरूले लुकामारी खेल्दा शुरूमा झुट बोल्ने क्षमता प्रदर्शन गरेनन् ।
पछि उनीहरूलाई दुई समूहमा बाँडियो जसमा केटा र केटीको संख्या बराबर थियो र उनीहरूको औसत उमेर ४० महिना वा लगभग तीन वर्ष थियो । चार दिनसम्म उनीहरूले एउटा खेल खेले जसमा उनीहरूले एक खेलौना वयस्कलाई छक्याएर एक हातमा लुकाउनुपर्ने हुन्थ्यो ।


Advertisment
Nabil box
Kumari

बच्चाले वयस्कसँग झुट बोल्न वा ठग्न सफल भएमा उसलाई त्यो खेलौना राख्न दिइन्थ्यो । दुई समूहमा एक समूहमाथि परीक्षण गरिएको थियो भने अर्कोलाई कन्ट्रोल ग्रूप मानेर परीक्षण गरिएको थिएन । 

Vianet communication

पछि उनीहरूलाई परीक्षण गरियो जसमा आत्मनियन्त्रण, मस्तिष्क सिद्धान्त, शासनात्मक क्रिया र अर्को व्यक्तिको मनसाय बुझ्ने जस्ता कुराको जाँच गरियो । झुट बोल्न र धोका दिन सिकाइएका बच्चाले जाँचमा कन्ट्रोल ग्रूपका बच्चाहरूभन्दा राम्रो प्रदर्शन गरे ।

अनुसन्धानकर्ताहरूले बच्चालाई टाठो र बुद्धिमान् बनाउनका लागि जानीबुझी झुटो बोल्न सिकाउनु चाहिँ गलत भएको बताएका छन् ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x