×

NMB BANK
NIC ASIA

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनले यतिबेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सबैभन्दा बढी बिखलन्दमा परेको छ । संसद विघटनको मुद्दा अदालतमा विचाराधीन रहेका बेला सडक संघर्ष र चुनावको तयारीमध्ये कुनलाई प्राथमिकता दिने भन्नेमा कांग्रेस अड्किएको हो । 

Muktinath Bank

गत पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी थिइन् । त्यसपछि बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले संसद विघटनलाई गैरसंवैधानिक र अलोकतान्त्रिक ठहर गर्‍यो तर आन्दोलनमै गइहाल्न सभापति देउवाको मनले मानेको छैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेसले त्यसयता केही चरणका आन्दोलनका कार्यक्रम गरिसकेको छ । तर नेकपाको प्रचण्ड–नेपाल पक्षसँग मिलेर संयुक्त मोर्चासहित आन्दोलनमा जान कांग्रेस अझै तयार भइसकेको छैन । 


Advertisment
Nabil box
Kumari

संसद विघटनलाई प्रतिगमन भन्दै सडकमा ओर्लिएको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपा सडक संघर्षलाई प्रभावकारी बनाउन कांग्रेस र जसपासँग संयुक्त मोर्चा बनाउने कसरतमा देखिन्छ । त्यही कसरत अनुरूप बुधवार साँझ सभापति देउवालाई फकाउने प्रयास गरिएको थियो ।

Vianet communication

बुधवार साँझ देउवाको निवास बूढानीलकण्ठ पुगेर प्रचण्ड र नेपालले संयुक्त मोर्चा बनाएर आन्दोलनमा अघि बढ्ने प्रस्ताव गरे । तर स्रोतका अनुसार देउवाले आन्दोलनको प्रस्तावलाई स्वीकार गरेनन् । 

भेटमा सहभागी रहेका कांग्रेस नेता रमेश लेखकका अनुसार देउवाले अदालतले जे निर्णय गर्छ, त्यसलाई कांग्रेसले आत्मसात गर्दै अघि बढ्ने बताएका थिए । 

‘प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदमलाई हामीले असंवैधानिक र अलोकतान्त्रिक भनिसकेका छौं,’ देउवाको भनाइ उदृत गर्दै लेखकले भने, ‘त्यो विषय अदालतमा प्रवेश गरिसकेको अवस्थामा हामीसँग फैसला कुर्नुको विकल्प छैन । बरू तपाईंहरूले पनि आन्दोलन गरिरहनुभएको छ, हामी पनि आन्दोलनको मैदानमै छौं । छुट्टाछुट्टै गरौं, अहिले संयुक्त मोर्चा बनाउने कुरा नगर्नुस् ।’

देउवाको कुरा सुनेपछि प्रचण्ड र नेपाल दुवैले असहज महसूस गरे । कांग्रेसको साथ लिएर सडक संघर्षलाई तीव्र बनाउने प्रचण्ड–नेपाल पक्षको प्रयास असफल भएको छ । 

करीब ४५ मिनेटसम्म चलेको छलफलमा प्रचण्ड र नेपाल दुवै अध्यक्षले संसद पुनःस्थापना भए पनि कांग्रेस नै निर्णायक हुने भएकाले पुनःस्थापनामै जोड दिन आग्रह गरेका थिए । 

देउवा किन एक्लै अघि बढ्ने मूडमा छन् त ? यस विषयमा हामीले केही देउवानिकट नेताहरूसँग कुराकानी गरेका थियौं ।  

देउवामा चुनाव जितिन्छ भन्ने ‘कन्फिडेन्स’

देउवाको नेतृत्वमा २०७४ सालको निर्वाचनमा होमिएको कांग्रेसले ठूलो पराजय भोगेको थियो । कांग्रेसमा आज पनि देउवाकै कारण निर्वाचन हारिएको भन्ने आवाज ठूलो छ । विशेष गरेर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताले हारको दोषी देउवा रहेको बताउने गरेका छन् ।

निर्वाचनपछिका समीक्षा बैठकमा पौडेल पक्षले देउवालाई दोष लगाउने र देउवा पक्षले वाम गठबन्धनलाई दोष लगाउने सिलसिला चलिरहेको थियो ।

देउवानिकट नेताहरूको दाबीअनुसार आफूमाथि लागेको त्यो कलंकको टीका मेटाउने अवसर देउवामाथि छ । यतिबेला नेकपा फुटेको छ । सरकार अलोकप्रिय भएको छ । त्यतिबेला राजनीतिक स्थिरताको पक्षमा भोट मागेको नेकपाका दुवै पक्षसँग जनतामाझ लैजाने कुनै एजेण्डा छैन । 

उसै पनि यसअघि भएको मध्यावधि निर्वाचनको परिणाम त्यतिबेलाको प्रमुख प्रतिपक्षी दलकै पोल्टामा गएको नेपालको इतिहास छ । देउवाले यही हेरेर बसिरहेका छन् । चुनावमा एक्लै लड्ने र एक्लै बहुमत ल्याउने देउवाको प्रयास रहने छ । 

नेकपाको कुनै पक्षलाई सहयोग नगर्ने देउवाको अडान !

यतिबेला नेकपाको कुनै एउटा गुटसँग लागेर अर्काको विरुद्धमा जाँदा चुनावमा अप्ठ्यारो पर्न सक्ने देउवाको निष्कर्ष छ । प्रचण्ड–नेपालसँग संयुक्त मोर्चा बनाएर आन्दोलनमा जाँदा सत्तामा रहेका केपी ओली बिच्किन सक्ने र चुनावमा आफूलाई बेफाइदा हुन सक्ने आकलन देउवाले गरेका छन् । 

प्रचण्ड–नेपालसँगको भेटमा देउवाले २ वटा कुरा प्रस्ट पारेका छन् । पहिलो – संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक छ, यसका विरुद्धमा कांग्रेस आफ्नो हिसाबले आन्दोलन गर्छ र कसैसँग संयुक्त मोर्चा बनाउँदैन ।

दोस्रो – कांग्रेसले अदालतको फैसला कुर्छ । अदालतले संसद विघटनका पक्षमा फैसला गर्‍यो भने कांग्रेस तत्काल निर्वाचनमा होमिन्छ, यदि संसद सञ्चालन हुनुपर्ने फैसला गर्‍यो भने कांग्रेस संसदमा जान तयार हुन्छ ।

आफू यी २ विषयमा स्पष्ट भएको भन्दै थप दबाब नदिन प्रचण्ड र नेपाललाई आग्रह गरेका थिए । 

देउवाको निष्कर्ष – कम्युनिस्ट फुटेकै छैनन् 

देउवाले कुनै पनि बेला ओली र प्रचण्ड–नेपाल मिल्न सक्ने आकलन गरेका छन् । देउवाको यो बुझाइलाई तोड्ने प्रयास गर्दै बुधवारको भेटमा प्रचण्डले भनेका थिए, ‘ओलीसँग अब हामी कुनै हालतमा मिल्न सकिन्न । उनी संसद विघटनमा मात्र रोकिनेवाला छैनन्, चुनाव पनि गराउँदैनन् र थप प्रतिगमनका कदम चाल्छन् भन्नेमा हामी स्पष्ट छौं ।’

जवाफमा देउवाले भनेका थिए, ‘हेर्नुस्, राजनीति सम्भावनाको खेल हो । त्यतिबेला स्थानीय चुनावमा हामीसँग तालमेल गरिरहनुभएको तपाईं फ्याट्टै ओलीसँग मिल्न कसरी जानुभएको थियो ? संसद पुनःस्थापना भए पनि तपाईंहरू मिल्ने ठाउँ छ, नभए पनि तपाईंहरू मिलेर चुनाव लड्ने ठाउँ छ । कांग्रेसले यो राम्रोसँग बुझेको छ ।’

अर्थात देउवा प्रचण्ड–नेपालप्रति त्यति साह्रो विश्वस्त छैनन् । उनीनिकट एक नेताले लोकान्तरसँग भने, ‘निर्वाचन आयोगले सूर्य चिह्नका बारेमा फैसला गर्नेबित्तिकै नेकपाका दुवै समूहमा भारी मात्रामा अदलाबदली हुनेवाला छन् । चुनाव चिह्न जता छ, नेताहरू त्यतै जाने सम्भावना छ ।  पार्टी अहिले जुन हिसाबले फुट्यो भनिएको छ, निर्वाचन आयोग र अदालतको फैसलापछि त्यो त्यही हिसाबले जोडिन सक्छ । त्यसैले कांग्रेस नेकपा फुटिसकेको छ भन्ने भ्रममा छैन ।

राजनीतिक विश्लेषक पुरुषोत्तम दाहालले भने, ‘कुनै पनि पार्टीले निर्वाचनलाई प्राथमिकतामा नराख्ने हुन सक्दैन । कांग्रेसले पनि निर्वाचनको आन्तरिक तयारी गरिरहेको छ । संसद् विघटन गैरसंवैधानिक र अलोकतान्त्रिक हो भन्नेमा कांग्रेस विश्वस्त देखिन्छ । मुद्दा अदालतमा गइसकेको छ, यस्तो अवस्थामा कांग्रेसले निर्वाचनलाई प्राथमिकतामा राख्नुपर्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x