×

NMB BANK
NIC ASIA

ट्रम्पका छोरीज्वाइँले गरे करदाताको रकम सत्यानाश, सुरक्षाकर्मीलाई छुट्टै शौचालय भाडामा खर्च

माघ २, २०७७

NTC
Premier Steels

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पकी छोरी तथा सल्लाहकार इभान्का ट्रम्प तथा ज्वाइँ ज्यारेड कशनरले करदाताको एक लाख डलरभन्दा बढी रकम बेफ्वाँकमा उडाएको खुलासा भएको छ । 

Muktinath Bank

वाशिङटन डीसीस्थित कालोरामा टोलमा उनीहरू महिनाको १५ हजार डलर तिरेर एउटा घरमा बसेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

द वाशिङटन पोस्टले उनीहरूका छिमेकी र कानून कार्यान्वयन अधिकारीहरूलाई उद्धृत गर्दै बिहीवार दिएको खबरअनुसार, इभान्का र ज्यारेडले आफ्ना सुरक्षाकर्मीहरूलाई घरको शौचालय प्रयोग गर्न दिएका थिएनन् । उनीहरूको घरमा ६ वटा शौचालय छ । 


Advertisment
Nabil box
Kumari

आफ्नो घरको शौचालय प्रयोग गर्न नदिएर उनीहरूले अर्को एक ठाउँ भाडामा लिएर सुरक्षाकर्मीहरूलाई मलमूत्र त्याग्न लगाएको र भाडाका लागि एक लाख डलर खर्च गरेको पाइएको छ । 

Vianet communication

‘उनीहरू आफूलाई राजा महाराजा जस्तो ठान्थे,’ सडकपारिकी छिमेकी डायन ब्रुसले भनिन् । ‘उनीहरूले सुरक्षाकर्मीलाई दिसा गर्ने भाँडो उपलब्ध गराएका थिए । त्यो भाँडो राखिएको सडक किनारमा हामीलाई हिँड्न पनि दिँदैनथिए । त्यसपछि टोलभरिका मानिसले अब सहन सकिँदैन भने ।’

पछि ज्यारेड र इभान्काले महिनाको तीन हजार डलर तिरेर दिसापिसाब गर्ने ठाउँ भाडामा लिए । भाडामा लिनुअघि सुरक्षाकर्मीलाई पूर्व राष्ट्रपति बाराक ओबामाको घरको शौचालय प्रयोग गर्न बाध्य तुल्याइएको थियो । उनीहरू अलि पर रहेको उपराष्ट्रपति माइक पेन्सको घर र अन्य घरहरूमा गएर पनि दिसापिसाब गर्थे । 

ट्रम्पको राष्ट्रपति कार्यकाल समाप्त भएपछि ज्यारेड र इभान्का उनीसँगै फ्लोरिडास्थित घरमा बस्नेछन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x