×

NMB BANK
NIC ASIA

नेकपा प्रचण्ड-नेपाल समूहको निर्णय : ओलीलाई ‘स्पष्टीकरण’, पौडेल ‘बर्खास्त’

माघ ३, २०७७

NTC
Premier Steels

नेकपाको दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी कारबाहीको प्रक्रिया अघि बढाएको छ ।

Muktinath Bank

स्थायी कमिटीको शुक्रबार बसेको बैठकले ओलीलाई केन्द्रीय सदस्यसमेत नरहने गरी बर्खास्त किन नगर्ने भनेर स्पष्टीकरण सोध्ने र विष्णु पौडेललाई पार्टीको महासचिव पदबाट बर्खास्त गर्ने निर्णय गरेको नेता सुरेन्द्र पाण्डेले जानकारी दिए । दाहाल–नेपाल समूहको गत पुस ७ गतेको बैठकले ओलीलाई अध्यक्षबाट हटाएर उनको ठाउँमा माधवकुमार नेपाललाई अध्यक्ष बनाइसकेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समान वरीयताका अध्यक्षहरू पुष्पकमल दाहाल र नेपालले पालैपालो स्थायी कमिटी बैठकको अध्यक्षता गर्दै आएका छन् । यद्यपि ओली नेतृत्वको नेकपाले भने दाहालको कार्यकारी जिम्मेवारी खोसे पनि अध्यक्षबाट हटाइसकेको छैन । गत पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै विभाजित भएको नेकपा प्राविधिक रूपमा मात्रै एकजस्तो छ ।


Advertisment
Nabil box
Kumari

बैठकले पार्टी विभाजनपछिको अवस्था आकलन गरी रिक्त ठाउँमा पदपूर्तिका लागि बनाएको कार्यदलले आफ्नो प्रतिवेदन पेस गर्दै ३९ जिल्लाका सचिव र अध्यक्ष आफ्नो पक्षमा रहेको र बाँकी ३८ मा कतै सचिव र कतै अध्यक्ष आफ्नो समूहमा रहेको बताएका छन् । ‘बाँकी रहेको ठाउँमा पदपूर्ति गर्दै जाने कुरा छ, एक/दुई दिनमा नाम पनि टुंगो लाग्छ होला,’ पाण्डेले भने । उनका अनुसार प्रधानमन्त्री ओलीले गरेको असंवैधानिक संसद् विघटनविरुद्ध उपत्यकाव्यापी आन्दोलन झन् चर्को बनाउने निर्णय भएको छ ।

Vianet communication

बैठकले कामचलाउ अवस्थामा रहेको सरकारले भारतसँग वार्ता थाल्नु सन्देहपूर्ण रहेको निष्कर्ष निकालेको छ । ‘नेपालको अतिक्रमित भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीमा नेपालको हकभोग कायम गर्न नेपाली जनता र संसद्ले एकमत भई भारतसँग सार्थक वार्ता गर्न आग्रह गर्दा त्यसतर्फ ध्यान नदिने प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरी सरकार कामचलाउ रूपमा रहेको समयमा भारत भ्रमण गरी वार्ता आरम्भ गर्ने कार्य सन्देहपूर्ण छ,’ बैठकपछि स्थायी कमिटी सदस्य भीम रावलले भने, ‘यस्तो स्थितिमा राष्ट्रिय हितमा आँच आउने कुनै पनि सहमति, सम्झौता र काम कुरा नगर्न चेतावनी दिँदै त्यसो गरिएमा नेपाली जनताका लागि मान्य नहुने कुरा यो बैठक स्पष्ट गर्दछ ।’

नेपालको कृषि क्षेत्रमा विदेशी लगानी भित्र्याउने सरकारको निर्णयको पनि नेकपाले विरोध गरेको छ । ‘देशलाई आत्मनिर्भर बनाउनुको साटो कृषि क्षेत्रलाई समेत विदेशीहरूको खेल मैदान बनाउने गरी उनीहरूलाई पोस्ने दुराशय राखिएको छ, यस्तो नेपाली कृषकहरूको हितविरोधी निर्णय रद्द गर्नुपर्छ,’ बैठकको निर्णय छ । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x