×

NMB BANK
NIC ASIA

सीईओसहितका कर्मचारीले घूस लिएको खुलासा भएपछि हलचल, अख्तियारले लियो एक्सन

माघ ७, २०७७

NTC
Premier Steels

 अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्माणधीन मध्यभोटेकोसी जलविद्युत् कम्पनीका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) सहितका प्राविधिक कर्मचारीले चिनियाँ ठेकेदार कम्पनीसँग घूस लिएको अडियो रेकर्ड प्रकरणमा छानबिन सुरु गरेको छ ।

Muktinath Bank

 केही कागजपत्रसमेत लगेको अख्तियारले घूस प्रकरणलाई भ्रष्टाचारजन्य विषय भन्दै छानबिन सुरु गरेको हो । ‘भोटेकोसीको अनियमिततामाथि प्रारम्भिक छानबिन सुरु भएको हो,’ अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले भने । संरचनाको गुणस्तर भने विशेषज्ञ टोलीले छानबिन गर्ने भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चिलिमे जलविद्युत् कम्पनी मुख्य प्रवर्द्धक रहेको १ सय २ मेगावाटको मध्यभोटेकोसी जलविद्युत् कम्पनीका तत्कालीन सीईओ मणिकुमार काफ्ले, चिनियाँ ठेकेदार कम्पनी हाइड्रो इलेक्ट्रिक ग्वान्सिङ कन्ट्रक्सन ब्युरोका नेपाली प्रतिनिधि गोविन्द पौडेल र परामर्शदाता कम्पनी ट्रयाक्टेबल इन्जिनियरिङ जीएमबीएचका इन्जिनियर दिनेश भण्डारीले गरेको आर्थिक लेनदेनको कुराकानीको अडियो सार्वजनिक भएको थियो । आयोजनाको संरचनाको गुणस्तरमाथि प्रश्न उठिरहेका बेला बाँध निर्माण भएको एक वर्ष नपुग्दै भत्केको घटनासमेत उजागर भएको थियो । स्रोतका अनुसार भोटेकोसीका विषयमा सञ्चारमाध्यममा आएका भ्रष्टारजन्य सन्दर्भलाई
समेत आधार बनाएर छानबिन गरिन लागेको हो ।


Advertisment
Nabil box
Kumari

सिन्धुपाल्चोकमा सात वर्षअघि सुरु गरिएको आयोजनाको ६० प्रतिशत मात्र काम सकिएको छ । यसमा करिब ९ अर्ब रुपैयाँ खर्च भइसकेको छ । ठेकेदार कम्पनीका प्रतिनिधि पौडेलको मोबाइलबाट प्राप्त अडियो रेकर्डबाट निर्माण र गुणस्तर जाँचको जिम्मेवारी पाएका अधिकारीमाथि नै आर्थिक चलखेलको आशंका उब्जिएपछि आयोजनाले आन्तरिक छानबिन पनि सुरु गरेको छ । आयोजनाले केही कागजपत्र अख्तियारलाई बुझाइसकेको जनाएको छ । गुणस्तरको विषयमा आयोजनाले स्वतन्त्र प्राविधिकबाट गराउन सक्ने भए पनि घूस लेनदेनको कुरा आएकाले अख्तियारले छानबिन सुरु गरेको जनाइएको छ । कान्तिपुर दैनिकमा खबर छ ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x