×

NMB BANK
NIC ASIA

सेयर बजारमा सवा ३ लाख नाबालक लगानीकर्ता

माघ ६, २०७७

NTC
Premier Steels

गत साता एक वाणिज्य बैंकमा महिना दिनको बच्चाको नाममा ‘डिम्याट’ खाता खोल्न आएका एक अभिभावक भेटिए । प्राथमिक बजारमा सेयरमा आवेदन दिनकै लागि उनले नाबालक छोराका नाममा खाता खोल्दै थिए । मापदण्ड पुगेका सबै आवेदकलाई न्यूनतम १० कित्ता सेयर वितरण गर्नुपर्ने व्यवस्था छ । त्यसैले बच्चाका नाममा डिम्याट खाता खोल्न आएको ती अभिभावकको भनाइ छ ।

Muktinath Bank

यो त उदाहरण मात्र हो । बच्चा जम्मेको केही दिनमै धेरै अभिभावक डिम्याट खाता खोल्न आउने जानकारहरू बताउँछन् । सेयर पर्ने निश्चित भएकाले धेरै सेयर प्राप्त गर्ने उद्देश्यले बच्चा जन्मिनासाथ खाता खोल्न आउने क्रम बढेको उनीहरूको तर्क छ । नाबालकको नामामा खाता खोल्न पाइने कानुनी व्यवस्था नै छ । बच्चा १८ वर्ष नपुग्दासम्म अभिभावकको संरक्षकत्वमा बैंक खाता र डिम्याट खाता खोल्न पाइन्छ । खातावाला बालक १८ वर्ष पुगेपछि उसैले खाता पूर्ण रूपमा सञ्चालन गर्न पाउँछ । कागजी अवस्थामा रहेको भौतिक धितोपत्रलाई विद्युतीय प्रणालीमा अभिलेख राखिने खातालाई डिम्याट भनिन्छ । हाल दोस्रो बजारमा भौतिक सेयरको कारोबार हुँदैन । सोहीकारण सेयरमा आवेदन दिन तथा दोस्रो बजारमा कारोबार गर्न डिम्याट खाता र बैंक खाता अनिवार्य हुनुपर्ने प्रावधान छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

न्यूनतम १० कित्ता सेयर सबैलाई वितरण गर्नुपर्ने व्यवस्था पनि नाबालक (माइनर) का नाममा डिम्याट खाता खोल्ने र आवेदन दिने क्रम बढेको सीडीएसीले बताएको छ । हालसम्म ३ लाख १० हजार ७० वटा नाबालक खाता खुलेको सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । हालसम्म कुल २५ लाख ५४ हजार २ सय डिम्याट खाता खुलेका छन् । तीमध्ये १५ लाख २० हजार २ सय ५१ पुरुष र १० लाख २९ हजार १ सय ८० वटा महिलाका नाममा खुलेका छन् । तीमध्ये नाबालक खाता संख्या ३ लाख १० हजार ७० वटा रहेको उनले बताए । चालु आर्थिक वर्षको ६ महिनामा मात्र थप ८ लाख २६ हजार २ सय ८७ वटा डिम्याट खाता खुलेका छन् । जसअनुसार गत असारमा १७ लाख २७ हजार ९ सय १३ डिम्याट खाता खुलेका थिए ।


Advertisment
Nabil box
Kumari

नाबालकका नाममा डिम्याट खाता खोल्नुको अर्थ उनीहरू पनि सेयर लगानीकर्ता हुन् भन्ने हो । यसका आधारमा पनि सेयर बजारमा करिब सवा तीन लाख नाबालक सेयर लगानीकर्ता रहेको रूपमा विश्लेषण गर्न सकिन्छ । डिम्याट खाता खोल्दैमा सबैले सेयरका लागि आवेदन दिन्छन् र उनीहरूलाई सेयर पर्छ नै भन्ने पनि हुँदैन । तर पनि अहिले सेयर बजार तातेको अवस्थामा डिम्याट खोले पनि आवेदन दिन्छन् भन्ने अनुमानका आधारमा यस्तो विश्लेषण गरिएको हो ।

Vianet communication

पछिल्ला महिना नाबालकको नाममा खाता खोल्ने क्रम बढेको तथ्यांक छ । गत पुसमा मात्र ३९ हजार ६ सय ९४ वटा डिम्याट खाता नाबालकका नाममा खुलेका छन् । २०७६ पुसमा ५ सय ७७ वटा मात्र यस्ता खाता खुलेका थिए । गत वर्षको पुसको तुलनामा गत पुसमा २ लाख २६ हजार ९ सय २१ वटा बढी डिम्याट खाता खुलेका छन् । गत वर्षको तुलनामा यो वर्ष धेरै कम्पनीले प्राथमिक निष्कासन (आईपीओ) जारी गरेको, सेयर बजार लगातार बढिरहेकोलगायत कारण डिम्याट खाता संख्या पनि बढेको जानकारहरू बताउँछन् । गत पुसमा मात्र २ लाख ३५ हजार ६ सय ३९ वटा डिम्याट खाता खुलेका छन् । गत वर्षको पुसमा ८ हजार ७ सय १८ वटा मात्र डिम्याट खाता खुलेका थिए ।

खासगरी लकडाउन खुलेपछि सेयर बजार बढिरहेको छ । सोही क्रममा आइतबार नेप्से २ हजार ३ सय १५ अंक पुगेको छ । अघिल्लो दिनको तुलनामा आइतबार नेप्से करिब साढे २८ अंकले बढेको हो । यो पनि हालसम्मकै उच्च हो । नेप्से परिसूचकसँगै सेयर बजारको आकार (कुल बजार पुँजीकरण) पनि बढेर ३१ खर्ब १८ अर्ब रुपैयाँ कायम भएको छ ।

पछिल्लो समय चन्द्रागिरि हिल्सको प्राथमिक निष्कासनमा हालसम्मकै धेरै आवेदन परेको थियो । गत शुक्रबारदेखि इन्फ्रास्ट्रक्चर बैंकको आईपीओका लागि आवेदन आह्वान भएको छ । यो कम्पनीले ८ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको छ । यो हालसम्मकै ठूलो आईपीओ हो । यो कम्पनीको आईपीओमा आइतबारसम्म करिब १० अर्ब रुपैयाँ बराबरको आवेदन परिसकेको छ । ८ लाख २ हजार ७ सय ८ वटा आवेदनमार्फत सो रकम बराबरको सेयर माग भएको हो । आईपीओमा ९ करोड ९४ लाख ६ हजार ७ सय ४० कित्ता सेयरका लागि ९ अर्ब ९४ करोड ६ लाख ७४ रुपैयाँ बराबरको आवेदन परेको छ । कान्तिपुर दैनिकमा यज्ञ बञ्जाडेले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x