झापाको भद्रपुर–५ झापा चोकस्थित कपास उद्योगमा आगलागी हुँदा १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
मंगलवार साँझ सोही वडाका रामचन्द्र सहनीले सञ्चालन गरेको कपास उद्योगमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।
उनका अनुसार कपास उद्योगमा कपास पेल्ने क्रममा कपासमा मिसिएर आएको ढुंगाका कारण मशिनमा खराबी आएर अचानक आगलागी भएको हो ।
आगलागीबाट कपास पेल्ने मशिन १ थान र ५७ बोरा तयारी कपास पूर्ण रूपमा जलेर नष्ट भएको छ । स्थानीय, प्रहरी र भद्रपुर नगरपालिकाको दमकलको सहयोगमा आगो निभाइएको थियो ।
रासस