×

बर्सेनि नयाँ सहर घोषणा गरिन्छ, बनाइँदैन

माघ १०, २०७७

 देशका विभिन्न जिल्लामा सहर बसाउने भनेर नयाँ सहर आयोजना सुरु भएको दशक पुग्यो । तर सोचेअनुरूप प्रगति हासिल भएको छैन । २०६७/६८ मा मध्यपहाडी लोकमार्गमा पर्ने १० सहर छनोट गरी नयाँ सहरका रूपमा विकास गर्ने अवधारणाअनुसार आयोजना सुरु भएको थियो ।

सहरी विकास मन्त्रालयअन्तर्गतको आयोजना पर्याप्त बजेट नहुँदा सहरको काम अध्ययनमै सीमित बनेको छ । अध्ययन पूरा भएका सहरमा समेत बजेट अभावका कारण काम अघि बढेको छैन । केही स्थानमा सडक, नाली र बसपार्क निर्माणको काम मात्र भएको छ । सरकारले बर्सेनिजसो नयाँ सहर थप्दै लगे पनि बजेट भने पुरानै रहेको आयोजनाले जनाएको छ ।


Advertisment

नयाँ सहरको संख्या बढेसँगै बजेटको सिलिङ नबढ्दा समस्या भएको नयाँ सहर आयोजना समन्वय कार्यालय प्रमुख रोशन श्रेष्ठले बताए । ‘सहर थप्दै जाँदा बजेट पनि थप्दै जानुपर्छ, काम देखिने गराउन बजेट पनि पर्याप्त हुनुपर्छ,’ उनले भने, ‘अध्ययनमा थोरैथोरै बजेट राखेर भए पनि राम्रो गरेका छौं । तर अध्ययन भएका आयोजनामा पर्याप्त बजेट विनियोजन हुन नसक्दा पूर्वाधार विकास राम्रोसँग गर्न सकिएन ।’ बजेट अभावले ठूला ठेक्का हुन सकेका छैनन् । अहिले ससाना ठेक्का मात्र गरिएका छन् ।


Advertisment

नयाँ सहरमा स्वीकृति तथा कार्यान्वयनमा समय लाग्ने, स्थानीय तह, बासिन्दा तथा अन्तरनिकाय समन्वयको अभाव, बहुवर्षीय खरिद गुरुयोजना स्वीकृतिमा समय लाग्ने, सार्वजनिक खरिद नियमावलीको संशोधनले म्याद थपमा अन्योल र कोभिड–१९ कारण प्रगतिमा असर गरेको आयोजनाको दाबी छ ।

नयाँ सहर जहाँजहाँ बनाउने भनिएको छ, ती विकास भइसकेका सहर होइनन् । तिनमा पहिलो चरणमा बाटो र सडकको काम गरिनेछ । ‘पहिलो प्राथमिकता भनेको सडक हो । सडक बनेपछि त्यसलाई स्मार्ट बनाउन लागिपर्ने हो,’ श्रेष्ठले भने, ‘तर सबैतिर चाहिने भनेको बजेट नै हो, चालु आर्थिक वर्षमा तत्काल भुक्तानी गर्नुपर्ने ४ अर्ब छ, सरकारले २ अर्ब मात्र विनियोजन गरेको छ ।’ भुक्तानी दिन नसक्दा फिल्डमा काम गराउन पनि समस्या भएको उनको भनाइ छ । कान्तिपुर दैनिकमा विमल खतिवडाले खबर लेखेका छन् ।

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

जेठ २, २०८१

चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदासम्म सरकारले आम्दानीभन्दा दुई खर्ब रुपियाँ बढी खर्च गरेको छ ।  महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चैतसम्म आठ खर्ब ५७ अर्ब रुपियाँ आम्दानी गर्दा १० खर्ब ५६ अर्ब...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

जेठ १३, २०८१

चालु आर्थिक वर्षको सुरुवातदेखि नै राजस्व सङ्कलनमा दबाब बेहोरिरहेको सरकारका लागि संशोधित लक्ष्य भेट्टाउन पनि मुस्किल पर्ने देखिएको छ । आर्थिक गतिविधि विस्तार हुन नसक्दा बजेटको मुख्य स्रोतका रूपमा रहेको राजस्व सङ्क...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

x