अभिनेत्री, निर्देशक तथा निर्मात्री रेखा थापा पछिल्लो समय के गर्दैछिन् ? कहाँ व्यस्त छिन् ? कसैलाई थाहा छैन । उनी अभिनित कुनै चलचित्र प्रदर्शनमा आएका पनि छैनन् । कुनै चलचित्रको छायांकनमा पनि उनको व्यस्तता देखिएको छैन ।
दैनिक विभिन्न किसिमका स्ट्याटस आउने उनको फेसबुकबाट आजभोली खासै केहि पोस्ट भएको पनि छैन । आखिर रेखा गुमनाम किसिमले के गर्दैछिन् ? धेरैका लागि चासो हुन सक्छ ।
उनी निकट स्रोतका अनुसार रेखा नयाँ चलचित्रको तयारीमा जुटेकी छन् । उनले आगामी वैशाखदेखि होम प्रोडक्सनबाट निर्माण हुने चलचित्रको छायांकन सुरु गर्नेछिन् । केहि समय अघि उनले निर्देशक रेनशा राइलाई चलचित्रको निर्देशन दिने कुरा आएको थियो ।
तर, अहिले रेनशा आफ्नै चलचित्रमा व्यस्त छिन् । रेखाको चलचित्रबाट उनले हात झिकेकी छिन् । रेखाले निर्माण गर्ने चलचित्रलाई उनी आफै निर्देशन गर्ने बताइएको छ । चलचित्र एक्सन प्रधान हुने रेखा स्रोतको भनाई छ । हाल उनी चलचित्रको स्क्रिप्टका साथै आफ्नो ज्यान घटाउन व्यस्त छिन् ।
उनले यो चलचित्रका लागि २० किलो तौल घटाएको रहस्य बाहिर आएको छ । यो चलचित्रमा कुन अभिनेता हुन्छ त्यो अहिलेसम्म खुलाइएको छैन । तर, स्रोतका अनुसार नयाँ अभिनेतालाई रेखाले भित्र्याउने छिन् । उनले लामो समयदेखि प्रशिक्षक राखेर एक्सन सिकिरहेकी छिन् ।
भिजु पार्कीले रेखालाई एक्सन कट सिकाइरहेका छन् ।
लोकान्तर संवाददाता