×

भगवान कृष्णको रहस्य, किन कहिल्यै बृद्ध देखिएनन् ?

माघ १९, २०७७

केतपाईले भगवान श्रीकृष्णलाई कहिल्यै बृद्ध स्वरुपमा देख्नुभएको छ ? सायद तपाईले भगवान कृष्णका कुनै पनि चित्र तथा मूर्तिहरु देख्नुभएको छैन, जसमा उनी बुढा देखिएका होउन् । 

पक्कै पनि तपाईले कहिल्यै देख्नुभएको छैन । किनकी भगवान कृष्ण कहिल्यै बृद्ध भएनन् । भगवान कृष्णको जीवन कैयौं रहस्यले भरिएको मानिन्छ । यो आलेमा उनका जीवनका कयौं रहस्यमध्येको एक रहस्यको बारे उल्लेख गरिएको छ । त्यो उनको उमेर ।

भगवान कृष्ण जब महाभारतको कुरुक्षेत्रमा अर्जुनलाई गीताज्ञान दिइरहेका थिए तब उनको उमेर ९० वर्ष पुगेको थियो । 

महाभारतको युद्धका बेला भगवान कृष्ण हजुरबा बनिसकेका थिए । तर पनि युद्धका दौरान उनी जवान देखिन्थे । 

आद्य पूराण पुरुष नव यौवनः, ब्रह्म संहिताको श्लोकमा कृष्णको उमेरबारे वर्णन गरिएको छ । जसअनुसार कृष्णको छवि उनका भक्तजनहरुमा सधैं नौजवान कै रह्यो । र सधैं रहने छ । 

सर्वाधिक आकर्षक 

कृष्णलाई परम पुरुषोत्तम भगवान मानिन्छ । किनकी उनी सर्वाकर्षक हुन् । हाम्रो अनुभव अनुसार यो देख्छौं कि कुनै पनि व्यक्ति सम्पत्ति, शक्ति, यश, सौन्दर्य, ज्ञान तथा त्यागका कारण आकर्षक बन्छ । 

जोसुकैसँग यी ६ ऐश्वर्य एकसाथ असीम मात्रामा हुन्छ, यो सम्झनु पर्यो कि त्यो परम पुरुषोत्तम भगवान हो । 

विष्णु पुराणका श्लोकमा यी ६ ऐश्वर्यबारे महान वेदाचार्य पराशर मुनिले विस्तारमा वर्णन गरेका छन् । जसअनुसार हामी यो सम्झिन सक्छौं कि श्रीकृष्ण केवल एक असाधारण ऐतिहासिक व्यक्ति मात्रै हैन, अपितु साक्षात् परम पुरुषोत्तम भगवान हुन् ।


Advertisment

Advertisment
कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

बैशाख ९, २०८१

बेनी– म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर माटेवगरमा देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव शुरू भएको छ । माटेवगरमा रहेको ऐतिहासिक देवी भगवती मन्दिर परिसरमा मङ्गला युथ ...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

बैशाख २०, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुल्मीको रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र भएको बताएका छन् । ‘जाउँ हिड रेसुङ्गा’ कार्यक्रमलाई बिहीबार काठमा...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

जेठ ९, २०८१

हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्र पशुपतिनाथस्थित वनकालीमा ऐतिहासिक विशाल कोटीहोम यज्ञ गरिने भएको छ । मानवसेवा फाउन्डेसनको संयोजकत्वमा एक दर्जन सङ्घसंस्थाको आयोजनामा कोटीहोम महायज्ञ सञ्चालन हुने भएको हो ।&nb...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

x