×

NMB BANK
NIC ASIA

घरभाडा लिन नमिलेपछि मर्मतका नाममा रकम बुझ्छन् प्रदेश सभाका सांसद

माघ २६, २०७७

NTC
Premier Steels

जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश सभाका प्रमुख सचेतक सन्तोषकुमार पाण्डेय रूपन्देही क्षेत्र नम्बर ३ को (क) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

Muktinath Bank

पाण्डेय रूपन्देहीकै स्थायी बासिन्दा हुन् । उनको रूपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ मा घर छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले २०७६ असोजदेखि घर मर्मतसम्भारका नाममा मासिक ७ हजार ५०० रूपैयाँका दरले प्रदेश सभाबाट बुझ्छन् । 


Advertisment
Nabil box
Kumari

घर मर्मत सम्भारको रकम बुझ्नेमा पर्छन्, कपिलवस्तुबाट निर्वाचित नेकपा सांसद् विष्णु पन्थी पनि । कपिलवस्तु क्षेत्र नम्बर १ को (क) बाट निर्वाचित पन्थीको बुटवल– २ मा दुईतल्ले घर छ । उनको घर र प्रदेश सभा भवनको दूरी झण्डै दुई किलोमिटर छ । आफ्नै गाडी समेत रहेका पन्थीले प्रदेश सभाबाट घर मर्मतका नाममा मासिक उही ७५ सय रूपैयाँ बुझ्छन् । 

Vianet communication

प्रदेश सभाका विपक्षी दल कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खान पनि घर मर्मतबाट प्रदेश सभाबाट पैसा लिने सांसदमा पर्छन् ।

रुपन्देहीको क्षेत्र नम्बर ५ (ख) बाट निर्वाचित खानले प्रदेश सभाबाट घर मर्मत खर्च बुझ्छन् । उनको पनि रूपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ८ मा आफ्नै घर छ । त्यस्तै घर मर्मत खर्च बुझ्नेको सूचीमा नेकपा प्रमुख सचेतक भूमिश्वर ढकालको नाम शुरूमै छ ।

रूपन्देही क्षेत्र नम्बर ५ को (क) बाट निर्वाचितको उनको सैनामैना नगरपालिका वडा नम्बर ८ मा घर छ ।

प्रदेश सभाको अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति दधिराम न्यौपाने, कांग्रेस सांसद अष्टभुजा पाठक, बसिउद्धिन खाँन तथा रमा अर्याल, भोजप्रसाद श्रेष्ठ, पुष्पा थरुनी, तुलसीप्रसाद चौधरी, डा. कृष्ण न्यौपाने र कमला विकको पनि रूपन्देहीमै घर छ । लुम्बिनी प्रदेश प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक सुविधा सम्बन्धी ऐन, २०७५ जारी भएसँगै रूपन्देही घर भएकाले ७५०० र घर नभएकाहरू तथा अन्य सांसदहरूले १५ हजार पाउने व्यवस्था गरिएको छ ।

प्रदेश सभा सचिवालयका सूचना अधिकारी दिनेश अधिकारले रूपन्देहीमा घर हुनेले घरमर्मत सम्भारको रूपमा मासिक ७ हजार ५ सय र रुपन्देहीबाट प्रतिनिधित्व गर्ने तर घर नभएकाहरू र अन्य जिल्लाका सांसदहरूले १५ हजार घरभाडा बुझ्ने बताए । 

‘प्रदेश सभा अवस्थित जिल्लामा घर हुने को–को हुनुहुन्छ भनेर सचिवालयले पत्राचार गरेको थियो,’ अधिकारीले भने, ‘त्यसमध्ये १३ जनाले घर भएको जानकारी पेश गराउनुभयो । उहाँहरूलाई घर मर्मतका नाममा ऐनमा व्यवस्था भएअनुसार ७५ सय र अन्य माननीयहरूलाई १५ हजार घरभाडाको व्यवस्था गरिएको छ ।’ 

८७ सदस्यीय प्रदेश सभामा रूपन्देहीबाट मात्रै प्रदेश सभामा १९ जना सांसदहरूको प्रतिनिधित्व छ । रूपन्देहीमा अलिशान घर भएका आर्थिक हैसियत बलियो भएका सांसदहरूले पनि प्रदेश सभाबाट वार्षिक झण्डै १ लाख घर मर्मतका नाममा राज्यकोषबाट रकम बुझ्दै आएका छन् । 

नलिने घोषणा गरेकाले पनि बुझ्छन् रकम

काठमाडौंमा घर भएका प्रतिनिधि सभाका सांसदहरूले घरभाडा लिएको खबर बाहिर आएपछि रूपन्देहीमा घर भएका नेकपाका प्रदेश सभाका घरभाडा नलिने घोषणा गरे ।

नेकपा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठ, दधिराम न्यौपाने, डा. कृष्ण न्यौपाने, कमला विकले हस्ताक्षर गरी प्रदेश सभा सचिवालयमा भाडा नलिने जानकारी गराएका थिए । तर, अहिले उनीहरूले समेत घरभाडाको नाम नराखी घर मर्मतका नाममा रकम बुझ्दै आएका छन् ।

‘घरभाडा लिएनौं, मर्मत खर्च लियौं’

सांसदहरूले आफूहरूले घरभाडा नलिएको र मर्मत खर्च मात्र लिएको दाबी गरे ।

नेकपा प्रमुख सचेतक भूमिश्वर ढकालले भने, ‘हामीले घरभाडा लिँदैनौं भनेका हौँ । लिएका पनि छैनौं । मर्मत सम्भार खर्चचाहिँ लिएका छौं । घर त मर्मत गर्नुपर्‍यो । बिग्रिरहन्छ ।’ 

यसैबीच सुशासनविद्हरू भने यो सांसदले नैतिकता देखाउनुपर्ने विषय भएको बताउँछन् ।

‘लिँदैनौं भनेको प्रतिबद्धतामा पनि नअडेर फेरि मर्मतका नाममा सुविधा लिनु आफ्नै वचनमा अडिन नसक्नुु हो । नैतिकताले लिन नमिल्ने सुविधा पनि लिनेलाई केही भन्न सकिँदैन,’ सुशासनविद् खेमराज रेग्मीले भने । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x