×

NMB BANK
NIC ASIA

उत्तराखण्ड विपतमा के हो शीतयुद्धको कनेक्सन ?

माघ २८, २०७७

NTC
Premier Steels

उत्तराखण्डको चमोलीमा हिमनदी विस्फोटपछि उद्धारकार्य जारी छ । 

Muktinath Bank

आइतवार आएको बाढीको कारणका विषयमा विभिन्न किसिमका सिद्धान्त सार्वजनिक भएका छन् । वातावरणविद्हरू ऋषिगंगा पावर प्रोजेक्ट र विकासको नाममा धमाधम बनाइएका बाँधको आलोचना गरिरहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैबीच तपोवनको रैणी गाउँका केही मानिसले सन् १९६५ को गोप्य मिसनका क्रममा नन्दा देवी पर्वतमा एउटा रेडियोयाक्टिभ डिभाइस हराएको र यसका कारण उत्पन्न गर्मीले गर्दा हिमताल विस्फोट भएको बताएका छन् । 
 


Advertisment
Nabil box
Kumari

नन्दा देवी पर्वत समुद्र सतहबाट ७८ सय मिटर उचाइमा छ । शीतयुद्ध चलिरहेको बेलामा संसार दुई ध्रुवमा विभाजित थियो । चीनले आणविक हतियार निर्माण गर्न थालेको थियो । 

Vianet communication

त्यसको निगरानी गर्नका लागि अमेरिकाले भारतसँग सहायता मागेको थियो । 

शुरूमा कञ्चनजंघामा गोप्य डिभाइस राख्ने योजना बनाइयो । तर यो लगभग असम्भव भएको भनी भारतीय सेनाले बताएपछि नन्दा देवीमा राख्ने निर्णय गरियो । 

सन् १९६४ मा चीनले सिन्ज्याङ प्रान्तमा आणविक परीक्षण गर्‍यो । त्यसपछि अमेरिकाको गुप्तचर संस्था सीआईएले चीनको आणविक गतिविधि निगरानी गर्न हिमालयको चुचुरोमा डिभाइस राख्ने भयो । 

भारतीय आईबीको सहायता लिएर नन्दा देवी पर्वतमा गोप्य यन्त्र लगाउने कोशिश गरिएको थियो । त्यसमा आठदेखि १० फीट अग्लो एन्टिना, दुईवटा ट्रान्स रिसिभर सेट र स्न्याप सिस्टम थिए । 
 

स्न्याप सिस्टममा न्युक्लियर फ्युलमा प्लुटोनियमसँगै क्याप्सुल पनि थिए र तिनलाई विशेष कन्टेनरमा राखिएको थियो । 
 

टीमका शेर्पाहरूले यसलाई गुरु रिम्पोछे नाम दिएका थिए । दुई सय मानिसहरूको टोली सिक्रेट मिसनमा जोडिएका थिए । 

डिभाइस राख्ने क्रममा मौसम बिग्रेपछि त्यहीँ छोडेर आउनुपरेको थियो । पछि खोज्दा त्यो भेटिएन । रेडियोयाक्टिभ डिभाइस त्यसै क्षेत्रमा दबेर बसेको छ । 

सन् १९७७ मा सीआईए र आईबीको गोप् यमिसनको खुलासा पहिलोपटक भएको थियो । अन्तर्राष्ट्रिय मिडियामा पनि यसको चर्चा भयो । 

त्यसपछि हिमालयमा कुनै पनि रेडियोयाक्टिभ डिभाइस उपयोग गर्न नहुने किनकि यसले कुनै पनि विनाशकारी विपत ल्याउन सक्ने भनी लगातार बहस भइरहेको छ । 

अहिले रैणी गाउँका मानिसले सन् १९६५ मा नन्दा देवीमा हराएको रेडियोयाक्टिभ डिभाइसबाट उत्पन्न तातोका कारण हिमताल विस्फोट भएको आशंका गरेका हुन् । रेडियोयाक्टिभ डिभाइस १०० वर्षसम्म पनि सक्रिय रहन्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x