×

NMB BANK
NIC ASIA

गृहजिल्लामै रहँदा प्रचण्डलाई खुशीको माहोल ! विरोध सभालाई विजय सभा बनाउन निर्देशन

फागुन १२, २०७७

NTC
Premier Steels

सर्वोच्च अदालतले संसद् विघटनसम्बन्धी प्रधानमन्त्रीको निर्णयलाई बदर गर्दै पुनःस्थापना गरेपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा रहेका दलहरूसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन् ।

Muktinath Bank

अदालतले गरेको फैसला ऐतिहासिक भएको उनले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संसद् पुनःस्थापना भएपछि मंगलवार साँझ कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले जनतासँग वाचा गरे अनुरूप दलहरूसँग मिलेर संयुक्त सरकार बनाउने बताएका छन् । 


Advertisment
Nabil box
Kumari

‘यो विजय नेपाली जनताको विजय हो,’ दाहालले भने, ‘यो लडाइँ कुर्सीको लागि होइन संविधानको लागि हो ।’ उनले राजनैतिक दलहरूसँग समझदारी बनाएर सहमतिका साथ अगाडि बढ्ने बताए । 

Vianet communication

दाहालले बधाई दिँदै देशभरका कार्यकर्तालाई आ–आफ्नो ढंगले विजयोत्सव मनाउन अपिल गरेका छन् । दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिएका छन् ।

उनले ओली पक्षधरमा लागेका नेता कार्यकर्तालाई मूल पार्टीमा आउन समेत आग्रह गरे ।

चितवन गार्डेन रिसोर्टमा रहेका नेताद्वय दाहाल र माधवकुमार नेपाललाई भेट्न कार्यकर्ताहरू त्यहाँ पुगेका थिए । अदालतको निर्णयपछि चितवनका कार्यकर्तासँग उनीहरूले खुशी साटेका हुन् ।

नेकपाका वरिष्ठ नेता नेपालले सम्बोधन गर्दै प्रधामन्त्रीले पदबाट राजीनामा दिनुपर्ने बताए । बुधवारका लागि तय गरिएको विरोध सभालाई विजय सभाको रूपमा गर्ने नेकपाले निर्देशन दिएको छ ।

कार्यकर्ताहरूले नेताहरूलाई लड्डु खुवाएका थिए । ‘कहीँ उज्यालो फेरिएको छ कहीँ अन्धकार पनि होला । साँझमा कहीँ सूर्य उदाइरहेको छ कहीँ अस्ताइरहेको होला,’ नेपालले भने, ‘सत्यको जीत भयो, न्यायको जीत भयो, नेपाली जनताको जीत भयो ।’

निरंकुश प्रवृत्तिले जबरजस्त पराजयको सामना गर्नुपरेको बताउँदै उनले भने, ‘केपी ओली अब कम्युनिस्ट भन्न लायक छैनन्, लोकतन्त्रवादी भन्न लायक रहेनन् ।’ अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x