राष्ट्रपति भवनमा हेमबहादुर मल्ल सम्मान प्रदान

राष्ट्रपति विद्यादेवी भण्डारीले विक्रम संवत् २०७५ सालको हेमबहादुर मल्ल सम्मान वरिष्ठ छातीरोग विशेषज्ञ डा. गौरीशंकरलाल दासलाई प्रदान गरेकी छन् ।

राष्ट्रपति भवन शीतल निवासमा बिहीवार आयोजित एक समारोहमा उनले चिकित्सा र सामाजिक सेवामा गरेको अतुलनीय योगदानको कदर गर्दै ९६ वर्षीय डा. दासलाई सम्मानपत्रसहित २ लाख रुपैयाँ राशिको पुरस्कार प्रदान गरिन् ।


Advertisement

नेपाल जनप्रशासन संघसँगको समन्वयमा आफ्ना प्रथम महाप्रबन्धक हेमबहादुर मल्लको स्मृतिमा साल्ट ट्रेडिङ कर्पोरेसनले २०५९ सालमा पुरस्कार स्थापना गरेको हो । अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल र नेपालीको गरिमा बढाउनका साथै सामाजिक सेवामा समर्पित रहेर सार्वजनिक सेवा प्रवाहमा गरेको योगदानको कदर गर्दै पूर्व मन्त्री तथा कानून आयोगका अध्यक्ष माधव पौडेलको संयोजकत्वमा गठित समितिले उनलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो । 

आँखा चिकित्सक डा. सन्दुक रुईत, नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ, नागरिक समाजका अगुवा डा. देवेन्द्रराज पाण्डे, नवप्रवर्तनका अभियन्ता महावीर पुन, मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला लगायत यो पुरस्कारबाट सम्मानित भइसकेका छन् ।

कमेन्ट गर्नुहोस्