×

NMB BANK
NIC ASIA

नागरिकताका लागि जनप्रतिनिधिको सहजीकरण

फागुन २४, २०७७

NTC
Premier Steels

मकवानपुरको विकट राक्सीराङ गाउँपालिकाका स्थानीयवासीलाई नेपाली नागरिकताको प्रमाणपत्र प्राप्तिका लागि सहजीकरण गर्न त्यस क्षेत्रका जनप्रतिनिधिले संयुक्तरुपमा आइतबार जिल्ला प्रशासन कार्यालय पुगेका छन् । 

Muktinath Bank

जनप्रतिनिधिको सहजीकरणमा राक्सीराङ गाउँपालिकाको धिराङ, दाम्राङ, गर्लिङ र जुरेथुमका ६० जनाले  एकसाथ नागरिकता प्रमाणपत्र प्राप्त गरेका हुन् । खाजा, खाना र गाडीको समेत सेवा दिएर जनप्रतिनिधिले प्रशासन कार्यालयमा आएर एकैदिन ती सबैलाई नागरिकता दिलाएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यस क्षेत्रका प्रदेशसभा सदस्य सन्तबहादुर प्रजा,  गाउँपालिका अध्यक्ष राजकुमार मल्ल र विभिन्न वडाका वडाध्यक्षसहित जनप्रतिनिधिले जिल्ला प्रशासन कार्यालयमा स्वयं पुगेर नागरिकता प्रमाणपत्र दिलाउनमा आवश्यक सहयोग र सहजीकरण गरेका थिए  । 


Advertisment
Nabil box
Kumari

विकट गाउँबाट सदरमुकामसम्म आएर नागरिकता बनाउन एकैदिनमा काम सक्याउन नसक्ने अवस्था रहेकाले स्थानीयवासीको समस्यालाई मध्यनजर गर्दै आफूहरुले नै सहजीकरण गरेर गाउँवासीलाई नागरिकता दिलाइएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए । नागरिकता बनाउन बाँकी रहेकाको तथ्याङ्क सङ्कलन गरी आवश्यक कागजातसमेत जुटाउन लगाएर जनप्रतिनिधिले गाउँवासीलाई प्रशासन कार्यालयसम्म ल्याएका थिए ।

Vianet communication

प्रशासन परिसरमा बसेर वडाध्यक्षहरुले नागरिकताको सिफारिस दिएका थिए । गाउँका १६ वर्षदेखि ७१ वर्षसम्मकाले नागरिकता लिएका थिए । नागरिकता लिने र सनाखत गर्न आउने करिब १२० भन्दा बढी स्थानीयवासीलाई प्रदेशसभा सदस्य सन्तबहादुर प्रजाले खाजा र पानीको व्यवस्था गरेका थिए ।

विकट गाउँका नागरिकलाई नागरिकता बनाउन आउन यातायातको असुविधा, बाँस नै बस्नुपर्ने बाध्यता, आवश्यक कागजपत्रबारे अनभिज्ञतालगायत कारणले असहज भएपछि आफूहरुले सहजीकरण गरेको गाउँपालिका अध्यक्ष मल्लले बताए । नागरिकता बनाउन छुटेका अन्य वडाका बासिन्दालाई पनि नागरिकता बनाउन यस्तै सहजीकरण जारी राख्ने उनको भनाइ छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x