×

NMB BANK
NIC ASIA

अब केपी ओलीलाई स्पष्टीकरण सोध्नुपर्छ : भीम रावल

चैत १०, २०७७

NTC
Premier Steels

नेकपा एमालेका नेता डा. भीम रावलले नेपाली जनताले केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्नुपर्ने बेला आएको बताएका छन् ।

Muktinath Bank

नेता माधवकुमार नेपाल समूह सम्वद्ध विद्यार्थीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता रावलले अध्यक्ष ओलीले स्पष्टीकरण सोध्नु लाजमर्दो भएको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले स्पष्टीकरण आफूहरूले नभई पार्टी अध्यक्ष ओलीले दिनुपर्ने बताए । प्रतिनिधिसभा विघटन गर्ने, एमसीसी जस्ता बितण्डाहरू अगाडि ल्याउने, नागरिकता विधेयकलाई प्रतिनिधि सभामा पारित हुन नदिने जस्ता काम गर्ने अध्यक्ष ओलीलाई नेपाली जनताले स्पष्टीकरण सोध्नुपर्ने बताए । 


Advertisment
Nabil box
Kumari

‘नेपाली जनताले केपी शर्मा ओलीलाई तपाईंले प्रतिनिधिसभा विघटन किन गर्नुभयो ? आफ्नो विधान मिचेर मनपरी किन गर्नुभयो ? तपाईले पहिल्यै असमान सन्धि सम्झौताहरू र एमसीसी जस्ता अनेकौं बितण्डाहरू अगाडि किन सार्नुभयो ? तपाईंले नागरिकता विधेयकलाई प्रतिनिधि सभाबाट किन पारित गर्न दिनुभएन ? तपाईले नेपालको स्वतन्त्र परराष्ट्र नीति विपरितका काम किन गर्नुभयो ? जनताको जनादेशलाई तपाईंले किन बिखण्डित गर्नुभयो भनेर तपाईं–हामी नेपाली जनताले केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्नुपर्छ, सोध्ने छन् । केपी शर्मा ओलीले जवाफ दिनुपर्छ,’ नेता रावलले भने ।

Vianet communication

नेता रावलले नवौं महाधिवेशनको निर्णयबाट बनेको विधानलाई कुल्चिएर संशोधन गर्ने अधिकार अध्यक्ष ओलीलाई कहाँबाट आयो भन्दै प्रश्न समेत गरे । हालसम्म पार्टीमा कुनै योगदान नभएका, पार्टी सदस्य नै नभएका व्यक्तिलाई केन्द्रीय सदस्य मनोनयन गर्ने, महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई पदमुक्त गर्ने र राष्ट्रिय महाधिवेशन आयोजक समिति गठन गर्ने अध्यक्ष ओलीको निर्णय विधान विपरीत भएको बताए ।

‘पार्टी विधान विपरीत नवौं राष्ट्रिय महाधिवेशनको फैसला विपरीत निर्णय गर्ने व्यक्तिले हामीलाई तपाईंहरूले अनुशासन मान्नुभएन, तपाईंहरू केन्द्रीय कमिटीमा आउनुभएन अनि तपाईंलाई स्पष्टीकरण सोध्नु भन्दाखेरी अलिकति लाज मान्नुपर्ने हो । हामी केपी शर्मा ओलीको फागुन २८ गते बसेको अवैध केन्द्रीय कमिटीको कुनै पनि निर्णय हामी मान्दैनौं,’ उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x